अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कुनै दल कम्युनिस्ट हो कि होइन भन्ने जाँच्ने कसी त्यो दल बहुमत जनताको पक्षमा छ कि छैन भन्ने हेर्ने हो । चिनियाँ नेता अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो, “कम्युनिस्टको हृदय विशाल हुनुपर्छ; ऊ इमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितलाई उसले ध्यान दिनुपर्छ; आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ । उसले व्यक्तिको भन्दा बढ्ता पार्टी, देश र जनताको चिन्ता लिनुपर्छ । यसो भएमात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।”
कम्युनिस्टहरू सधैँ सत्यको पक्षमा जुट्नुपर्छ । कम्युनिस्टहरूले आफ्ना गल्तीहरू सच्याउन तयार हुनुपर्छ । कम्युनिस्टहरू व्यावहारिक तथा दूरदर्शी हुनुपर्छ । उनीहरू सबभन्दा बढ्ता दूरदर्शी, त्यागी र दृढ हुनुपर्छ । कम्युनिस्टहरू बीउ हुन्, जनता माटोझैँ हुन् । कम्युनिस्टहरू जहाँ पुगे पनि जनतासित भिज्नुपर्छ, जनतामा जरा हाल्नुपर्छ र जनतामै फुल्नुपर्छ ।
के सरकारमा जाने कम्युनिस्ट भनिएका दलका नेताहरूले यी जिम्मेवारी पूरा गरिरहेका छन् त ? कम्युनिस्ट भनिने शासकहरूले कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार तथा आचरणअनुसार काम गरिरहेका छैनन् । शासक कम्युनिस्टहरू बहुमत जनताको हितमा होइन अल्पमत पुँजीपतिवर्गकै पक्षपोषणमा लागेका छन् । तर, यहाँ सिद्धान्तहीन गठबन्धनको सरकार बनाइयो; सिद्धान्तहीन चुनावी गठबन्धन गरेर सांसदहरू जिताइयो । सिद्धान्त र विचारलाई सत्तामा जाने भ¥याङ बनाइयो । सिद्धान्त र विचार बन्धक राखेर भागबन्डामा अल्झियो । कम्युनिस्ट पार्टीले कम्युनिस्टविरोधी पार्टीकै बदनाम गर्ने बाटोमा लागेपछि कम्युनिस्ट पार्टी कसरी बलियो हुन्छ र कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ?
कम्युनिस्टहरू आलोचनादेखि डराउँदैनन् । द्वन्द्वात्मक भौतिकवादीहरू दृढ र निडर हुन्छन् । उनीहरू पार्टी अनुशासनमा बस्छन्; आर्थिक अनुशासनमा बस्छन् र आदर्शोन्मुख समाज गठनमा लाग्छन् । कम्युनिस्टहरू दूरदर्शी हुनुपर्छ । अल्पमतले बहुमतलाई मान्यता दिनु पार्टी अनुशासनमध्ये एक हो । बहुमतको निर्णयलाई समर्थन गर्नुपर्छ । अध्यक्ष माओले अनुशासनका तीन मुख्य नियम र ध्यान दिनुपर्ने आठ कुराहरूको विश्लेषण गर्नुभएको थियो । आठ ध्यान दिनुपर्ने कुरामा नम्र भएर बोल्ने, आफूले किनेका मालको सुपथ मोल तिर्ने, आफूले पैँचो लिएको प्रत्येक कुरा फर्काउने, आफूले बिगारेको जुनसुकै कुराको मोल तिर्ने, जनतालाई कुटपिट र हप्काउने नगर्ने, बाली नबिगार्ने, आइमाईहरूसित छाडा व्यवहार नगर्ने र बन्दीहरूसित नराम्रो व्यवहार नगर्ने आदि रहेका छन् ।
कम्युनिस्ट पार्टीमा व्यक्ति सङ्गठनको अधीनस्थ हुन्छ । अल्पमत बहुमतको अधीनस्थ हुन्छ । द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी दर्शनका दुई प्रमुख विशेषता हुन् । एक, यसको वर्गीय हो, दुई, यसको व्यवहारिकता हो । सिद्धान्त व्यवहारमा आधारित हुन्छ । वर्ग भएको समाजमा वर्गसङ्घर्ष अन्त्य हुनेछैन । तर, सरकारमा रहेका कम्युनिस्टहरू वर्गसङ्घर्षको कुरा गर्दैनन् । अझ उनीहरू त वर्गसङ्घर्ष गर्ने दल कुनै हालतमा कम्युनिस्ट हुँदैनन् भनी बखान गर्छन् । कम्युनिस्ट अन्तर्राष्ट्रवादी हुन्छन् । अरु देशमा भएको शोषित जनताप्रति ऐक्यबद्धता जनाउनुपर्ने हुन्छ । जनताको आन्दोलन दबाउन खोजियो† नरसंहार गरियो भने सोको विरोध गर्नुपर्छ । अमेरिकी सहयोग र साथमा इजरायलले प्यालेस्टिनमा नरसंहार गरेको विरोधमा नेमकिपाले विरोध ग¥यो ।
कम्युनिस्टहरू देशभक्त हुन्छन् । देशभक्त दलले विदेशी हस्तक्षेप स्वीकार्दैन या विदेशी आक्रमणको विरोध गर्छ । मातृभूमिको रक्षाको निम्ति नलड्ने, विदेशी हस्तक्षेप र आक्रमण भए पनि नबोल्ने दल कसरी देशभक्त हुन्छ ? देश जोगाउन नखोज्ने दलहरूको नेतृत्वमा सरकार छ । यही कारण नेपाली भूमिमा भारत सरकारले आँखा गाडेको हो । नेपाली भूमि साँगुरिँदै गएको हो । आफ्नो मिचिएको नेपाली भूमि फिर्ता लिन पनि सत्तासीन दलका नेताहरू डराउँछन् । त्यस्ता नेताहरू आफूलाई ठुलो कम्युनिस्ट दाबी गर्छन् । तर, उनीहरू काम सबै पुँजीपतिवर्गको हितमा गर्छन् । यसकारण, नेपाली जनताले कुन कम्युनिस्ट पार्टी सही या गलत थाहा पाउनुपर्छ† थाहा पाएर अघि बढ्नुपर्छ ।
Leave a Reply