सय वर्षपछिको भक्तपुर
- चैत्र २९, २०८२
भक्तपुर, १३ पुस । दोलागिरि माध्यमिक विद्यालय चा“गुनारायण भक्तपुरले बुधबार विद्यालयको ३४ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘स्मारिका–२०७३’ विमोचन, पुरस्कार वितरण तथा विद्यालयका शिक्षक तथा स्रोत व्यक्तिहरूको सम्मान कार्यक्रम सम्पन्न ग¥यो ।
समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यालयको शैक्षिक स्तरोन्नतिको लागि शिक्षक, अभिभावक र विद्यार्थीको महŒवपूर्ण देन हुन्छ भन्दै उहा“ले प्रधान अध्यापकको सक्रियता र विद्यार्थीको सक्रिय सहभागिताले विद्यालयको विकासमा टेवा पुग्ने विचार राख्नुभयो ।
अध्यक्ष रोहितले सार्वजनिक विद्यालयको शैक्षिक स्तर उकास्न सम्बन्धित सबै निकाय अग्रसर हुनुपर्ने भन्दै विद्यार्थीहरूलाई किताबको ज्ञानबाहेक नागरिक भावना, भूगोल, इतिहास, राजनीतिशास्त्र आदिको शिक्षा पनि दिनुपर्नेमा जोड दिनुभयो ।
शासक दलका नेताहरू आफ्ना स्वार्थपूर्तिको लागि राजनीति गरिरहेको भन्दै अध्यक्ष रोहितले शासक दल आफै अनुशासनहीन भएकोले उनीहरूका कार्यकर्ताहरू पनि त्यसैबाट प्रेरित हुनु स्वाभाविक हुने बताउनुभयो ।
उहाले भन्नुभयो – ‘निजी विद्यालयहरूको उद्देश्य सम्पन्न परिवारका छात्र–छात्राहरूको व्यक्तित्व विकास गर्नु रहेको हु“दा सार्वजनिक विद्यालयहरूले गरिब जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा जनस्तरबाटै अगाडि बढाउनु आवश्यक छ ।
Leave a Reply