भर्खरै :

मध्य–पूर्व परिस्थितिबारे चीन र फ्रान्सद्वारा संयुक्त वक्तव्य प्रकाशित

मध्य–पूर्व परिस्थितिबारे चीन र फ्रान्सद्वारा संयुक्त वक्तव्य प्रकाशित

पेरिस, ७ मे (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ५ तारिखदेखि ७ तारिखसम्म फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ । दुई मुलुकका राष्ट्रनायकले मध्य–पूर्व परिस्थितिबारे गहनरूपमा वैचारिक आदान–प्रदान गर्नुभएको छ । यससम्बन्धमा चीन र फ्रान्सले संयुक्त वक्तव्य पनि प्रकाशित गरेको छ ।
सो संयुक्त वक्तव्यका अनुसार, तुरुन्तै युद्धविराम गर्नु हालको जरुरी कुरा भएको कुरामा दुई मुलुकका राष्ट्रनायकले जोड दिँदै गाजा क्षेत्रमा ठुलो परिमाणमा मानवतावादी उद्धार गर्नुपर्ने तथा सर्वसाधारणको संरक्षण गर्नुपर्ने, थुनिएका सबै बन्धकहरूलाई शर्तरहित रिहा गर्नुपर्ने, संयुक्त राष्ट्र संघका सम्बन्धित निर्णय प्रस्तावको तुरुन्तै पालना गर्नुपर्ने आह्वान गर्नुभएको छ ।
चीन र फ्रान्सद्वारा जैविक विविधता र समुद्रीसम्बन्धी सहयोगलाई बढाउन संयुक्त वक्तव्य प्रकाशित
त्यस्तै, समुद्री राष्ट्र र जैविक विविधताको ठुला मुलुकहरूको रूपमा चीन र फ्रान्सले समुद्र र समुद्री तटवर्ती पर्यावरणीय प्रणालीको संरक्षण गर्ने विशेष कार्यभार र साझा महत्वाकाङ्क्षा पुनःघोषणा गरेका छन् ।
अध्यक्ष मुलुकको रूपमा चीनले सफलताका साथ जैविक विविधता सन्धिको १५ औँ सम्मेलनको आयोजना गर्दै खुनमिङ–मोन्ट्रियल ग्लोबल जैविक विविधता प्रारूप पारित गरेको छ । जैविक विविधता र समुद्रीसम्बन्धी सहयोगलाई बढाउनका लागि चीन र फ्रान्सले दुवै पक्षद्वारा अनुमोदित अन्तर्राष्ट्रिय सन्धिबमोजिम गतिविधि गराउने छन् । दुबै राष्ट्रहरूले ‘संयुक्त राष्ट्र सङ्घको समुद्री विज्ञानले दिगो विकास दस वर्षको प्रवद्र्धन २०२१–२०३०’ को समर्थन गरेका छन् ।
चीन र फ्रान्सद्वारा कृत्रिम बुद्धिमत्ता तथा विश्वव्यापी शासन सम्बन्धमा संयुक्त वक्तव्य
त्यस्तै, दुई देशबिच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवको अवसरमा फ्रान्सका राष्ट्रपतिको सन् २०२३को अप्रिल ५ का दिनदेखि ७ का दिनसम्मको चीन भ्रमण क्रममा भएको सहमतिलाई अझ गहन बनाउने र सहयोगका लागि नयाँ च्यानलहरू खोल्ने संयुक्त प्रतिबद्धतालाई दुवै राष्ट्राध्यक्षले दोहो¥याउनुभएको छ ।
दुवै राष्ट्र प्रमुखहरूले विश्वव्यापी चुनौतीहरूको दिगो समाधान गर्न गराउन दुई देशबिचको निरन्तर वार्ताको महत्वप्रति विश्वास देखाउनुभएको छ । चीनले सन् २०२३ को जुनमा हुने नयाँ ग्लोबल फाइनान्सिङ कम्प्याक्ट शिखर सम्मेलनको अनुगमन समितिको बैठकमा उपयुक्त तहमा भाग लिने र ‘मानव र ग्रहका लागि पेरिस सम्झौता’ को गम्भीरताका साथ अध्ययन गर्नेछ ।
यस उद्देश्यका लागि सन् २०२३ को अप्रिल ७ का दिनमा ‘चीन–फ्रान्स संयुक्त वक्तव्य’ मा भएको सहमतिको आधारमा दुई राष्ट्र प्रमुखहरू विशेष गरी कृत्रिम बुद्धिमत्तामा सहमतिको श्रृङ्खलामा पुग्नुभएको छ ।
त्यस्तै, चीन र फ्रान्सबिच कृषि आदान–प्रदान र सहकार्यसम्बन्धी सम्झौता
१. दुवै देशका नेताले आ–आफ्नो देश र द्विपक्षीय सम्बन्धमा कृषिले महत्वपूर्ण भूमिका खेलेको कुरा दोहो¥याउनुभयो ।
२. चीन र फ्रान्सले कृषि क्षेत्रको सहकार्यलाई अझ गहन बनाउन संयुक्तरूपमा प्रयास गर्ने छ ।
३. दुवै पक्षले युवा कृषि प्रतिभा र कृषि व्यवसायको ढाँचालगायतका अरू पक्षहरूको आदान–प्रदानलाई सबल बनाउने छ ।
४. दुवै पक्षले अङ्गुर खेती र वाइन उत्पादन उद्योगमा सहयोग र सहकार्यको सुदृढीकरणसम्बन्धी प्रशासनिक सम्झौतामा हस्ताक्षर गर्न स्वागत व्यक्त गरेको छ ।
५. चीन र फ्रान्सले कृषि र खाद्य सहकार्यलाई थप सुदृढ बनाउन इच्छा व्यक्त गरेको छ ।
६. भेटेरिनरी क्षेत्र र आयातित खाद्यपदार्थको पर्यवेक्षणमा पनि द्विपक्षीय सहयोग विस्तार गरिनेछ ।
७. दुवै पक्षले कृषि र कृषि खाद्य क्षेत्रको आदान–प्रदान र सहयोगलाई समृद्ध बनाउन नयाँ उपाय खोज्ने इच्छा व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *