भर्खरै :

‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका सुरुआती दिनहरू

विगोल
देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक मजदुर, किसान, बुद्धिजीवी, न्यायप्रेमी र देशभक्तहरूको पक्षमा सेवा गर्न, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिहरूलाई स्थान दिन, हरेक स्वतन्त्र र प्रगतिशील पक्षहरूको कमी कमजोरी औंल्याएर सहयोग पु¥याउने उद्देश्यले १२ माघ २०५० (२५ जनवरी १९९४) देखि प्रकाशित भएको हो । यो २६ औँ वर्षमा टेकेको छ । पँुजीवादी क्रान्तिको फल पँुजीपति वर्गले नै सबभन्दा बढी पाउँछ । यसले समाजमा अनेक असन्तोष, विकृति र विसङ्गतिहरूको जन्म हुन्छ । नेपाल आज त्यही स्थितिमा छ । यस्तो अवस्थामा मजदुर वर्गको हक हितलाई प्राथमिकता दिंदै शोषितपीडित जनताको समस्या र सूचनालाई समयमै जनसमक्ष पु¥याउने उद्देश्यले ‘मजदुर’ दैनिकको १० माघ २०५५ (२४ जनवरी १९९९) मा प्रकाशन थालनी भएको हो । यो २१ औँ वर्षमा टेकेको छ  ।
वर्गमा विभाजित समाजमा पत्रिका पनि वर्गीयरूपमा विभाजित हुनु स्वाभाविक हो । ‘श्रमिक’ र ‘मजदुर’ श्रमजीवी वर्गको हितको सिद्धान्त र विचार बोकेको आस्थाको पत्रिका हो । बौद्धिक र शारीरिक श्रम गर्ने श्रमजीवी वर्गको प्रतिनिधित्व गरिरहेको यस पत्रिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषितपीडित तथा उत्पीडित जनताको आन्दोलन र समर्थनको ऐक्यबद्धता जनाउँछ । जनताको नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन, देशभक्त नागरिक तयार गर्ने भावनासहित यो प्रकाशित भइरहेको हो । यसले शोषणरहित समाज र आदर्शाेन्मुख समाज स्थापनामा जोड दिन्छ । विदेशी हस्तक्षेपको विरोध गर्छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी देशको स्वाधीनता र सार्वभौमिकता रक्षाको वकालत गर्छ । यसले विकृति, विसङ्गगति र अन्धविश्वासको मात्र होइन भ्रष्टाचार, कमिसन, कालोबजारी र अनियमितताको विरोध गरिरहेको छ । त्यसैले बुद्धिजीवीहरूले यस पत्रिकालाई वामपन्थीहरूको सैद्धान्तिक पत्रिका भन्न सुहाउने अन्तर्राष्ट्रिय विचार बोकेको अन्तर्राष्ट्रवादी पत्रिका भनेका छन् ।
‘श्रमिक’ र ‘मजदुर’ जाँड, रक्सी, चुरोटको विज्ञापन, अश्लील फोटो र अश्लील समाचार निषेधित नियमित पत्रिकामा पर्छ । यो विश्वका कम्युनिष्ट, प्रगतिशील र वामपन्थी आन्दोलनको राजनीति अध्ययन गर्ने र पँुजीवादी र साम्राज्यवादीहरूको हैकम, दमन, दबाब, हस्तक्षेप र अतिक्रमणको विरोध गर्ने पत्रिका हो ।
यो जनतासँग सम्पर्क गर्ने, जनताको कुरा जनतामाझ पु¥याउने, जनताको पीरमर्का पोख्ने, गलत काम र गलत नीतिको खबरदारी गर्ने, जनचेतना जगाउने, सूचना प्रवाह गर्ने पत्रिका हो । ‘श्रमिक’ साप्ताहिक नेमकिपाको २० औँ स्थापना दिवस र ‘मजदुर’ दैनिक २५ औँ स्थापना दिवसको सन्दर्भमा प्रकाशित भएको थियो । अहिले नेमकिपाको स्थापना दिवस ४५ औँ वर्षमा प्रवेश गरिसकेको छ । यस हिसाबले श्रमिक छापेको २६ औँ वर्ष र मजदुर छापेको २१ औँ वर्षमा प्रवेश भइसकेको छ ।
यस अवसरमा श्रमिकको पहिलो वर्षको प्रकाशन र मजदुरको पहिलो वर्षको स्मरण गर्नु समय सान्दर्भिक हुनेछ । श्रमिकको वर्ष १ अड्ढ १ को सम्पादकीयको शीर्षक ‘नयाँ परिवेशमा श्रमिक’ र मजदुर दैनिकको पहिलो अड्ढको सम्पादकीयको शीर्षक ‘मजदुर दैनिक किन ?’ रहेको थियो । श्रमिकको पहिलो अड्ढमा नेमकिपाको २० औं स्थापना दिवसको समाचार, ‘नयाँ परिवेशमा श्रमिक’ शीर्षकको सम्पादकीय, नेमकिपालाई शुभकामना, २०५० को पुस २०, २१ र २२ गते आयोजित पार्टीका जिल्ला अध्यक्षहरूको गोष्ठीमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) द्वारा व्यक्त उद्घाटन मन्तव्य र समापन भाषणको सार थियो । त्यस्तै प्रजग कोरियाका महान नेता किम इल सङको संस्मरण, जनकवि चन्द्रबहादुर उलकको ‘मेरो कामरेड’ शीर्षकको कविता तथा समाचारहरू थिए । ‘मजदुर’ दैनिकको पहिलो अड्ढमा नेमकिपाको २५ औँ स्थापना दिवस, सहिद सप्ताह प्रारम्भ, होटल मजदुरहरू आन्दोलित, मनमोहन अधिकारी अस्पतालमा भर्ना, नैतिकहीन राजनीतिले सबै क्षेत्रमा असर, अमेरिकी सेनामा समलिङ्गीहरूलाई निकाला, कुनै कारखानामा पनि श्रम ऐन लागू छैन, नसरिनलाई हत्या गर्ने धम्की, पुँजीवादी पार्टीको लुछाचुँडी आदि शीर्षकका समाचार थिए । ‘मजदुर दैनिक किन ?’ शीर्षकको सम्पादकीय, भैरव रिसालको ‘दुईदलीय धाँधली हो यो’ लेख, कला संस्कृति स्तम्भमा पाँचतले मन्दिरको सङ्क्षिप्त चर्चा, मजदुर दैनिकको कुराकानीमा नेक्राविसङ्घका तत्कालीन केन्द्रीय सदस्य कल्पना थापासँगको कुराकानी, व्यङ्ग्यमा चट्याङ् मास्टरको घीनननीयज्यू ‘आजको छनक’ शीर्षकको कार्टुन, मजदुरलाई शुभेच्छा चिठी, अन्तर्राष्ट्रियमा पुनः सैन्यवादकै मार्गमा हिंड्न खोज्दैछ – जापान, युगोस्लाभिया ः जारी छ अड्ढल सामको दादागिरी तथा अन्य स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय समाचारहरू थिए ।
सुरुको वर्षको ‘श्रमिक’ मा जोरालको ४३, भैरव रिसालको ३० वटा लेखबाहेक प्रवीण थापा, नवीन खाताखो, विदुर, सुधा, वारेन्ट, एएन, मनोज पण्डितलगायतका लेख, विभिन्न वक्तव्य, अन्तर्वार्ता, अनुवाद र अन्य स्रोतका लेखहरू थिए । मजदुरको वर्षभरिको अड्ढमा भैरव रिसालको ९२, ओम धौभडेलको २७, अमित आरकेको २४, राजकुमार लघुको २०, न्हसलाको १२, सुनिल प्रजापतिको १०, वस्तुराज शीतलको ९, के. प्रजापतिको ९, जोरालको ८, रामकृष्ण त्वायनाको ८, गोपाल नगरकोटीको ६, सुकराजको ५ सहित ७४ जनाको ३ सय लेख छापिएको थियो । यसबाहेक वक्तव्य, मन्तव्य र अन्य स्रोतका लेखहरू थिए ।
श्रमिकमा जोरालको लेख वर्ष १ अड्ढ २ देखि र भैरव रिसालको वर्ष १ अड्ढ १४ देखि छापिएको थियो । श्रमिकमा छापिएको पहिलो कविता चन्द्रबहादुर उलकको ‘मेरो कामरेड’ थियो । यो कविता नेमकिपाको २० औँ स्थापना दिवसको अवसरमा पाँचौं दिन अरनिको सभाभवनमा आयोजित साहित्य गोष्ठीमा वाचित कविता थियो । श्रमिकमा पहिलो अन्तर्वार्ता १३ वैशाख ०५१ मा दैलेखका चौराठ निवासी भवानीप्रसाद शर्माको छापिएको थियो । अन्तर्वार्तामा एमालेले बहुदलीय जनवाद रोजेर पँुजीवादी बाटो लिएको र कम्युनिष्ट आन्दोलनलाई सही दिशामा दोहो¥याउने काम नेमकिपाले गर्ने विश्वास व्यक्त भएको उल्लेख थियो ।
श्रमिकको पहिलो वर्षमा का. रोहित, ज्ञानबहादुर न्याइच्याई, मोहनप्रसाद प्रजापति, चैत्यराज शाक्य, भवानीप्रसाद शर्मा, बालमुकुन्द बासुकला, शङ्करप्रसाद पौडेललगायतको अन्तर्वार्ता छापिएको थियो ।
श्रमिकमा हृदयचन्द्रसिंह प्रधान, चन्द्रबहादुर उलक, कृष्णकुमार वैद्य, परिमल जुम्ली, जगदीश भण्डारी, प्रेम खड्का, टीवी खान दैलेख, दारासिंह ‘पहाडी’ कालीकोट, गणेश श्रेष्ठ सिन्धुली, होचिमिन्ह, प्रहार दुवाल, ज्ञानकृष्ण बुढा, लक्ष्मीभक्त दुवाल, हर्षाआश्रु, चित्रा शाही, राजेश्वरी बनेपाली, किम इल सङ्गका कविता छापिएको थियो । त्यस्तै जीएस राजको लघुकथा, परिमल जुम्लीको गीत, आशाकुमार चिकंबञ्जारको निबन्ध छापिएको थियो ।
श्रमिकमा क्यानडाको नर्थस्टार कम्पास, लण्डनको द न्यु वर्कर, कम्युनिष्ट रिभ्यू, मर्निङ्ग स्टार, न्युयोर्कको मिलिटेन्ट, यूएसको मन्थली रिभ्यू, क्युवाको ग्रान्मा इन्टनेसनलका लेख र समाचारहरू छापिएका थिए ।
पहिलो वर्षको मजदुरमा सामान्यतः राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार, सम्पादकीय, आजको विचार स्तम्भबाहेक कला संस्कृतिको स्तम्भ, पाठकपत्र, खेलकुद, साहित्यमा कथा, निबन्ध, कविता, स्वास्थ्य, प्रेरक प्रसङ्ग, गीत, नीति कथा, जिज्ञासा, ठट्टा, केही रोचक तथ्य, विद्यालयको सङ्क्षिप्त परिचय, विज्ञान जिज्ञासा, दिव्योक्ति, आजको छनक, जीवनी, पुस्तक समीक्षा, शिष्टाचार, मजदुर क्वीज आदि समेटिएका थिए ।
मजदुरमा नियमित लेखकहरूबाहेक पृथुचरण वैद्य, कृष्णराम खत्री, प्रकाश नेपाल, कृष्ण पहाडी, एल. ताम्राकार, गीता केसी, राकस्था, रामकाजी खाइजू, दमननाथ ढुङ्गाना, माणिकलाल श्रेष्ठ, हिमालयश्वरलाल मूलका लेख पनि छापिएका थिए ।
सुरु सुरुमा मजदुर दैनिक नियमित प्रकाशन नहुने धेरैको आशङ्का थियो । ‘आधार’ र ‘साकार’ जतिको अड्ढमात्र पुग्ने हो कि ! आधार र साकारको अड्ढ नाघेर बन्द हुन्छ कि, निर्वाचनसम्म मात्र हो कि भन्ने विचार त्यसबेला व्यक्त भएको थियो । अझै पत्रिका निस्किरहेको छ ? भनी व्यङ्ग्य गर्ने पनि देखिए । तर, पत्रिका निरन्तर निस्किरह्यो ।
हो, पत्रिकामा आवश्यक सामग्री या खुराकको कमी हुनसक्छ । श्रमिक र मजदुर रङ्गीचङ्गी भएको छैन । पत्रिकाको आकार या साइज ठूलो छैन । भाषिक अशुद्धता र प्रुफमा भइरहेको गल्ती अझै सुधार्नुपर्ने सुझाव मननीय छ । मौलिक लेख र समाचारको कमी भयो भन्ने सुझावलाई आत्मसात गर्नैपर्छ । तर, देशमा कफ्र्यु र सङ्कटकाल हुँदा बिहान सबेरै निस्केर राति रातिसम्म बसी पत्रिका निकाल्दाको स्मरण गर्नु अन्यथा नहोला । कहिले ट्रान्सफर्म पड्केर, कहिले लोडसेडिङ्गको कारण राति रातिसम्म पत्रिका प्रकाशन गर्दाको क्षण यसबेला सम्झनु उपयुक्त नै हुन्छ । अझ २०७२ को वैशाख १२, १३ र २९ गतेको भूकम्पले अरु जिल्लामा झंै भक्तपुर जिल्ला र नगरको बस्तीलाई क्षतविक्षत या धुलोपिठो पा¥यो । त्यस्तो बेला पनि पत्रिका निस्कनु सामान्य होइन । भूकम्पले पुरेर मरेको लास र घाइतेहरूको उद्धार गर्नुपर्ने बेला, कहाँ बसूँ, के खाऊँ भइरहेको बेला, कहाँ कसरी बस्ने, खाने, सुत्ने, लासमाथि लास राखेर दाहसंस्कार र घाइतेहरूको उपचार गरिरहको समयमा, पुरेको घरको धनसम्पति सुरक्षा गर्ने कि बसोबासको व्यवस्था गर्नेजस्तो आपत्कालीन या सङ्कटकालको समयमा दुई दिनबाहेक अरुबेला पत्रिका प्रकाशन हुनु स्मरणीय छ । जताततै बाटो जाम थियो, मान्छेको आवतजावत सुनसान थियो, जहाँतहीं कुकुरले भुकिरहेको हुन्थ्यो । केही दिन त चोरहरूको बिगबिगी चल्यो । त्यस्तो बेला एक्लै एक्लै राति राति हिंड्नुपथ्र्याे, कुकुरले टोक्ला भन्ने डर थियो । बाटो–बाटोमा रक्सी खाएर युवाहरू होहल्ला गरिरहेका हुन्थे । कतिले बाटोमा जाँदा जाँदै पिटाइ खाए, कतिको रकम लुटियो । यसरी डर, त्रास, भय र सशड्ढित वातावरणमा पत्रिका निकाल्ने साथीहरूको आँट, जोश र सक्रियतालाई मान्नैपर्छ ।
कम्युनिष्ट या वामपन्थीको पत्रिका सुहाउने यो पत्रिकामा नर्थस्टार कम्पास, द न्यू वर्करजस्ता पत्रिकाहरूको लेख र समाचार खोइ भन्न थालेको गुनासो पनि छ । अहिले ग्रान्मा इन्टरनेशनल, टेलिसुर, प्रेन्सा ल्याटिना, प्रजग कोरियाको केसीएनए, चीनको पिपुल्स डेली, चाइना डेली, ग्लोबल टाइम्स, भारतको पिपुल्स डेमोक्रेसी, स्क्रोल आइएनलगायत विभिन्न देशका पत्रपत्रिकामा प्रकाशित लेख र समाचार निरन्तर अनुवाद र प्रकाशन भइरहेको छ ।
नाटककार बालकृष्ण समले भनेका थिए – समालोचना इन्जेक्सनको सुई हो, च्वास्स घोचेर भए पनि मनको बह निको पार्छ । विश्लेषणात्मक समाचार, साजसज्जा र डिजाइन गतिलो नभएको हिजोको गुनासो अद्यापि छ । प्राविधिक पक्षको यो कमजोरी मान्नुपर्छ । हो, गल्ती दोहो¥याउनु हुँदैन । केपी नारायणले भनेझैं समाचारपत्र जनताका आँखा र कान हुन् । जास्टिन ब्राउलीका अनुसार पत्रिका अनियन्त्रित र अत्याचारी सरकारबाट आफ्नो रक्षा गर्ने जनताका साधन हुन् । यसकारण पत्रिका निरन्तर प्रकाशनमा जोड दिनु जरुरी छ । माक्र्सवाद लेनिनवादसम्बन्धी सैद्धान्तिक लेख बुद्धिजीवी र शिक्षकहरूले लेख्नु खाँचो छ ।
सुरुदेखि हालसम्म पत्रिका प्रकाशनमा सहयोग गरेका लेखक, संवाददाता, फोटोग्राफर कर्मचारी कार्टूनिष्ट, कवि, कथाकार, निबन्धकार, समालोचक, बेलाबखत सल्लाह र सुझाव दिने सहयोगी, हकर्स, ग्राहक, विज्ञापनदाता, नैतिक र आर्थिक सहयोग गर्ने सहयोगी, स्वयंसेवक, समाजसेवीहरू धन्यवादका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *