रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भारतमा भइरहेको आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको एउटा वाक्यले सम्पूर्ण भारतवासीलाई ‘हाँस्नु कि रुनु’ भनेजस्तै बनाएको छ । सासु बुहारीबिच घर झगडामा बोलिने शैलीको शब्द प्रधानमन्त्रीजस्तो गरिमामय पदलाई नसुहाउने गरी मोदीले बोलेका थिए । “काङ्ग्रेस सरकारमा आयो भने महिलाको मङ्गलसूत्र छिनिने छ” भन्दै उनले जनताको महत्वपूर्ण मुद्दाबाट ध्यान भड्काउन महिलाको भावनासँग खेल्न खोजे । वास्तवमा मोदी आफैँ आफ्नो श्रीमती छोडेर बसेका मान्छे हुन् ।
खासमा काङ्ग्रेसको घोषणापत्रमा राष्ट्रिय सम्पत्तिको मूल्याङ्कन गरेर त्यसलाई जनतामाझ पुनर्वितरण गर्ने भनिएको थियो । यो वाक्यको लुकेको कुरा राष्ट्रको प्राकृतिक सम्पत्ति त्यहाँका अम्बानी र अडानीजस्ता केही पुँजीपतिलाई मात्र दोहन गर्न दिने मोदीको कार्यको विरोध थियो । भारतीय समाजमा भएको विषम आर्थिक असमानतालाई न्यूनीकरणको बहसलाई ‘आग्राको कुरा गाग्रा’ भनेजस्तै मोदीले विषयान्तरण गर्न खोजे । पुनर्वितरण शब्दलाई मोदीले गरिब जनतासँग रहेको सम्पत्ति नै खोसिने जस्तो कुतर्क गरेर जनतालाई भड्काउन खोजे । यदि सरकारी नीति ती पुँजीपतिले चाहेकै जस्तो हुन्छ भने जनता र पुँजीपतिबिच एजेन्टको रूपमा नेतालाई छानिने चुनाव किन गर्नुप¥यो ? चुनिएका यस्ता एजेन्टमािथ जनताले करको रूपमा तिरेको पैसा किन खर्च गर्नुप¥यो ? सिधै जनताले पुँजीपतिलाई छान्ने चुनाव गरे भइहाल्यो नि !
तर्क भनेको एक ठाउँबाट अर्को ठाउँमा पुग्न नक्सालाई पछ्याएजस्तै कुनै पनि विषयमाथि भएको बहसलाई तार्किक निष्कर्षमा पु¥याउनु हो । समझदारले निष्कर्षमा पुग्न तर्क र प्रमाण प्रयोग गर्छ । अर्कोतर्फ, तर्कको नाममा हुने कुतर्क कुनै कारणबिना बाटो भड्किनुजस्तै हो । यसले कुनै अर्थ राख्दैन र अक्सर गलत निष्कर्ष वा भ्रम निम्त्याउँछ । तर्कले हामीलाई कुनै पनि सन्दर्भको अर्थ लगाउन मद्दत गर्दछ, जबकि कुतर्कले हामीलाई कुहिरोमा हराएको कागजस्तै बनाउँछ ।
जब कसैले जानाजानी सत्यबाट ध्यान हटाउन कुतर्क प्रस्तुत गर्दछ भने हामी प्रायः तिनीहरू ‘भ्रममा फसेको’ भन्दछौँ । ‘भ्रम’ को अर्थ, छल वा चलाखी देखाएर भ्रामक तर्कहरू प्रयोग गरेर जानाजानी अरूलाई धोका दिनु हो । तर, तर्क वा कुतर्क छुट्याउने समस्या के हो भने, आफूलाई अनुकूल भए एउटै कुरा तर्कको रूपमा लिइन्छ तर प्रतिकूलको अवस्थामा त्यही कुरालाई कुतर्कको रूपमा लिइन्छ ।
यस्ता अभ्यास भारतीय राजनीतिमा थुप्रै भेटिन्छन् । जानाजानी सत्य तथ्यबाट ध्यान हटाउने तथा आलोचनालाई हटाउनेजस्ता विभिन्न उद्देश्यका लागि कुतर्कहरू प्रयोग गर्ने धेरै उदाहरणहरू छन् । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भएको तर्क गर्दै गर्दा ८० करोड जनता सरकारले दिएको ५ किलो चामलमा बाँच्नुपरेको कुरा लुकाउँछ । ८० करोड जनतालाई महिनाको ५ किलो चामल बाँड्ने राष्ट्र कसरी आर्थिक शक्ति भएको मान्ने ? कति हाँसो उठ्दो कुतर्क ८० करोड जनता भोकभोकै भएको अवस्थामा मोदी सरकारले आफ्नो शासनकाललाई ‘अमृतकाल’ को उपमा दिएको छ । यो त ‘जसको सिङ्ग छैन उसकै नाम तिखे’ भनेजस्तै भएन र ? बहुसङ्ख्यक भारतीयहरूको हालत पहिलाभन्दा खराब हुँदै गइरहेको छ । संयोगको कुरा, चीनले ८० करोड गरिबहरूलाई गरिबीको रेखाभन्दा माथि ल्याएको समयमा भारतमा ८० करोड जनतालाई मासिक ५ केजी चामल बाँडेको छ । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बन्यो भनेर तर्क त गरिन्छ तर सरदर आयमा १३६ औँ स्थानमा रहेको तथ्य लुकाउँछ । २० करोडले त अझै बारीका पाटामै दिसा पिसाब गर्छन् । तर, भारत ‘विश्वगुरु’ भएको भनेर मोदी झूट बोल्छन् ।
शिक्षाको सवालमा पनि भारत निकै पछाडि छ । शैक्षिक पूर्वाधारको अभावमा पाँचौँ ठुलो अर्थतन्त्रको देशका विद्यार्थीहरू डाक्टर पढ्न भारतभन्दा धेरै सानो देश युक्रेन जानुपर्छ । धनी असाध्यै धनी भएका छन् । गरिबको अवस्था झनै नाजुक छ । धनी र गरिबबिचको खाडल भारतमा अत्यधिक बढ्दै गएको छ । हल्ला गर्नमा संसारमै पहिलो नम्बरमात्र होइन, संसारको अति प्रदूषित सहरमा भारतको राजधानी दिल्लीलगायत ४ वटा सहर पहिलो स्थानमा पर्छन् । एउटा तथ्याङ्कले २६ करोड शिक्षित युवाहरू बेरोजगार रहेको देखाएको छ । विकाससम्बन्धी यी तथ्यले मोदीको हल्ला वास्तवमा फर्जी भएको देखिन्छ ।
भारतमा लोकतन्त्र मरणासन्न अवस्थामा पुगेको र चाँडै फासीवाद स्थापना हुने हल्लालाई पुष्टि हुने गरी धमाधम विपक्ष उम्मेदवारलाई नै खरिद गरेर तथा धम्काएर नाम फिर्ता लिन लगाएको घटना देखिन थालेको छ । १७ वर्ष पुरानो मुद्दा बिउँताएर तर्साएपछि बाध्य भएर विपक्ष उम्मेदवारले नाम फिर्ता लिएका थिए । मोदी विपक्षविहीन निर्वाचन गराउन खोजिरहेका छन् । विपक्षले यही वास्तविकताको आधारमा मोदीलाई तानाशाह भएको तर्क गर्दा, उम्मेदवार आफैँले नाम फिर्ता लिएर भाजपा प्रवेश गर्छ भने यसमा हाम्रो कुनै गल्ती नभएको मोदी कुतर्क गर्छ ।
अर्को कुतर्क हो, जनमतलाई प्रभाव पार्न व्यक्तिगत आक्रमण वा भावनासँग खेल्ने । मोदी सरकारले स्वास्थ्य सेवाको पहुँचमा सुधार गर्ने आफ्नो वाचा पूरा गर्न सकेनभन्दा कुतर्क पेस गर्दै भन्छ, “विपक्षीले भनेका कुरा किन पत्याउँछौ ? तिनीहरू हाम्रो देशको प्रगतिलाई बर्बाद गर्न खोजिरहेका हिन्दूविरोधी हुन् ।” यहाँ, आरोपको सारलाई सम्बोधन गर्नुको सट्टा आरोप लगाउने व्यक्तिको चरित्रलाई आक्रमण गरिन्छ । तर्कसङ्गत छलफल नगरी प्रतिपक्षलाई कुतर्कको माध्यमबाट बदनाम गर्ने गरिन्छ ।
मोदीको दल भाजपा घोषित हिन्दूवादी पार्टी हो । हिन्दू राष्ट्रवाद उसको मूलमन्त्र हो । तर, क्रिश्चियन र इस्लाम देशको नागरिक हुन बिदेसिने २५ लाख भारतीय हिन्दू भएको वास्तविकताले मोदीको हिन्दू राष्ट्रवादको पोल खोलेको छ । भारतलाई हिन्दू राष्ट्र बनाउने मात्रै होइन अखण्ड भारतको सपना देखाउनु पनि मोदीको एजेन्डामा पर्छ । तर, भारतीय दूतावासको तलब खाने केही नेपाली बुद्धिजीवीहरूले मोदीलाई विकासको आदर्श मान्छन् । कुतर्क गर्नमा भारतीय मिडिया र मोदी एउटै ड्याङका मुला हुन् ! मुखले जति मिठो बोले पनि नेपालको मामलामा मोदी सबैभन्दा अनुदार भारतीय प्रधानमन्त्री हुन् भन्ने वास्तविकता मोदीको पछाडि लाग्ने नेपालीले बुझ्नुपर्छ । भारतीय काङ्ग्रेसले समेत भारतको नक्सामा नराखेको कालापानी क्षेत्रलाई कट्टर राष्ट्रवादी देखाउन मोदीले जबरजस्ती राखेको देखिन्छ ।
Leave a Reply