भर्खरै :

अछामको मङ्गलसेनमा अन्तर्राष्ट्रिय श्रमिक दिवस

अछामको मङ्गलसेनमा अन्तर्राष्ट्रिय श्रमिक दिवस

अछाम, २० वैशाख । नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मङ्गलसेनमा बुधबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले संशोधनवाद र अवसरवादको विरोधमा नेमकिपाका कार्यकर्ताले सैद्धान्तिक तथा वैचारिक सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले आफूलाई कम्युनिस्ट भन्ने माओवादी र एमालेहरू सरकारमा रहे पनि मजदुर किसानको जीवनस्तर उठाउन केही सहज नभएको उल्लेख गर्दै यो पुँजीवादी राज्य व्यवस्था अन्त नभएसम्म मजदुरको जीवन सहज नहुने बताउनुभयो ।
नेक्राविसङ्घ अछामका वीरेन्द्रबहादुर शाही, नेमकिपा कमलबजार नपा वडा नं. ६ का वडा समितिका अध्यक्ष विनोदबहादुर शाही, नेक्रायुसङ्घ अछामका सुभास शाही, नेक्राविसङ्घका जगतबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय मजदुर दिवस पञ्चदेवल विनायक नगरपालिकामा पनि सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा अछामका झङ्करबहादुर शाहीले कम्युनिस्टको नाउँमा पुँजीपतिवर्गकै दलाली गरिरहेका दलहरूबाट नेपालमा समाजवादी क्रान्ति सम्भव छैन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *