भर्खरै :

प्रतिष्ठित परिवार किन र कसरी पतनको बाटोमा पुगे ?

प्रतिष्ठित परिवार किन र कसरी पतनको बाटोमा पुगे ?

नेपाली भाषामा एउटा उखान छ, ‘नाइके कमजोर भयो वा मुख्य शासक खोटो भयो भने जमातै खोटो हुन्छ ।’ यसको सिधै अर्थ लाग्छ– यदि प्रधानमन्त्री वा राष्ट्रपति (आ–आफ्नो देशको संविधानले अधिकार दिएअनुसार) कमजोर वा दूरदर्शी भएनन् भने उनको मन्त्रीमण्डलका सदस्य, सचिव, मन्त्रालय, विभाग र प्रमुख जिल्ला कार्यालयका कर्मचारीहरू सबै खोटा हुनेछन् । यही कुरा शासक दलहरूमा पनि लागू हुनेछ ।
सार्वजनिक सम्पत्तिहरू ठुलठुला जग्गा–जमिन, पोखरी, मठमन्दिर वा सरकारी भवनहरू, जङ्गल र संस्थाहरूले प्रयोग गरी आएका सार्वजनिक चल–अचल सम्पत्तिहरू व्यक्ति व्यक्तिको नाममा नामसारी गर्दै भोगचलन र बेचबिखन गरी आएको पञ्चायत कालदेखि नै हो । यस्तै समाचारहरू हरेक दैनिक समाचार पत्रहरूमा आइरहेका छन् ।
पञ्चायत व्यवस्था फाल्न सक्षम बहुदलीय प्रजातान्त्रिक र पछिल्ला गणतान्त्रिक सरकारहरू सार्वजनिक सम्पत्तिलाई निजीमा दर्ता गर्ने र दर्ता गरिदिने कर्मचारीहरूलाई कारबाही गर्न असफल देखिँदै छन् वा कारबाही गर्न कम्मर कस्दै छन् । जनतालाई जानकारी दिनु प्रजातान्त्रिक परिपाटीभित्र पर्छ ।
‘देशभरका अतिक्रमित जग्गा खोज्न सीडीओहरूद्वारा आलटाल’, ‘गृह मन्त्रालयले माग्यो दैनिक प्रगति विवरण’ शीर्षकका उपशीर्षकहरू हुन्– ‘अतिक्रमित जग्गा हटाउन नसक्ने सीडीओ हट्न सक्ने’, ‘देशभरमा सार्वजनिक जग्गा अतिक्रमण उच्च’, ‘झन्डै आधा जिल्लाका सीडीओ अक्षम रहेको दाबी ।’ (नेपाल समाचारपत्र, ९ वैशाख २०८१)
सार्वजनिक र सरकारी जग्गा नै जालीफटाहा र भ्रष्टाचारीबाट पुनः सरकारले फिर्ता लिएर ती भूमिलाई सरकारको आम्दानीको स्रोत बनाई देश चलाउन र विकास गर्न कुनै पनि विदेशी सरकार र संस्थासँग मन्दिर–मन्दिरका बाटाहरूमा मगन्तेहरूले जस्तै नेपाल र नेपालीहरूले माग्नुपर्ने छैन । नेपाली जनता र सरकारले आफ्नो देशलाई इज्जत र गौरवका साथ विकास गराउन कम्मर कस्नु आवश्यक छ । खुट्टा कमाएर देश चल्दैन ।
वर्तमान नेपाली समाज प्राचीन समाजकै सिलसिला हो । त्यस समाजमा माथिल्ला प्रतिष्ठित, खानदानी, पण्डित वा उच्च वर्ग र जातिका परिवारलाई समाजमा ठुलो सम्मान हुन्थ्यो । धर्म, आचरण, समाजप्रति समर्पित र जनताका गुरु र शासक सम्झेर सबै अदवमा बस्थे । त्यस्तै परिवार र प्रतिष्ठित परिवारका व्यक्ति वा व्यक्तिहरूले पातकी, धर्मविरोधी र समाजमा गन्हाउने काम गरे तिनीहरूलाई पनि दासहरूलाई जस्तै समाजबाट बहिष्कृत गर्थे । मनु स्मृति र चाणक्य राजनीतिमा यसका सन्दर्भहरू जहाँतहाँ भेटिन्छन् ।
जात र भाषाअनुसार त्यसबेलाका जनताले सुसंस्कृत परिवार र शासकहरूलाई अदवले ‘दर्शन’ र ‘ढोग’ गर्नुपथ्र्याे । ती परिवार ‘खस र आर्यहरू’ या विद्वान् र शासकका खलक हुन्थे । तर, ठुलठुला भ्रष्टाचार गर्ने, देश एवं जनतालाई घात गर्ने व्यक्तिहरू आज माथिल्लै वर्गका पूजा गरिने परिवारकै देखिएका छन् ।
‘हाइड्रोको नाममा जग्गाको धन्दा’, ‘सीता र तल्लो हेबाका अध्यक्षले ३३ लाखमा जग्गा किने, ६ करोडमा कम्पनीलाई भिडाए’, ‘सस्तोमा जग्गा किन्दै दसौँ गुणा महँगोमा हाइड्रोलाई भिडाउँदै’ शीर्षकमा प्रस्ट भनिएको छ – ‘३५ मेगावाटको सीता हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्षहरू हुन् सीताराम तिमल्सिना ।’ (अन्नपूर्ण– ९ वैशाख, २०८१)

शिक्षित र सुसंस्कृत परिवार !
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुशील पौडेलले घुसबापतको रकम सिङ्गापुरस्थित बैङ्कमा जम्मा गरेको खुलासा भयो । (अन्नपूर्ण– १० वैशाख, २०८१)
‘पौडेलको अकुत सम्पत्ति २३ करोड ७५ लाख’, ‘नेपालमा अरबौँका ठेक्का, सिंगापुरमा करोडौँ कमिसन’, ‘सिङ्गापुरको युयोकी बैङ्कमा ११ पटक ९ करोड ३० लाख जम्मा’, ‘सिङ्गापुरकै युनाइटेड ओभरसिज बैङ्कमा ९ पटक गरी ४ करोड २० लाख’ का अङ्कहरू समाचारका शीर्षक र उपशीर्षकहरू हुन् । (नेपाल समाचारपत्र– १० वैशाख, २०८१) 
यस्ता काण्डहरू गर्ने व्यक्तिको आँट वा हिम्मतभन्दा कुनै एक बलियो शासक दल र माथिल्लै सुसंस्कृत ‘खस–आर्य’ परिवारको आड भरोसामा गरेको अनुमान गर्नेहरू धेरै छन् । यसकारण, सरकारको छानबिनले शासक दलहरूको लाभमा पुग्दा छिटो वास्तविक कुरा जनताले थाहा पाउने थिए । ‘युनाइटेड ओभरसिज बैङ्कमा विभिन्न समयमा जम्मा भएको ४ अर्ब २० लाख ?’ बताइएको छ । (नेपाल समाचारपत्र, १० वैशाख, २०८१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *