ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाडौं, १६ माघ । नेपालम मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले साहित्य सर्जकहरूले देश र जनताको हितमा लेख्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागद्वारा आइतबार कीर्तिपुरमा आयोजित बृहत् साहित्य गोष्ठीमा बोल्दै अध्यक्ष रोहितले साहित्य सर्जकहरूले जनताबाट सिकेर जनतामाझ नै मिठो र प्रभावकारी रुपमा रचना प्रस्तुत गर्नुपर्छ भन्नुभयो ।
कोही विश्वविद्यालयका प्राध्यापक हुँदैमा प्रगतिशील र देशभक्त नहुने बताउँदै उहाँले धेरै धेरै पढेकाहरू बुद्धिजीवी नै हुन्छन् भन्ने हुँदैन भन्नुभयो ।
कोही विश्वविद्यालयका प्राध्यापक हुँदैमा प्रगतिशील र देशभक्त नहुने बताउँदै उहाँले धेरै धेरै पढेकाहरू बुद्धिजीवी नै हुन्छन् भन्ने हुँदैन
अध्यक्ष रोहितले निर्वाचनमा राजनीतिक दलहरूमाथि थ्रेसहोल्डको नाउँमा प्रतिबन्ध लगाउन खोज्ने कार्यले राजनीतिमा ठेकेदार, तस्कर, गुण्डा र अपराधीहरूको बोलवाला बढ्न सक्ने औंल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौंका अध्यक्ष नारायणमान महर्जनले नेमकिपाले स्थापना कालदेखि नै नेपालको कम्युनिष्ट आन्दोलनभित्रका खोटा विचारको विरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सैद्धान्तिक सङ्घर्ष आज पनि चालू छ भन्नुभयो ।
देशको रक्षाका निम्ति देशभक्त जनताको आन्दोलन चालू रहेको अवस्थामा कलम बोक्नेहरू पनि आन्दोलित हुनु जरुरी रहेको उहाँले औंल्याउनुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंले जनताका लेखक, कवि, कलाकारले देश र जनतको पक्षमा लेख्ने र गाउने बताउँदै जनभावना समेटेर लेख्न अनुरोध गर्नुभयो ।
सांस्कृतिक स्तर नउठेका नेता, कार्यकर्ता र लेखकहरूले जनताको सेवा गर्न नसक्ने औंल्याउँदै उहाँले अध्ययन, चिन्तन–मनन र आदानप्रदान निरन्तर भइरहुनपर्छ भन्नुभयो ।
सभापतिको आसनबाट नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले कतिपय लेखकहरूले व्यावसायिकताका नाउँमा जनताका भावनाभन्दा विदेशी प्रायोजकहरूका एजेण्डा लेख्ने गरेको औंल्याउँदै त्यसले देश र जनताको हित नहुने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय सचिव शङ्कर भण्डारीले देशभक्तिपूर्ण र प्रगतिशील साहित्यमात्र अमर र अविष्मरणीय हुन्छ भन्नुभयो ।
लोकप्रिय गायक विनोद विकले देशभक्तिपूर्ण र क्रान्तिकारी गीत गाउनुभएको बृहत् साहित्य गोष्ठीमा कवि÷सर्जकहरू अमोद उलक, पूर्ण पौडेल, निरज चौधरी, नविन पासवान, विमला थापा, रुजु अधिकारी, प्रज्ज्वल अधिकारी, प्रेम तामाङ, रामकृष्ण प्रजापति, कमल सङ्घर्ष, दिवस थापालगायतले गीत, कविता, गजल र मुक्तकहरू वाचन गर्नुभएको थियो ।
Leave a Reply