आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मस्को, रूस, १३ भदौ । रुसले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षामन्त्रीले बताउनुभएको छ ।
सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।
यो अभ्यास पूर्वी युरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय विषयमा अझ विशाल अभ्यास हुनेछ,सर्गेई सोइगुले भन्नुभयो ।
उहाँले भन्नुभयो, “कल्पना गर्नुस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ ।”
रुसले गत वर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो । एएफपी
Leave a Reply