अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा बुधबार नगरस्तरीय किसान भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले मानव समाजको विकासको चर्चा गर्दै पुँजीपतिवर्गले मजदुरमाथि आर्थिक र सामाजिक शोषण तथा दमन गरेको विरोधमा अमेरिकाको सिकागो सहरमा मजदुर आन्दोलन सुरु भएको उल्लेख गर्नुभयो ।
मजदुरहरूमाथि मुद्दा हाल्ने, गोली चलाउने र फाँसी दिनेजस्ता निन्दनीय कार्यको विरोधमा मजदुर आन्दोलन देशव्यापी बनेको स्पष्ट पार्दै उहाँले अन्ततः आन्दोलन सफल भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती केन्द्र, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेना आएर नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी सम्झौता र जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता ऐन खारेज गराउन नेमकिपाले संसद् र सडकमा आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।
देशघाती एमसीसी सम्झौता पारित गराउने, विदेशीलाई पनि सजिलैसँग वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयक पारित गर्ने दल देशभक्त नहुने स्पष्ट पार्दै सचिव सुवालले पुँजीपतिवर्गको सरकार ढाल्न देशका शोषितपीडित जनता एकढिक्का हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले विदेशीको इसारामा चल्ने शासकहरूले देशलाई आत्मनिर्भर बनाउने र पद र पैसामा भुल्ने दलले देश र जनताको सेवा नगर्ने बताउनुभयो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, ललिता निवासजस्ता सरकारी जग्गा व्यक्तिको नाउँमा ल्याउने व्यक्तिहरू कारबाहीको घेरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्याय, अत्याचार, शोषण र दमनको विरोधमा भएको मजदुर आन्दोलन सफल भएको खुसीयालीमा संसारका श्रमजीवी मजदुरहरूले मई १ लाई विजय दिवसको रूपमा मनाइरहेको बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले देश जोगाउने अभियानमा लागिरहेको उल्लेख गर्दै पैसामुखी राजनीतिले गर्दा देशको विकास नभएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त नेम्हाफुकी, स्थानीय गणेशराम सुवाल, महिला वडा सदस्य कमला गिरीलगायतले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्वबारे चर्चा गर्नुभयो ।
Leave a Reply