पुँजीवादी तत्वहरूको विरोध गरिनुपर्दछ
- आश्विन १३, २०८३
धर्म र समाज परिवर्तन
यसरी समाजमा धर्मको भूमिकाबारे फरक मत र विचारधारा रहेजस्तै समाज परिवर्तन र धर्मको अन्तरसम्बन्धका बारेमा समाज विज्ञानका चिन्तकहरूबिच बहस नै चल्ने गर्दछ । धर्मलाई समाज परिर्वतन हुनबाट रोक्ने संस्था र अवयवको रूपमा प्रकार्यवादी र माक्र्सवादीहरू लिन्छन् । उनीहरूका अनुसार धर्मले समाजलाई परिणत गर्दैन बरू समाजमा आउने परिवर्तनले स्वतः धर्ममा परिवर्तन आउँछ । पुनर्जागरण अघि र पछिका समयहरूमा युरोपमा नवीनतम विचार, सोच र आविष्कारहरूलाई निरूत्साहित गर्न धर्म, धार्मिक संस्था र धर्म गुरूहरू क्रुरतापूर्वक पेस हुने गरेका ज्वलन्त उदाहरणहरू छन् । त्यस्तै, चर्चहरूले धर्मको नाउँमा सत्ताको पक्षपोषण गरेको र त्यसको बदलामा राज्यसत्ताले पुरस्कार स्वरूप चर्चलाई जग्गा जमीन प्रदा

के हो, आर्य समाजी आन्दोलन ? सन् १८७५ मा बृतिशकालीन भारतको मुम्बईमा समाज सुधारक दयानन्द सरस्वतीले चलाएको धार्मिकजस्तो देखिए पनि समाजका कुरीतिहरूको विरुद्धमा चलाइएको आन्दोलन थियो । मूर्ति पूजा र बहु ईश्वरवादको विरोध गर्ने यस अभियानले वेदलाई सबै ज्ञानको स्रोत मान्दै तत्कालीन समाजमा जन्मको आधारमा गरिने भेदभाव जस्तै :– छुवाछूत, जातभात, उच–नीच तथा बाल विवाहजस्ता संस्कारगत कुराहरूको विरोध गर्दै महिला शिक्षा, विधवा विवाह र समाजमा सबै नागरिकको समानताको वकालत गर्छ । यस आर्य समाजी आन्दोलनले बृतिशकालीन भारतमा स्वराजको वकालत गर्दै बेलायती राजको विरोधमा भारतीय राष्ट्रियताको भावना फैलाउन मद्दत गरेको मानिन्छ ।
न गर्ने गरेको इतिहासले प्रस्ट पार्छ । नेपालको सन्दर्भमा राणा शासकहरूले समाजका कुरीति र शोषणलाई अन्त गर्न उठेका आवाजहरूलाई धर्मकै आडमा एक सय चार वर्ष आफ्नो शासन सत्ता टिकाएकै हुन् । आर्य समाजीहरूले ल्याउन खोजेको परिवर्तनलाई निर्ममतापूर्वक दबाएकै थिए (स्मरणहोस् शुक्रराज जोशी (शास्त्री) आर्य समाजी थिए, योगमाया पनि आर्य समाजीबाट धेरै प्रभावित थिए) ।
के हो, आर्य समाजी आन्दोलन ?
सन् १८७५ मा बृतिशकालीन भारतको मुम्बईमा समाज सुधारक दयानन्द सरस्वतीले चलाएको धार्मिकजस्तो देखिए पनि समाजका कुरीतिहरूको विरुद्धमा चलाइएको आन्दोलन थियो । मूर्ति पूजा र बहु ईश्वरवादको विरोध गर्ने यस अभियानले वेदलाई सबै ज्ञानको स्रोत मान्दै तत्कालीन समाजमा जन्मको आधारमा गरिने भेदभाव जस्तै ः– छुवाछूत, जातभात, उच–नीच तथा बाल विवाहजस्ता संस्कारगत कुराहरूको विरोध गर्दै महिला शिक्षा, विधवा विवाह र समाजमा सबै नागरिकको समानताको वकालत गर्छ । यस आर्य समाजी आन्दोलनले बृतिशकालीन भारतमा स्वराजको वकालत गर्दै बेलायती राजको विरोधमा भारतीय राष्ट्रियताको भावना फैलाउन मद्दत गरेको मानिन्छ ।
समाज आधुनिकतातिर लाग्दै त्यसको विभिन्न स्वरूपहरूमा परिर्वतनहरू आउँदा धर्मको भूमिकामा पनि परिर्वतन हुने र धर्म सामूहिकभन्दा वैयक्तिक हुने र समाज र राज्य नै धर्म निरपेक्ष हुने धरै चिन्तकहरूको पनि मत रहेको छ । रोबर्ट एन वेल्हा, ब्रायन विल्सन, टाल्कोट पार्सन, ब्रायन टर्नरजस्ता समाजशास्त्रीहरू यस मतमा विश्वास राख्छन् । ब्रायन विल्सनले १९६६ को आफ्नो पुस्तक Religion in Secular Society मा आधुनिक औद्योगिक समाजमा र्धािर्मक कार्य र आस्थामा ह्रास आउने, मानव जीवनमा धार्मिक संस्थाहरूको भूमिका गौण हुने जस्ता प्रवृत्तिले समाज र राज्य धर्मनिरपेक्ष हुने मत राख्छन् ।
त्यस्तै, धर्मले समाज परिवर्तन गर्न पनि भूमिका खेलेको हुन्छ भन्ने दृष्टिकोण राख्ने चिन्तकहरूको पनि कमी छैन । माक्र्सका अनन्य मित्र र सहयोगी एङ्गेल्ससमेत यस मतका पक्षधर देखिन्छन् । उनको पुस्तक On The बुद्ध धर्म र दर्शनले त मानवता, अहिंसा, शान्ति, सद्भाव, चरित्र निर्माण, समानताको प्रवद्र्धन गर्दै शील, समाधि र प्रज्ञायुक्त मानवले नै आदर्श समाजको निर्माणमा टेवा पुग्ने शिक्षा दिई संसारलाई मार्गदर्शन गरिआएकै छ ।
नेपालको सन्दर्भ
धर्म र समाज परिवर्तनको यस अन्तरसम्बन्धलाई मनन गर्दा हाम्रो देशको सन्दर्भमा धार्मिक संस्थाहरूले आमूल परिवर्तनका लागि त्यस्तो केही आन्दोलनको अगुवाइ गरेको देखिँदैन । एकाध धार्मिक सम्प्रदायहरूले समाजमा नैतिक शिक्षा विस्तार गर्नको लागि केही योगदान पु¥याएको कुरालाई नकार्न त नमिल्ला तर आध्यात्मिकताको नाउँमा कलिला र्मिस्तष्कमा वैराग्तव उत्पन्न गराई उत्पादनमुखी कामबाट अलग्याउँदै अन्धविश्वासको गहिरो खाडलमा सदाका लगि जाक्ने त होइन भन्ने डर पनि उत्तिकै देखिन्छ । सम्पदा संरक्षण र सम्पदाको वास्तुकलाको महत्व र पक्षलाई गौण गरी मूर्ति पूजालाई प्रश्रय दिनुपर्छ भन्ने केही नयाँ पुस्ताको सोच समाजको लागि झनै चिन्ताको विषय हो । मूर्ति पूजाको विरोध गर्ने बुद्ध स्वयंको मूर्ति बनाई पूजा गर्ने हाम्रो संस्कारलाई बेलैमा ध्यान पु¥याउन नसकेमा समाज धर्मभिरूतिर उन्मुख भई समाजको उन्नति र प्रगति नै थप्प हुने त होइन भन्ने एकातिर चिन्ता गर्नु अस्वाभाविक होइन भने अर्कोतिर बहुधर्मावलम्बी हाम्रो समाज जहाँ धार्मिक सहिष्णुताको अभ्यास धेरै पुरानो छ, त्यहाँ एक धर्म विशेषलाई सरकार वा स्थानीय सरकारले प्रश्रय दिनुको अर्थ भोलि धार्मिक द्वन्द्वको बीउ रोप्नु सरह हुनेछ ।
(यो आलेख संगम बचत तथा ऋण सहकारी सस्था लि. को १९ औँ वार्षिक साधारणसभाको

आर्कविशप जेसमन टुटु
उपलक्ष्यमा १० असोज २०८३ मा प्रकाशित स्मारिकाबाट साभार गरिएको हो । आलेखलाई हिजो र आज गरी दुई भागमा छापिएको तथा आलेखको आशयलाई बुझेर सम्बन्धित फोटाहरू थप राखिएको छ । –सम्पादक)
सन्दर्भ सामग्री :
१) Sociology:Themes and Perspective, M Haralambos with RMHeald
२) Key ideas in Sociology, Martin Slattery
३) Macmillan Dictionary of anthropology, Charlotte Seymour-Smith.
४) An Introduction to Sociology, VidyaShusan&DRSachdeva
५) The Spirit of Religion, Dr. S .Radhakrishanan
६) https://www.him alkhabar.com/14 4966/the-2025-gen-z-uprising-has-pushed-nepal-down-the-path-of-militarism-and-authoritarianism
७) Hindutav in Blue, Chandra kishori (TKP, April 7, 2026)
८) इतिहासअघिको इतिहास–सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तानत, सुरेश ढकाल
९) राज्य सञ्चालनमा धर्मको भूमिका के हो ? कटक मल्ल, कान्तिपुर दैनिक भदौ ७, २०८३
१०) धर्म परम्परा व विज्ञान ः कर्मकाण्डया भीड्य तनाव नाच्वंगु चेतना, महन्त महर्जन, न्हूज्ः वाःपौ,
२१ व २८ भदौ, २०८३
११. भिक्षु अश्वघोषका छानिएका रचनाहरू, बुद्धविहार भृकुटीमण्डप, काठमाण्डौं ।
Leave a Reply