भर्खरै :

पर्यटन वर्ष सन् २०२० लाई सफल पारौँ

काठमाडौँ, २२ भदौ  ः सरकारले पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका व्यावसायिक सङ्घ÷संस्थालाई आग्रह गरिएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले यहाँ आज आयोजना गरेको एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसलाई सफल पार्न सबै क्षेत्रबाट उत्तिकै भूमिका हुने बताउनुभयो ।
“नेपालको पर्यटन क्षेत्रमा औपचारिक शिक्षा हासिल गरेका युवालाई आकर्षित गर्न जरुरी छ, त्यस क्षेत्रका विज्ञ र पछिल्लो पटक मिस टुरिजमका विजेताको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ का फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ का सेकेण्ड रनरअप श्रुति थापालाई सम्मान गरिएको थियो ।
प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा युवाहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले संस्थाले विगत तीन वर्षदेखि मिस टुरिजमको आयोजना गर्दै आएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *