भर्खरै :

भक्तपुर नगरपालिकाले के ग¥यो, के गर्न बाँकी छ

सुनिल प्रजापति
(सोमबारबाट सुरु भक्तपुर नगरपालिकाको चौथो नगर सभाको उद्घाटन कार्यक्रममा प्रस्तुत मन्तव्य –सं.)
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, कला–संस्कृति संरक्षित सांस्कृतिक नगर बनाउने उद्देश्य पूरा गर्न हामी जनप्रतिनिधिहरू लागिरहेका छौँ । हामीले काम गर्ने आधार निर्वाचनअघि नेपाल मजदुर किसान पार्टीले जारी गरेको निर्वाचन घोषणापत्र र जनताबीच गरेको प्रतिबद्धता नै हो । हामी जतिञ्जेल बस्छौं नगर र नगरवासीहरूको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्छौं । नैतिकता, पारदर्शिता र आर्थिक अनुशासन नेमकिपाले सिकाएको पाठ हो । हामीले हाम्रो हरेक गतिविधि जनताबीच खुला पुस्तकसरह राख्दै आएका छौँ र राख्दै जानेछौँ ।
‘गाउँ—गाउँमा सिंहदरबार’ भनिए पनि जनताले त्यो अनुभूति गर्न पाएनन् । सङ्घीय सरकारका उच्च पदाधिकारीहरू संविधानले स्थानीय तहलाई दिएका अधिकारहरूसमेत छाड्न चाहिरहेका छैनन् । ती पदाअधिकारीहरू स्थानीय तहहरू विगतमा झैं केन्द्रकै मातहतमा सञ्चालन हुनुपर्ने मानसिकतामा छन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेका अधिकारहरूसमेत विभिन्न बहानामा एक–एक गरी नियन्त्रण गर्न खोजिंदै छ । आ.व. २०७५÷७६ को बजेटमा स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई तोकियो र कर्मचारीहरूको तलब र विकास बजेटसमेत नगरपालिकाको बैड्ढ खातामा जम्मा गरियो । तर, हाल पुरातत्व विभागले पत्र पठाई काठमाडौं, भक्तपुर, ललितपुरलगायतका विश्व सम्पदा क्षेत्रभित्र पर्ने कार्यालयहरू, सङ्घीय सरकारले हेर्ने भनी बजेट फिर्ता लगिएको छ । संविधानले मावि तहसम्मको शिक्षा स्थानीय तहलाई हेर्ने एकल अधिकार दिएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरी खारेज भइसकेको जिशिकालाई व्युँताउन खोजिंदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्राविधिक कर्मचारी र श्रेणीविहीन कर्मचारी स्थानीय तहले नै राख्न पाउने स्पष्ट कानुनी व्यवस्था गरे पनि नेपाल सरकारले ‘कुनै पनि कर्मचारी भर्ना नगर्नू’ भनी पत्राचार गरेको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह आ—आफ्नो क्षेत्राधिकारभित्र काम गर्न स्वतन्त्र छन् । कोही कसैको मातहतमा बसेर काम गर्नुपर्दैन । स्थानीय तहले आवश्यक कर्मचारी आफैले राख्न पाउनुपर्दछ । कुनै पनि बहानामा स्थानीय तहको अधिकारमाथि सङ्घ वा प्रदेशले हस्तक्षेप गर्न मिल्दैन । सङ्घ सरकारले यसबारे ध्यान दिने आशा गर्दछौँ ।
सहकारी, शिक्षा, स्वास्थ्य, कृषिलगायत संविधानको अनुसूची ९ मा उल्लेखित साझा सूचीमा रहेका १५ वटा विषयहरूबारे अहिलेसम्म कुनै छलफलै भएको छैन । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अधिकार बाँडफाँट गर्नुपर्नेमा प्रदेश सरकार गठन भएको वर्ष दिन भइसक्दा पनि त्यसको कुनै पहल नहुनु विडम्बनाको कुरा हो । संविधानको पूर्ण कार्यान्वयनको निम्ति यो काम शीघ्रातिशीघ्र हुनुजरुरी छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वर्षको २ पटक नगरसभा बस्नुपर्ने व्यवस्था छ । तेस्रो नगरसभा २०७५ असार ८ गते सुरु भई असार ३० गते सम्पन्न भएको थियो । तेस्रो नगरसभाले आ.व. २०७५÷७६ का लागि रु. १ अर्ब ७३ करोड ४० लाखको विनियोजन बजेट पारित ग¥यो । नीति तथा कार्यक्रमको आधारमा पारित उक्त बजेट कार्यान्वयन गर्दैछौँ । मूलतः यो नगरसभा विधेयक सभा हो । बजेटबारे समीक्षा गर्ने र नपाको अधिकार क्षेत्रभित्र रहेका विषयहरूमा आवश्यक विधेयक र कार्यविधिहरू यस नगरसभाले पारित गर्नेछ ।
आयतर्फ
आ. व. २०७५÷७६ मा विनियोजित बजेटमा अपेक्षा गरेअनुसार राजश्व सङ्कलनमा वृद्धि भएको छ । २०७५ साउनदेखि मंसिरसम्म आन्तरिक राजश्व १७ करोड ९७ लाख ५९ हजार ५ सय ७४ रुपैयाँ सङ्कलन भयो भने २०७४÷७५ को सोही अवधिमा १३ करोड ९९ लाख ४३ हजार ७ सय ६९ रुपैयाँ सङ्कलन भएको थियो । यो गत वर्षको तुलनामा राजश्व सङ्कलन २८.४५ प्रतिशतले वृद्धि हो ।
त्यसैगरी बाह्य स्रोत अर्थात् नेपाल सरकार राजश्व बाँडफाँट र अन्यबाट २०७५ साउनदेखि मंसिर मसान्तसम्म ३१ करोड ९३ लाख ७२ हजार ६ सय रुपैयाँ प्राप्त भयो भने ०७४÷७५ को सोही अवधिमा २८ करोड ९२ लाख ७७ हजार ६९४ प्राप्त भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा १०.४० प्रतिशत वृद्धि हो । आन्तरिक र बाह्य गरी कुल आयमा १६.२९ प्रतिशत वृद्धि भएको छ ।
घरजग्गा करमा गत वर्षदेखि नै ५० प्रतिशत छुटको व्यवस्था गर्दै आएका छौँ । यो वर्ष बितेको ५ महिनामा रु. १ करोड ९२ लाख उठ्यो भने गएको वर्ष सोही अवधिमा ९६ लाख ७४ हजार उठेको थियो । यो गत वर्षको तुलनामा शत प्रतिशत वृद्धि हो । पर्यटक शुल्कमा बितेको ५ महिनामा १२ करोड २२ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भयो भने गत वर्ष सोही अवधिमा १० करोड २५ लाख रुपैयाँ सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १९.१७ प्रतिशतले वृद्धि हो ।
करको क्षेत्रलाई वृद्धि गरिंदै लगेको छ । कवाडी कर, माटो, बालुवालगायतमा पनि कर लगाउने व्यवस्थाले थप राजश्व सङ्कलन भएको छ ।
खर्चतर्फ
आर्थिक वर्ष २०७५÷७६ मा ४१ वटा नगरस्तरीय योजनाको लागि रु. ३६ करोड ५१ लाख २३ हजार विनियोजन गरिएकोमा ख्वप अस्पताल, हनुमानघाट सुधार, भाज्य पोखरी, वडा नं. १ र ३ का वडा समिति कार्यालय भवनहरू निर्माण, आकासे पानी सङ्कलन, दत्तात्रयमा ढुङ्गा छपाइ, वडा–वडामा व्यायाम स्थल निर्माण, भेलुखेल स्थित गय् भिन्द्यो पुल निर्माण, भैरवनाथ मन्दिर जीर्णोद्वार, नगरकोट सडकको पेटी निर्माणलगायत स्वीकृत अधिकांश योजनाहरू चालू अवस्थामा छन् । दरबार क्षेत्रस्थित केदारनाथको मन्दिर निर्माणको अन्तिम चरणमा छ भने वत्सला मन्दिर करिब ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ ।
रु. १६ करोड २३ लाख बराबरको क्रमागत योजनाहरूमध्ये भौतिक पूर्वाधार विकासतर्फ २० वटा र सम्पदातर्फ १३ वटा गरी ३३ वटा सम्पन्न भइसकेका छन् भने बाँकी चालू अवस्थामा छन् । वडा–वडाको लागि विनियोजित रकमबाट यो अवधिमा एक दर्जन पाटी, ढुङ्गेधारा, सत्तललगायत विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यहरू सम्पन्न भएका छन् भने कतिपय योजनाहरू चालू अवस्थामा छन् ।
आ.व. २०७४÷७५ मा चालुतर्पm रु. ३३ करोड ४७ लाख ५७ हजार बजेट विनियोजन गरेकोमा सोही वर्षको मंसिर मसान्तसम्म रु. १४ करोड २० लाख २८ हजार ६ सय १५ रुपैयाँ खर्च भएको थियो । यस आ.व.मा चालूतर्पm ८७ करोड ९३ लाख ८८ हजार विनियोजन गरेकोमा मंसिर मसान्तसम्म २३ करोड ४४ लाख ९८ हजार खर्च भएको छ, जुन विनियोजनको २६.६६ प्रतिशत हो ।
पुँजीगततर्पm आ.व. २०७४।७५ मा ७२ करोड ७ लाख ४३ हजार रुपैयाँ विनियोजन भएकोमा सोही वर्षको मंसिर मसान्तसम्ममा १७ करोड उनान्नब्बे लाख ७६ हजार खर्च भएको थियो । आ.व. २०७५।७६ मा रु. ८५ करोड ४६ लाख १२ हजार रुपैयाँ विनियोजन भएकोमा यस आ.व.को मंसिरसम्ममा रु. १८ करोड १२ लाख ७२ हजार खर्च भई २१.२१ प्रतिशत खर्च भएको छ । यसरी यस आ.व.मा जम्मा १ अर्ब ७३ करोड, ४० लाख विनियोजन बजेट पारित भएकोमा चालू तथा पुँजीगततर्पmको समेत गरी जम्मा ४१ करोड ५७ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । गत वर्षको भन्दा ९ करोड ४७ लाख ६५ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मष्तिष्कघातजस्ता कडा रोग लागेका नगरवासीहरूलाई यस वर्षको मंसिर मसान्तसम्म जम्मा ९० जनालाई जनही रु. १० हजारका दरले जम्मा रु. ९ लाख वितरण भइसकेको छ ।
तेस्रो नगरसभापछि नगरपालिकाले गरेका गतिविधिहरू सङ्क्षिप्तमा जानकारी गराउन चाहन्छौँ —
ड्ड दोस्रो नगरसभाले स्वीकृत गरेको नगरपालिका शिक्षा ऐन २०७४ बमोजिम नगरभित्र सञ्चालित विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन गरियो । स्थानीय भाषा, संस्कृति, लिपि, सम्पदा, खेलकुदलगायत समाजको विभिन्न क्षेत्रहरूमा ख्याति प्राप्त व्यक्तित्वहरूबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाई लागू गरियो । कक्षा १ र ६ मा हाल पठनपाठन भइरहेको छ भने आगामी शैक्षिक सत्र २०७६ को लागि कक्षा २ र ७ का पाठ्यक्रम तयारी हुँदैछ । सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर सुधार गर्न शिक्षकहरूको तालिम, विद्यालय अनुगमन, विद्यार्थी शिक्षक अनुपात मिलाउन शिक्षकहरूको काज सरुवा र भौतिक सुधारको निम्ति आर्थिक सहयोग गर्दै शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउने तयारी गरिरहेका छौँ ।
विद्यार्थीहरूको शैक्षिक र चारित्रिक विकासको निम्ति आधारभूत र मावि तहका विद्यार्थीहरूको अलग–अलग चित्रकला प्रतियोगिता, निबन्ध र वक्तृत्वकला प्रतियोगिता साथै खेलकुद प्रतियोगिता सम्पन्न गरेका छौँ । नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अनुसन्धानलाई जोड दिइएको छ ।
शिक्षा ऐनअनुसार कक्षा ८ को परीक्षा सञ्चालन गर्न समिति गठन गरी २०७५ साल चैत ७ गतेबाट परीक्षा सञ्चालन तयारी गरिएको छ ।
ड्ड घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिंदै वडा–वडामा स्वास्थ्य शिविर सञ्चालन सुरु गरेका छौँ । गत कार्तिक महिनाभित्र सबै वडाहरूमा महिला पाठेघर परीक्षण शिविर सम्पन्न ग¥यौँ । वडा वडामा कार्यरत नर्सहरूबाट नगरवासीहरूमा चिनी रोग, उच्च रक्तचाप र थाइराइडजस्ता नसर्ने रोगहरू बढी देखिएको प्रतिवेदन प्राप्त भएको हँुदा आगामी फागुन महिनाभित्र चिनी रोग, उच्च रक्तचाप र मृगौला रोगसम्बन्धी शिविर गर्ने निर्णय गरेका छौँ । सोहीअनुसार केही वडाहरूमा शिविर सञ्चालनसमेत भइसकेको छ ।
ड्ड आयुर्वेदिक उपचारप्रति जनताको आकर्षण बढ्दो छ । यो आर्थिक वर्षमा कुल ६२०० ले उपचार पाइसकेका छन् भने अब विद्यालय र कलेजहरूमा गएर स्वास्थ्यकर्मीबाट कक्षा सञ्चालनको तयारी गर्दैछौँ ।
ड्ड भूकम्प पीडितहरू धेरैले घर बनाउन सकेका छैनन् । भक्तपुर नगरभित्र लाभग्राही सङ्ख्या ७६२२ भएकोमा पहिलो किस्ता लिने ५५६८, दोस्रो किस्ता लिने १४४१ मध्ये २६ जना लाभग्राही किस्ता बुझ्न बाँकी र तेस्रो किस्ता लिनेको सङ्ख्या १२८६ मात्र छन् । साढे तीन वर्षमा पनि भूकम्प पीडितमध्ये २५ प्रतिशतले पनि तेस्रो किस्ता लिन सकेको छैन । अहिले घर नबनाउने पीडितहरूलाई पहिलो किस्तावापत प्राप्त ५० हजार फिर्ताको सूचनाले पीडितहरू थप चिन्तित बनेका छन् । भूकम्प पीडितहरूलाई अनुदान समय र अनुदान रकम वृद्धिको लागि नगरपालिकाले जोड दिइरहेको छ ।
ड्ड प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता गर्ने प्रतिबद्धताअनुसार गत वर्ष गाईजात्रामा प्रदर्शन भएका घिन्ताङघिसी, सांस्कृतिक नाच र बाँसुरीबाजा प्रतियोगिता सम्पन्न ग¥यौँ । यो वर्ष पनि गाईजात्राको बेला प्रस्तुत सांस्कृतिक विधाहरूको मूल्याङ्कन गरी पुुरस्कारको व्यवस्था ग¥यौँ भने गत पुस २१ गते धाँ बाजा प्रतियोगिता सम्पन्न ग¥यौँ । ३७ वटा धाँ बाजा समूहले भाग लिएको उक्त प्रतियोगिताले नयाँ पुस्ताका युवाहरूलाई थप उत्साह प्रदान ग¥यो । संस्कृति संरक्षणको लागि यस्ता प्रतियोगिताहरू निरन्तर चलाइरहनेछौँ ।
ड्ड भक्तपुर नपाको आयोजनामा गत कार्तिक ११ गतेदेखि १७ गतेसम्म अन्तरविद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा १३ वटा खेल विधाहरूमा कुल ७० वटा विद्यालयका १८ सत्न्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए ।
ड्ड प्रत्येक वर्ष एकवटा अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रअनुरूप यो वर्ष आगामी फागुन ५ देखि ८ गतेसम्म अन्तर नगर कराँते प्रतियोगिता गर्ने घोषणा गरी हामी त्यसको तयारीमा जुटेका छौँ । यही पुस २५ गतेदेखि २७ गतेसम्म भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सम्पन्न भयो । यही माघ महिनाबाट जिम्नेष्टिक खेलको प्रशिक्षण प्रारम्भ हुँदैछ । अहिले फूटबल, भलिबल, बक्सिङ, कराँते, टेबुलटेनिस खेलको नियमित प्रशिक्षण चालू छ ।
ड्ड खानेपानी समस्या कम गर्न नगरका विभिन्न क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी भक्तपुर नपा २, भनपा ७ र भनपा ९ मा भूमिगत पानी निकाल्ने काम भइरहेको छ । प्रशोधन गरी पानी पिउन योग्य बनाउन फिल्टर व्यवस्थापनका लागि छलफल भइरहेकोे छ । हामीसँग पानीका स्रोत नहुँदा दीर्घकालीन समाधानको लागि मेलम्ची खानेपानीकै भरपर्नुपर्ने अवस्था छ ।
ड्ड २०७५ माघ १ गतेबाट विश्व सम्पदा सूचीमा सूचिकृत टौमढी क्षेत्रभित्र चारपाङ्ग्रे गाडी निषेध गर्ने भनपाको निर्णयअनुसार हामी तयारीमा छौँ । सम्पदा जोगाउन साथै पैदल यात्रु र पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूति दिन नगरपालिकाले सवारीसाधन निषेध गर्न लागेको हो । यस कार्यमा प्रहरी प्रशासन, ट्राफिक प्रहरी र स्थानीय जनतासँग समन्वय गरिरहेका छौँ ।
ड्ड जनज्योति पुस्तकालयको स्तर वृद्धि गरी आधुनिक र सुविधा सम्पन्न पुस्तकालयको रुपमा सञ्चालन गर्न यो आर्थिक वर्षमा ८ लाख ९४ हजार रुपैयाँ बराबरको ४ हजार १५ वटा पुस्तक थपेका छौँ । साथै इ–लाइब्र्रेरीको तयारी गरिरहेका छौँ ।
ड्ड किसानहरूको हितलाई ध्यानमा राखेर कृषकहरूसँग विभिन्न विषयमा अन्तरक्रिया, छलफल, वडा–वडामा थ्रेसर मेसिन वितरण, आलु र गहुँको बीउ निःशुल्क वितरण, कृषि चुन वितरण गर्दैछौँ भने ५ महिने कृषि प्राविधिक तालिम सुरु गर्ने तयारीमा छौँ ।
ड्ड युवाहरूलाई विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएका छौँ । चिनियाँ भाषा र नेपालभाषा लिपि तालिम, काष्ठकला, कपाल काट्ने, कृषि, सिलाइ, बगैंचा व्यवस्थापनलगायतको तालिम सञ्चालन गर्दै आएका छौँ ।
ड्ड सहकारीको जिम्मेवारी नगरपालिकालाई आएपछि सहकारीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न समय—समयमा सहकारी प्रतिनिधिहरूलाई सहकारी ऐन, पल्र्स प्रणालीबारे तालिम सञ्चालन गर्दै आएका छौँ । नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरूको अनुगमन पनि गरिरहेको छ ।
ड्ड जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खाद्यान्नलगायतका वस्तुहरू बजारमा बेचिरहेको पाइएकाले बजार अनुगमनलाई जोड दिइरहेका छौँ । नियमित अनुगमनले नियमविपरीत जथाभावी सामान बेच्नेहरू कारबाहीमा परेका छन् । अनुगमनको क्रममा मिसावट सामान बेच्ने र म्याद नाघेको औषधि बिक्री गर्ने, फाइदाको निम्ति जनताको स्वास्थ्यलाई असर पर्ने काम गर्ने व्यापारीहरूलाई चेतावनी दिने र सामान जफत गर्ने तथा कानुन बमोजिम दण्ड सजाय गर्दै आएका छौँ । यसलाई निरन्तर अगाडि बढाइरहनेछौँ ।
ड्ड भक्तपुर दरबार क्षेत्रमा रात्रीकालीन बत्तीको व्यवस्था गर्न प्राविधिकहरूको समूहलाई जिम्मेवारी दिई कार्य अगाडि बढाइरहेका छौँ । नगरको नयाँ तथा पुराना बस्तीहरूमा आवश्यकताअनुसार बिजुलीको पोल गाड्ने काम भइरहेको छ ।
ड्ड २०७२ सालको भूकम्पपछि बन्द रहेको पचपन्न झ्याल दरबार सर्वसाधारण जनता र विदेशी पर्यटकहरूका लागि खुला गरेका छौँ ।
ड्ड भाज्या पोखरी जीर्णोद्धारसँगै सो पोखरीको बीचमा अवस्थित मन्दिरबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी कार्य भइरहेको छ ।
ड्ड नगरको सरसफाइ कार्यलाई थप व्यवस्थित गर्न फोहरमैला व्यवस्थापनको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन प्राविधिक टोली गठन गरी त्यसको अध्ययन भइरहेको छ । २०७४ साउन १ गतेदेखि हरेक महिनाको १ गते र १५ गते नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र स्थानीय विद्यालय, कलेज, टीम, क्लव, दाफा, भजन एवम् स्थानीय जनताको व्यापक सहभागितामा पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै आएका छौँ ।
ड्ड घर निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । यो आर्थिक वर्षमा ३०९ वटा नक्सा दर्ता भएकोमा २५७ वटा नक्सा पास भइसकेको छ भने २४५ वटा तल्ला थपको नक्सा स्वीकृत भएको छ । तर, निर्माण सम्पन्न प्रमाणपत्र लिनेहरूको सङ्ख्या अत्यन्त न्यून अर्थात् जम्मा ५९ वटामात्रै छन् । नक्सापास पूर्वनक्सावाला नगरवासीहरूलाई नियमित रुपमा नक्सासम्बन्धी अभिमुखीकरण सञ्चालन भइरहेको छ ।
ड्ड शिशु स्याहार केन्द्रहरूको समयानुकूल सुधार गर्दै लाने प्रयास भइरहेको छ । लामो समयसम्म निरन्तर सेवारत शिक्षिकाहरूलगायत अन्य कर्मचारीहरूको सेवालाई ध्यानमा राखेर कानुनबमोजिम स्थायीको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
भनपा वडा नं ६ देकोचास्थित ख्वप कलेज रहेको जग्गामध्ये करिब २८ रोपनी जग्गामा आधुनिक सुविधा सम्पन्न अरनिको सभाभवन निर्माणको तयारी भइरहेको छ । हाल सहरी विकास तथा भवन विभागबाट नक्सा डिजाइनको काम भइरहेको र त्यो अन्तिम चरणमा पुगेको छ ।
ड्ड तुमचो दुगुरे आवास योजनाको काम अन्तिम चरणमा पुगेको छ । सडकहरू पीच गर्ने, वातावरण सुधार, इँटा छपाइ, पेटी तथा ढल निकास निर्माणलगायत कार्यहरू भइरहेका छन् र हालसम्म रु. ६ करोड ९१ लाख बराबरका योजनाहरू सम्पन्न भइसकेका छन् । त्यहाँको आवश्यकताअनुसार थप कामहरू पनि गर्दै जानेछौँ । त्यस्तै १६५३ रोपनी जग्गामा सञ्चालित देको मिवा इटापाके आवास योजनाको पूर्वाधार निर्माण कामहरू उपभोक्ता समितिमार्फत भइरहेका छन् । अहिलेसम्म सो क्षेत्रमा ५ किलोमिटर सडकमा रिटेनिङ्ग
ड्ड वाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने नक्सा नं. १५ क, १५ ख र १५ ग मा जग्गा रिप्लटिङ गर्ने कार्य सुरु भएको छ ।
ड्ड भक्तपुर नगरपालिकाले गरिरहेको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतका विषयमा अध्ययन गर्न विभिन्न महानगर, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरूले भक्तपुरको भ्रमण गर्नुभयो । काठमाडौं, ललितपुर, कैलाली, सिराहालगायतका विभिन्न जिल्लाका ३१ वटा स्थानीय तहका प्रतिनिधिहरूले भक्तपुरको अवलोकन भ्रमण गर्नुभयो ।
ड्ड मित्रराष्ट्र चीनको संस्कृति तथा पर्यटनमन्त्री लुओ सुकाङले २०७५ कार्तिक २९ गते भक्तपुरको भ्रमण गर्नुभयो । दरबार क्षेत्र र टौमढी क्षेत्रको भ्रमणपछि उहाँले ‘भक्तपुर चिनियाँहरूका लागि तीर्थस्थल’ भएको बताउनुभयो । यसलाई भावी दिनमा चिनियाँ पर्यटकहरू वृद्धि हुने सङ्केतको रुपमा लिन सकिन्छ ।
ड्ड विकास निर्माणलगायत विभिन्न गतिविधिहरू गरिरहँदा हाम्रोसामु थुप्रै चुनौतीहरू पनि खडा छन् । यातायात व्यवस्थापनका लागि पार्किङ अभाव, खानपानीको स्रोत नहुनु, व्यवस्थित खेल मैदान नहुनु, हनुमन्ते खोला सुधारलगायत भक्तपुरका जनताका चुनौतीहरू हुन् । त्यसलाई सरोकारवाला पक्षहरूबीच आपसी छलफल गरी क्रमशः सुधार गर्दै लाने कोसिस भइरहेको छ ।
ड्ड भनपा १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणका लागि माननीय सांसद प्रेम सुवालबाट शिलान्यास भई पर्खाल लगाई संरक्षणको काम भइरहेको छ ।
ड्ड हाम्रा हरेक गतिविधि जनताले थाहा पाऊन् भन्ने उद्देश्यले ‘भक्तपुर मासिक’, ‘ख्वप पौ’ नेपालभाषा प्रकाशन, फेसबुक पेज, भक्तपुर खबर अनलाइन पत्रिका, हप्ताका २ दिन एफ.एम. मा ख्वप सः (भक्तपुर आवाज) कार्यक्रम प्रसारण गर्दै आएका छौं ।
हामी निर्वाचित जनप्रतिनिधिहरू जनताबीच परीक्षाको घडीमा छौँ । हाम्रा सफलता हामीमा मात्रै होइन, स्थानीय जनताका साथ र सहयोगमा भरपर्छ । सदाझैं निरन्तर सहयोगको अपेक्षा गर्दछांै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *