भर्खरै :

राजश्व छल्ने फर्मलाई कारवाही

वीरगञ्ज, १८ भदौ  ः नक्कली बिलबिजकबाट कारोवार गर्ने, चलानबाट सामान बेच्ने तथा राजश्व छली गर्ने १० वटा व्यापारिक फर्मलाई कारवाही गरेको छ ।
राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले आर्थिक वर्ष २०७४÷०७५ नक्कली बिलबिजकबाट कारोवार गर्ने, चलानबाट सामान बेच्ने तथा राजश्व छली गर्ने विभिन्न १० वटा व्यापारिक फर्मलाई कारवाही गरेको हो ।
यसरी कारवाहीमा परेका व्यापारिक फर्महरुमा वीरगञ्जका मनोकामना मोटर पार्टस, सङ्तुलित फिड इन्डष्ट्र्रीज प्रा लि हेटांैडाका जलान आयरन एण्ड मेसिनरी स्टोर, एमवि केडिया डेण्टल कलेज, बाराका एग्रो प्रोसेसिंग प्रालि, पर्साका जगदम्वा इन्टर प्राइजेज प्रालि, कमसम सिमेन्ट इन्डष्ट्रीज प्रालि, राजेश मेटल एण्ड क्राफ्ट प्रालि, अशोक स्टिल इन्डष्ट्रीज प्रालि सिमरा तथा अग्रवाल विप्स प्रालि रहेका छन् ।
फर्मले राजश्व छल्ने अभिप्रायले नक्कली बिलबिजक प्रयोग गरेको, चलानबाट सामान बिक्री गरेको बिलविना सामान बेचेर सरकारको करोडौ रुपँैया राजश्व मारेकाले ति फर्मलाई कारवाही गरिएको निमित्त अनुसन्धान प्रमुख भिमप्रकाश देवकोटाले राससलाई बताउनुभयो ।
उहाँले राजश्व छल्ने ति फर्मलाई आय कर ऐन तथा अन्तशुल्क कर अन्तर्गत कारवाही गरी जरिवाना गरेको बताउनुभयो ।
राजश्व अनुसन्धान कार्यालय मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्यको तुलनामा ९३ दशमलव ८१ प्रतिशत मात्र राजश्व सङ्कलन गरेको जनाएको छ ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा रु ३६ करोड राजश्व उठाउने लक्ष्य दिएकोमा सो कार्यालयले १९ करोड ७० लाख १४ हजार ७७८ रुपैया मात्र राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को फागुन मसान्त सम्म राजश्व छलीको १५९ वटा मुद्दामध्ये १३३ वटा मुद्दा फैसला गरेको छ भने ६ वटा मुद्दा फैसला गर्न बाँकी रहेको छ ।
सो अवधिमा १८८ वटा माल वाहक सवारी साधनको चेकजाँच गरी मुद्दा दायर गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *