भर्खरै :

खुला रक्तदान तथा निःशुल्क सुगर, प्रेसरको परीक्षण

खुला रक्तदान तथा निःशुल्क सुगर, प्रेसरको परीक्षण

भक्तपुर, ५ जेठ । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बुद्ध सदस्य सेवा केन्द्र सञ्चालन उपसमितिको आयोजनामा शनिबार सूर्यविनायक नपा ६ स्थित बलाक्व टोलमा सामाजिक उत्तरदायित्वलाई मनन गरी संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले रक्तदान गरी कार्यक्रम सुरु भएको थियो ।
२३ जना रक्तदाताहरूले रक्तदान तथा ११० सदस्य तथा गैरसदस्यहरूले सुगरपे्रसर जाँच गरिएका थिए । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखा तथा सुगर, प्रेसर जाँचका लागि प्राविधिक सहयोग भक्तपुर हार्ट एन्ड डायविटिक सेन्टरबाट समन्वय गरिएको थियो । बुद्ध सदस्य सेवा केन्द्रका सदस्य चन्द्रकुमार दोङ तामाङ, आशराम सुवाल तथा संयोजक संजय जोन्छेले रक्तदान कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *