भर्खरै :

प्रथम विश्वयुद्ध र युद्धका प्रकार

पुँजीवादी व्यवस्थाको विकाससँगै पुँजी विस्तारको लागि उपनिवेश कब्जा गर्न साम्राज्यवादी देशहरूको प्रतिस्पर्धाले सन् १९१४ मा प्रथम विश्व युद्ध सुरू भयो । सन् १९१८ को नोभेम्बर ११ सम्म चालू प्रथम विश्वयुद्धले संसारलाई धेरै कुरा सिकायो । करोडभन्दा बढी मानिसले ज्यान गुमाए भने करोडौं मानिस घाइते भए । चार वर्ष चलेको युद्धले पुस्तौं पुस्ता प्रभावित बनायो । प्रथम विश्वयुद्धले सन् १९३९–४५ सम्म चलेको दोस्रो विश्वयुद्धको गर्भाधान पनि ग¥यो ।
उन्नाइसौं शताब्दीबाट सुरू भएको युरोपेली औद्योगिक क्रान्ति बीसौं शताब्दीको प्रारम्भमा उत्कर्षमा पुगिसकेको थियो । युरोपको सानो भूगोल युरोपेली देशमा मैमत्त बनेको पुँजीवादी औद्योगिक विकासको लागि साँघुरो बन्यो । पुँजीवादी उत्पादनको बजार व्यवस्थापन र सस्तो कच्चापदार्थ तथा जनशक्तिको लागि पुँजीपतिबीच युरोपबाहिरको भूगोल कब्जा गर्ने प्रतिस्पर्धाको राजनीतिक अभिव्यक्ति नै प्रथम विश्वयुद्ध थियो । तर पुँजीपति वर्गबीच मुनाफाको लोभमा भएको त्यो युद्ध प्रतिक्रियावादी युद्ध थियो । प्रतिक्रियावादी युद्धले संसारमा विध्वंस, हिंसा र अशान्ति फैलायो । मानव जातिलाई युगौं युग पछाडि धकेल्यो ।
कतिपय मानिस युद्ध भन्नासाथ विरोध र घृणा गर्ने गर्छन् । युद्धप्रति निरपेक्ष रूपमा बुझाई राख्ने मानिसहरू हरेक युद्धको विरोध गर्ने गर्छन् । लेनिनले भन्नुभएको थियो, “युद्धमात्र हुनुपर्छ भन्नु अराजकतावाद हो भने युद्ध हुनु नै हुन्न भन्नु आदर्शवाद हो । यी दुवै दृष्टिकोण सही होइनन् ।” संसारमा मानव समाजलाई अघि बढाउन पनि युद्ध भएका छन् भने केही अल्पसङ्ख्यकको स्वार्थका कारण पनि युद्ध भएका छन् । मानव जातिको हितमा उपनिवेशवादविरोधी सङ्घर्ष भएका छन् । त्यस्ता युद्धको समर्थन गर्नु उचित हो । तर केही सीमित मानिसको चाहना र लहडमा भएको लडार्इँको विपक्षमा उभिनु पर्दछ । प्रथम विश्वयुद्ध त्यस्तै प्रतिक्रियावादी युद्ध थियो जसले व्यापक मानव जातिको हित गर्न सकेको थिएन । साम्राज्यवादी स्वार्थ पूर्तिका निम्ति त्यो युद्ध भएको थियो ।
तर प्रथम विश्वयुद्धले संसारलाई केही महत्वपूर्ण पाठ सिकाएको थियो । प्रथमतः पुँजीवादी व्यवस्थाले कहिल्यै पनि संसारमा शान्ति कायम गर्नसक्दैन भन्ने पाठ सिकायो । पुँजीवादी विकासको अन्तिम परिणाम भनेको संसारमा लडाईँ र युद्ध हो । कार्ल माक्र्सको शब्दमा पुँजीवादी व्यवस्थाअन्तर्गत हरेक दस–दस वर्षमा आर्थिक सड्ढट चर्किने गर्दछ । त्यस्ता पुँजीवादी आर्थिक सड्ढट समाधान विश्व युद्ध र क्षेत्रीय युद्धले मात्र गर्ने गर्दछन् ।
संसारमा जबसम्म वर्गीय समाज रहन्छ, युद्धको छायाँले कहिल्यै छोड्नेछैन । असमानता र अन्याय नै युद्धको जग हो । वर्गीय समाज रहेसम्म एउटा युद्धको समापन अर्को युद्धको बिजारोपण हुनेछ । प्रथम विश्वयुद्धकै अस्तुबाट दोस्रो विश्वयुद्धको जन्म भयो र दोस्रो विश्वयुद्धकै अस्तुमा अरू धेरै युद्धहरूको जन्म भयो ।
तर प्रथम विश्वयुद्धले संसारमा अर्को ऐतिहासिक पाठ पनि सिकाएको थियो, पुँजीपति वर्ग आफू–आफूबीच लडिरहँदा सर्वहारा क्रान्तिकारी जनता एकजुट भएर पुँजीवादको जरा उखेल्ने काम गर्नुपर्छ । लेनिनले यही नीति अँगाल्दा युरोपकै बिरामी देश मानिएको रूसमा अक्टोबर क्रान्तिले विजयको झण्डा फहराउन सफल भयो । द्वन्द्ववादी दर्शनको निषेधको निषेध नियमअनुसार पुँजीवादी सड्ढटबीच नै समाजवादी सङ्घर्षको उभार उठ्यो । प्रथम विश्वयुद्ध प्रतिक्रियावादी युद्ध थियो भने अक्टोबर समाजवादी क्रान्ति क्रान्तिकारी युद्ध थियो । पहिलो थरी युद्धले संसार र मानव जातिलाई पछाडि धकेल्यो भने दोस्रो थरी युद्धले संसारलाई अगाडि जाने बाटो देखायो । क्रान्तिको मसालले संसारका कामदार जनतालाई आफ्नो तागत बुझाउन सफल भयो ।
आइतबार नोभेम्बर ११, प्रथम विश्वयुद्ध अन्त्य भएको सयौं वर्ष । संसारले त्यो युद्धको विषादको स्मरण गरे । तर अक्टोबर क्रान्तिको १०१ औं दिवसको सम्झनाले संसारका कामदार जनतालाई उत्साहको सञ्चार पनि गरिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *