भर्खरै :

रुपन्देहीमा क्रान्तिकारी विद्यार्थीहरुको भेला

स्ववियु निर्वाचनको तयारीको शिलशिलामा शनिबार रुपन्देहीमा जिल्लास्तरीय भेला भयो । भेलामा नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य हरिसुन्दर बासीले शिक्षा क्षेत्रमा नवउदारवादविरोधी सङ्घर्षलाई नेक्राविसङ्घले अझ व्यापक विद्यार्थीहरुबीच पु¥याउन स्ववियुको दबुलाई उपयोग गर्नुपर्ने विचार राख्नुभयो ।
नेक्राविसङ्घ रुपन्देही जिल्ला समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु सुर्जन तिवारी, पूर्णचन्द्र भट्टराई, तुलसा विक, विमला आचार्य, पद्म रसाइली, माधव अधिकारी, उभराज तिमिल्सिना, कमल पोखरेल, ओम खासुमगरलगायतले स्ववियु निर्वाचनको तयारीको विषयमा बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *