भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २० वैशाख । भनपा ६ नं. वडा कार्यालयको आयोजनामा वडाका आर्थिक अवस्था कमजोर भएका विपन्न, एकल महिला, अशक्तहरूलाई बिहीबार चुल्हो वितरण गरियो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेपालको विद्युत् भारतलाई सस्तोमा बेची महँगोमा ग्यास आयात गरिरहेको उल्लेख गर्दै नेपाली जनतालाई सस्तो सुलभरूपमा विद्युत् आपूर्ति गरी आफ्नै देशको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशका शासकहरूले नदीनाला भारतलाई सुम्पी नेपाली जनतालाई कष्टकर जीवन भोग्न बाध्य पारिरहेको चर्चा गर्दै उहाँले सचेत र सङ्गठित शक्तिको सङ्घर्षविना आमूल परिवर्तन सम्भव हुँदैन भन्नुभयो ।
उहाँले देशमा गाँसबासको न्यूनतम आवश्यकतासमेत सरकारले उचित बन्दोबस्त गर्न सकिरहेको छैन भन्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले छोरीसरह बुहारीलाई राम्रो बोलीवचन व्यवहार गर्न सकेमा समाज राम्रो हुने चर्चा गर्दै जनताको सांस्कृतिक स्तर उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषकहरूलाई अत्यावश्यक अनुदानको रासायनिक मल समयमै उपलब्ध गराई उन्नत बीउबिजन सिँचाइ व्यवस्था गरी उत्पादकत्व बढाउन सरकारले जोड दिनुपर्छ भन्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैया सुवालले भक्तपुर नगरपालिकाबाट प्राप्त ६० थान इक्डक्सन चुल्हो भनपा ६ का आर्थिकरूपमा विपन्न, एकल महिला, अशक्तहरूलाई वितरण गरेर थोरै भए पनि जीवन सुधार्न राहत हुने आशा व्यक्त गर्दै ग्यासको सट्टा विद्युतीय चुल्होमा राहत दिई निमुखाहरूलाई सर्वसुलभ जीवनयानको व्यवस्था गर्न सरकारले पहल गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा सभापति एवं भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको–मिवा, इतापाके जग्गा एकीकरण आयोजना सञ्चालन गरिहेकोमा आयोजना छिटो छरिटो रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त कार्यक्रममा समाजसेवी गोपीकृष्ण चाँगुभारी, जगनाथ सुजखु, गणेशराम थुसा र वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply