भर्खरै :

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीद्वारा युद्धविराम अन्त्य

मनिला, १९ माघ । फिलिपिन्सको माओवादी विद्रोहीहरुले बुधबार युद्धविराम अन्त्य गरेको घोषणा गरेका छन् ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले आफूहरुलाई विश्वासघात गरेको र मानवअधिकार उल्लङ्घन गरेको भन्दै माओवादीले पाँचमहिने युद्धविराम अन्त्य गरेको जनाएको छ ।
झन्डै एक दशकसम्म चलेको रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्नेगरी भइरहेको शान्ति वार्ता तेस्रो चरणमा पुगेका बेला उनीहरुले युद्धविराम अन्त्य गरेका हुन् । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *