भर्खरै :

सरकार, ठग र लुटेराकै मतियार !

 पीसु पाठक
ओरियण्टल !
तिमी, बचत र सहकारी संस्था थिएनौ होइनौ
जनताको बचत
ठग्ने लुट्ने
तिमी,
ठग र लुटेरा थियौ ।
ठग र लुटाहा
ओरियण्टललाई कारबाही नगर्ने
जनताको बचत फिर्ता नगराउने
उल्टै
ओरियण्टललाई नै काँधमा बोल्ने
कसरी हुन्छ
सहकारी अभियन्ता ?
सहकारीले पाउने कर छुट नदिने
सहकारी ऐनअनुसार
आर्थिक विधेयक नल्याउने
कसरी हुन्छ
सहकारीमैत्री सरकार ?
ठग र लुटेरालाई
संरक्षण दिने सरकार
कसरी होइन
ठग र लुटेराकै मतियार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *