भर्खरै :

भारतीय महासागरमूनि भेटियो प्रागऐतिहासिक टापु

वैज्ञानिकहरुले बुधबार भारतीय महासागरमा मौरिसिया टापुमूनि ‘हराएको महादेश’ भेटाएका छन् । उनीहरुका अनुसार मौरिसियामूनिको भूखण्ड गोन्दवा विशालमहादेश आजभन्दा २ सयदेखि ३ सय मिलियन वर्षअघि विभाजित हुँदा बाँकी रहेको भूखण्ड हो ।
नेचर कम्युनिकेशन नामको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार आजभन्दा ८५ मिलियन वर्ष आसपास भारत र अफ्रिकाको मादागास्कर टापु छुटिंदा मौरिसिया समुद्रमा हराएको थियो ।
सन् २०१३ मा दक्षिण अफ्रिकाको विट्वाटर्सान्ड विश्वविद्यालयका वैज्ञानिक लेविस अस्वाल र उनको टोलीले भारतीय समुद्रका अरु क्षेत्रको तुलनामा सो क्षेत्रमा गुरुत्वोकर्षण बढी भएको पत्ता लागे पछि प्रागऐतिहासिक खोजको लागि मार्गप्रशस्त भएको थियो ।
खोजका क्रममा उनीहरुले त्यहाँ फेला परेका धुलोका कणहरु (क्रिस्टल)बारे अध्ययन थालेका थिए । तीमध्ये केही कणहरु तीन बिलियन वर्ष पुराना थिए । मौरिटियस ८ मिलियन वर्ष पुरानो छ । करिब ८५ मिलियन वर्ष पहिले मौरिसिया भारत र मादागास्करबीच पेलिएको विश्वास गरिएको छ । एक अर्कोबाट अलग भएपश्चात यी दुवै देशहरु फैलिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *