भर्खरै :

नगरकोटमा सफाई अभियान

भक्तपुर, २२ माघ । ‘हातमा कुचो डोको बोकेर, सुन्दर वातावरण बनाऔं । रोग र महामारी भगाऔं ।।’ भन्ने मूल नाराका साथ सुनगाभा युवा क्लबको आयोजनामा वातावरण तथा सरसफाई अभियान सम्पन्न भयो ।
नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले क्लबले वातावरण र सरसफाई कार्यक्रम गरी वातावरण सरसफाईमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा नेमकिपा नगरकोट नगर समितिका केशव तिमिल्सिनाले क्लबले सुरु गरेको सरसफाई अभियानको प्रशंसा गर्नु हुँदै सफाई अभियानको सफलताको कामना गर्नुभयो । उहाँले सरसफाई अभियानलाई नगरका अन्य वडा र टोलसम्म पनि पुर्‍याउन नगरपालिकाले विशेष योजना र कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष लक्ष्मण दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका नगर प्रतिनिधि राजु सुवेदी, नेपाली काँग्रेसका यादव अधिकारी, नयाँ शक्तिका विनोद लामिछाने, क्लबका सचिव सरोज दुलाल लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *