भर्खरै :

काठमाडौंको जवाफ

सुरेन्द्रराज गोसाईँ
भो मलाईमात्र बढ्ता गाली नगर्नू
जात्रा मेरो नै काल बन्ला
मैले कसरी बुझ्ने ?
अलिकति पिउँदा देशै गुम्ने
मैले कसरी जान्ने ?
भो मलाई इतिहास धेरै नघोकाउनू
जे हुनु थियो भै’गो
जे नहुनु थियो भै’गो
मलाई विगतको विरह नसम्झाउनू !
अहिले पनि त मैले
कसरी बुझ्ने ?
घरज्वाइँहरूको पार्टी होला
घरज्वाइँहरूले पार्टी हाँक्लान् !
अलिकति मलाई दया लाग्यो
चप्पलमा हिंड्नेलाई न्यानो जुत्ता दिएँ
ख्याउटे–स्याउटेलाई खाना दिएँ
अनिदा–बेघरेलाई वास दिएँ
मैले कसरी बुझ्ने,
मेरै उठीवास हुने ?
मीत–घात फेरि दोहोरिने ?
बिउँझिन मैले पनि कोसिस गरेकै थिएँ
विचार अलिकति बोक्न खोजेकै थिएँ
स·ठनको जग त हालेकै थिएँ
बारम्बार बाँदरहरूको हमला हुँदा
जोगाउन मैले केही सकिनँ
सौन्दर्य, सुगन्ध केही बाँकी रहेन !
तसर्थ,
आज ‘कुमारी’ काठमाडौं खोज्नु बेकार
आज ‘कुरूप’ काठमाडौं भन्नेलाई नै धिक्कार !
०७५÷०६÷२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *