भर्खरै :

ट्रिपरको ठक्करले भैलनायोको निधन

शनिबार बिहान लगभग ४ः१५ बजे भक्तपुरको घँतालेमा भएको दुर्घटनामा परी बिस्केट जात्राको भैरवरथ गुठीका नाइके ८४ वर्षका मोतीभक्त सुवालको घटनास्थलमै निधन भएको छ । काठमाण्डौतिरबाट आएको अनुमान गरिएको ट्रिपरले ठक्कर दिंदा उहाँको निधन भएको हो ।
भैरवरथका जम्मा ६ जना नाइके(भैलनायो)हरु हुनेमा हाल जीवित चार जनामध्ये उहाँ एक जना हुनुहुन्थ्यो ।
सुवाल घँलातेबाट भक्तपुर नगरतिर पस्ने क्रममा बाटो काट्दा ट्रिपरले हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर ठक्कर हान्ने ट्रिपर यकिन भने भइनसकेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धानको लागि केही ट्रिपरहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले बताउनुभयो ।
मृतक सुवालको शव मध्यपुर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *