वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, माघ १५ । नेक्राविसंघ जुम्ला–काठमाण्डौ सम्पर्क समितिको आयोजनामा नेमकिपाको ४३ औं स्थापना दिवसको अवसरमा प्रशिक्षण तथा पुनःगठन कार्यक्रम शनिबार बागीश्वरी कलेजमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं व्यवस्थापिका संसद सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले पार्टी स्थापनाका आन्तरिक र बाह्य कारण, पञ्चायती शासन व्यवस्थाको उपयोग गरेर जनताको सेवा गर्नुपर्ने, व्यवस्था परिवर्तनको निम्ति नै संघर्ष गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय मुद्दामा पाकिस्तान र बंगलादेश विभाजन, भारतीय विस्तारवादले नेपालको सुस्ता क्षेत्रमा गरेको सीमा अतिक्रमण, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन जस्ता सैद्धान्तिक विषयमा मतान्तर भएको हुँदा नेमकिपा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीबाट अलग्गिएको सांसद सुवालले बताउनुभयो । विभिन्न इतिहासको अध्ययनले समाज विकासको क्रमसंगै राजनीतिक विकास भएको र यथार्थत समाजको विकासको बारेमा, कार्ल माक्र्सले समाज विकासको अवधारणा नै परिवर्तनको हतियार हो । समाज परिवर्तनको लागि मजदुर वर्गले नै शासनको बागडोर समात्नुपर्छ उहाँले भन्नुभयो ।
नेक्राशिसंघका केन्द्रीय उपाध्यक्ष पूर्ण प्रसाद धितालले राजनीति निस्वार्थ रुपमा देश र जनताको हितको लागि हुनुपर्ने बताउनुभयो । नेक्राविसंघ जुम्ला–काठमाण्डौ सम्पर्क समितिले स्थानिय ठाउँको परिवर्तनको लागि शैक्षिक योग्यतालाई उपयोग गर्नुपर्छ । विद्यार्थीले आफ्नो जीवनलाई देश र जनताको हितमा समर्पित गर्नुपर्छ । संगठनको लागि कटिबद्ध हुनुपर्छ भन्नुभयो ।
त्यसैगरी नेक्राशिसंघका केन्द्रीय सदस्य दिर्घबहादुर शाहीले समाज परिवर्तनको लागि अध्ययनलाई जोड दिनुपर्ने र पढाई सकेपछि संगठनको हितको लागि काम गर्नुपर्छ भन्नुभयो ।
नेक्राविसंघका केन्द्रीय सचिव नरेश खत्रीले आसन्न स्ववियु चुनावको लागि सम्पूर्ण समितिका साथीहरु तयार रहन निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी कर्मचारी संघका धन बहादुर रावत, धर्मेन्द्र अधिकारी, लक्ष्मी खत्री, शंकर धिताल, नविन जैसी, इश्वर शाही, भुवन केसी, गोरखजंग शाही, उपेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले जगत अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नेक्राविसंघ जुम्ला–काठमाण्डौ सम्पर्क समिति पुनःगठन ग¥यो ।
Leave a Reply