भर्खरै :

चण्डेश्वरी साकोसमा चारदिने समाचार लेखन तालिम सम्पन्न

चण्डेश्वरी साकोसमा चारदिने समाचार लेखन तालिम सम्पन्न

भक्तपुर, ३१ असार । चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि. शिक्षा उपसमितिको आयोजनामा चारदिने समाचार लेखन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम संस्थाको सभाकक्षमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले राज्यको न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकापछिको चौथो अङ्गको रूपमा पत्रकारिता रहेको बताउँदै पत्रिकामा प्रकाशन हुने सबै सामग्रीहरू सही हुनसक्छन् भन्ने छैन भन्नुभयो ।
उहाँले भक्तपुर काण्डको बेला शनिबार सरजमिन गरी नक्कली मुचुल्का तयार गरेको घटनाबारे धेरै पत्रपत्रिकामा समाचार सम्प्रेषण भएको हुँदा देशका धेरै ठाउँमा काण्डबारे जानकारी दिएको प्रस्ट पार्नुभयो । समाचार सिर्जनशील सीप भएकोले समाजलाई सत्य र तथ्यमा आधारित भएर समाचार सम्पे्रषण गर्नुपर्ने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष पूर्णगोपाल राजचलले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानावासुले समाजमा घटित घटनालाई पूर्ण निगरानीमा राखेर समाचार लेख्नुपर्ने बताउनुभयो ।
प्रशिक्षक प्रेम प्रजापतिले समाचार समाजप्रति उत्तरदायी भएर समाचार लेख्नुपर्ने र सिकेको कुरालाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षा उपसमितिका संयोजक विष्णुप्रसाद कर्माचार्यले सत्य र तथ्यका रूपमा जनतासामु विचार राख्नुपर्ने बताउनुभयो ।
तालिममा प्रशिक्षार्थी सुनिता गपी, विकेश मचामसी र उर्मिला प्याथले पनि बोल्नुभएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । संस्थाको तर्फबाट प्रशिक्षक प्रेम प्रजापतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *