ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका प्रकाशित गरेको छ । तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रथम पटक प्रकाशित गर्ने, फागुन ५ गते दिनको ११ः०० बजेदेखि ३ः०० बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको नामावली दर्ता गर्ने, फागुन ८ गते दिनको ४ः०० बजे प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै निर्वाचनमा भाग लिने संघ, संगठन र समूहहरुले फागुन १ गतेसम्म स्ववियु निर्वाचन समितिमा आफ्नो संगठन दर्ता गरिसक्नुपर्ने त्रिविले जनाएको छ ।
विद्यार्थी आन्दोलनको उपलब्धीको रुपमा स्थापित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २०६५ साल यता हुन सकेको थिएन । विद्यार्थी संगठनहरु बीचको असमझदारीलाई कारण देखाउँदै त्रिविले स्ववियु चुनाव स्थगित गर्दै आएको थियो । २०७० सालमा पनि अन्तिम समयमा त्रिविले आफ्नो घोषित निर्वाचन तालिका स्थगन गरेको थियो । निर्वाचन तालिका घोषणा भएसंगै विद्यार्थीहरु संगठनहरुले स्ववियु चुनावको तयारी र प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

Leave a Reply