सय वर्षपछिको भक्तपुर
- चैत्र २९, २०८२
माघ १६, बारा । नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा आइतबार सदरमुकाम कलैयामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रशिक्षण दिनुहुँदै नेमकिपा केन्द्रीय सदस्य उकेश कवांले प्रचण्ड नेतृत्वको सरकारले संसदमा पेश गरेको देशघाती संविधान संशोधन विधेयकले देशको सार्वभौमिकता, भू–अखण्डता र स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको बताउनुभयो । संशोधन विधेयक संसदबाट पारित भए नेपालबाट तराई क्षेत्र भारतमा गाभ्ने षड्यन्त्र हुने सदस्य कवांले बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई दबाउन भारतीय विस्तारवादले नेपालका कम्युनिष्ट भनाउँदा पार्टीहरुकै प्रयोग गरेको हुँदा जनताले कुन पार्टी साँचो अर्थमा कम्युनिष्ट हो होइन व्यवहारबाट पहिचान गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेक्राविसंघ केन्द्रीय अध्यक्ष नीरज लवजूले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका संशोधनवादी, अराजकतावादी प्रवृतिको विरुद्ध नै नेमकिपा स्थापना भएको प्रसंग उल्लेख गर्दै कम्युनिष्ट नामधारी पार्टीहरुले वर्गीय मुद्दालाई विर्सेर जातीय र क्षेत्रीय मुद्दालाई उठाउनु दुखको कुरा हो भन्नुभयो ।
नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थागत विद्यालय संगठन (इसान)का सचिव राम कासुला, नेमकिपा बाराका रेञ्जु कुमारी यादव र नेक्राविसंघ बारा जिल्ला समिति संयोजक अजय यादवले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
Leave a Reply