भर्खरै :

सिन्च्याङलाई थाहा छ आफ्नो अवस्था

सिन्च्याङ प्रशासनबारे अन्तर्राष्ट्रियस्तरमै केही असमझदारीहरू रहिआएको छ । केही तत्वहरूले चिनियाँ शासन शैलीको बढख्वाइँ गरेका छन् । हालसालै आरोपको नयाँ तरङ्ग देखापरेको छ र बुधबार संयुक्त राज्य अमेरिकी कानुन निर्माताहरूको कट्टर समूहले सम्बन्धित चिनियाँ अधिकारीहरूलाई दण्ड दिनुपर्ने माग गरेसँगै यसले उचाइ लिएको छ ।
जातीय घृणा उन्मूलनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय समितिको अधिकारका लागि चिनियाँ सरकारको कानुन, नीति र प्रशासकीय कदमका बारेमा सकारात्मक धारणा व्यक्त भएको थियो । तथापि पश्चिममा आम धारणा र गलत सूचनाको आधारमा उक्त समितिले सिन्च्याङ प्रशासनले अतिवादीहरूलाई रोजगारमूलक तालिम दिएको कार्यलाई अवस्तुगत रुपमा टिप्पणी गरेको थियो, जसलाई पश्चिममा सञ्चारमाध्यमले अतिरञ्जनापूर्ण तरिकाले प्रचार गरेका थिए ।
सिन्च्याङको मामलामा दुईथरी मूल्य मान्यताको द्वन्द्व छ । पहिलो पश्चिमाकेन्द्रित मान्यता हो । सिन्च्याङ प्रशासनको कठोर उद्देश्य र प्रभावको बेवास्ता गर्दै यसले केवल मानव अधिकारका अर्थहिन वक्तव्य दिन्छ । यस्ता अर्थहिन वक्तव्यले अतिवादीहरूलाई उत्साहित गर्छ सिन्च्याङ प्रशासनको उपलब्धिहरूलाई कम आँक्छ र सो क्षेत्रलाई अशान्तितर्फ धकेल्छ जसले केही पश्चिमा राजनीतिज्ञहरूको स्वार्थ पूरा गर्छ ।
अर्को भनेको सिन्च्याङको वास्तविकतामा जरा गाडेको चिनियाँ मान्यता हो जसलाई धेरै विकसित राष्ट्रहरूले बुझेका र समर्थन गरेका छन् । सो क्षेत्र भयानक अशान्तिको सङ्घारमा पुगिसकेको थियो र हिंसात्मक आतङ्कवादी गतिविधिहरू करिब नियन्त्रण बाहिर पुगिसकेको थियो । सिन्च्याङले प्रशासनले मानव अधिकार हनन गरेको छ कि छैन भन्ने कुरा त्यहाँको प्रशासनले चालेको कदमले अधिकांश जनताको चाहनालाई पूर्ति गरेको छ कि छैन भन्ने तथ्यबाट फैसला हुनुपर्छ ।
धेरै वर्ष पहिले नै सिन्च्याङको परिस्थिति नियन्त्रणमा नलिएको भए अतिवादीहरूको विचारले जनताको दिमाग धुलाई ( Brain Washed ) भइसक्थ्यो, जनता आतङ्कवादीहरूसँग मिलिसकेका हुन्थे र धेरै निर्दोष जनता मारिइसकेका हुन्थे ।
सिन्च्याङ विगत दुई वषदेखि उपद्रोवबाट मुक्त छ, शान्त र स्थिरतामा रमाएको छ । कति जना बचाइए र कति जनता भयभित दिनहरूबाट मुक्त पारिए भन्ने हिसाब गर्न गा¥हो छ । के बाँच्न पाउने अधिकार सिन्च्याङका सबै जातीय समूहको मौलिक अधिकार होइन ?
हिंसात्मक आक्रमणहरू हुनबाट रोक्न सकिन्छ र जनता सामान्य र शान्तिपूर्ण जीवन बाँच्न सक्छन् भन्ने कुरा सिन्च्याङलाई मानव अधिकार उल्लङ्घनको आरोप लगाउनेहरूलाई मतलब छैन ।
सिन्च्याङको विगतको उपद्रोव बाह्य तत्को कारणले नै माथिको पश्चिममा आरोपले अतिवादीहरूलाई आफूले धार्मिक जिहाद छेडेको र पश्चिमा तथा अन्तर्राष्ट्रिय जगतको सहानुभूति र समर्थन प्राप्त गरेको विश्वास दिलायो ।
सिन्च्याङका पदाधिकारी र जनताले नै सो क्षेत्रको शान्ति र स्थिरता कायम गर्नुपर्छ जुन तिनीहरूको अधिकार अनि प्राथमिक हितको कुरा हो । त्यहाँको विगतको उपद्रोव, अनुभव र शिक्षाबारे सबैभन्दा राम्रो जानकार तिनीहरू नै हुन् । सो क्षेत्रलाई कसरी स्थिर राख्ने र विकास गर्ने भन्ने कुरा सबभन्दा बढी तिनीहरूलाई नै थाहा छ । आन्तरिक निर्णयमा बाह्य हस्तक्षेप स्विकार्य छैन । तिनीहरूसँग चिनियाँ जनताको साथ छ ।
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद – संगम

Leave a Reply

Your email address will not be published. Required fields are marked *