भर्खरै :

पछि परेको समाज

क्रिश्चिना
सुवर्ण कोठामा एक्लै केही सोच्दै थिइन् । एकछिनपछि उनी उठेर टेबुलमा बसिन् र कलम समातेर कापीमा किनारा कोरी लेख्न थालिन्–
प्रिय आदरणीय दाजु शेखर कामरेड,
अभिवादन !
दाजु हाम्रो घरमा धेरै वर्षपहिले भूमिगत बस्नुभएको थियो, त्यसबेला म भर्खर कलेजमा पढ्दै थिएँ । हजुर कम बोल्नुहुन्थ्यो र आफरनो लेख–पढमा निरन्तर लागिरहनुहुन्थ्यो, बिहान ७ बजे चिया टेबुलमा राखेर ढोका ढकढक्याएर माथि भान्छामा जान्थेँ । बिहानको साढे नौ बजे खाना लिएर आउथेँ र टेबुलमा राखेर केही बोली माथि भान्छामा जान्थेँ । खाना खाएर जुठो थाल लिन आउँदा स्नान कक्षमा हजुर थाल माझेर राखिसक्नुहुन्थ्यो । म कलेजबाट फर्कनासाथै फेरि खाना र चिया टेबुलमा राखेर आमासँगै खाजा खान भान्छामा जान्थेँ ।
दुई चार दिनपछि मैले भनेको आजसम्म म झलझली सम्झन्छु – “दाजु, चिया कप र जुठो भाडा म आफरनै माथि लिएर जान्छु, आफै नमाझ्नुहोला ।”
दाजुले भन्नुभएको मलाई सम्झना छ – “आफूले खाएको चियाको भाडा र थालसमेत सफा गरिन भने भोलि मेरो हात–खुट्टा चल्दैन, बहिनी !” दाजु एकछिन हाँस्नुभयो र म माथि गएँ ।
यसबारे मैले घरको आन (आनन्द) दाइलाई पनि भनेँ । आन दाइले “केही नभन्नू र काममा बाधा नदिनू” भन्नुभयो ।
बुबा र आमा अलि डराउनुहुन्थ्यो र शेखर दाइ बस्नुभएको कोठामा पस्नुहुन्थ्यो ।
बुबा एक कर्मचारी हुनुहुन्थ्यो, आन दाइ त्रि.वि. को अर्थशास्त्रका विद्यार्थी हुनुहुन्थ्यो । म घरको नजिकैको पद्म कन्यामा पढ्थेँ ।
शेखर दाजु, अब हजुरले मलाई सम्झनुभयो होला ! विद्यार्थी आन्दोलनमा त्रि.वि. बाट आन दाइ भाग लिनुहुन्थ्यो भने म पद्मा कन्यामा गतिविधि गर्थेँँ ।
दाजुले मलाई त्यसबेला सोभियत सङ्घको स–साना अङ्ग्रेजीका पुस्तकहरू पढ्न दिनुभएको थियो । त्यस पुस्तकका १० भागसम्मको धाराबाहिक पुस्तक एक–एक गरी पढेँ । ती साना ग्रन्थ पढ्दा रुसको तत्कालीन समाज, रुसी अक्टोबर क्रान्ति, समाजवादी आर्थिक रुपान्तर आदिबारे जानकारी हासिल गरेँ । मध्य एसियामा महिलाहरूको महŒवपूर्ण पिछडिएका समाजको परिवर्तनबारे पनि थाहा पाएँ ।
केही दिनपछि हजुर एक रात अन्तै जानुभयो । चिया लिएर म कोठामा पस्दा दाजुका झोला र पुस्तकसँगै दाजु गइसक्नुभएको थियो । लुगा र चप्पल एवम् अन्य दाजुको कुनै चिह्न कोठामा थिएन, खाली सम्झनामात्रै बाँकी थियो ।
केही दिनपछि आन दाइसँगै अर्काे एकजना पत्रकार घरमा आएका थिए । आन दाइले उहाँ पत्रकार कामरेड बताउनुभयो । मसँग उहाँले पढाइ, घर र जीवनको उद्देश्यबारे सोध्नुभयो र विवाहको बारे पनि सोध्नुभयो । मैले सरलतापूर्वक सबै प्रश्नको उत्तर दिएँ ।
त्यसबेला काठमाडाँैमा एक साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो, जसको अन्तिम पृष्ठमा कुनै एक महिलाको तस्वीर र उनका विषयहरूबारे छापिन्थ्यो । तर, त्यो साप्ताहिक प्रगतिशील फाँटको थियो । संयोगले हो या नियतले मेरो अन्तर्वार्ता तस्वीरसहित त्यसमा छापियो । मेरो नाम र तस्वीरले घरमा र आफन्तमा खैलाबैला मच्यो, मेरो पढाइ छुट्यो, केही महिनापछि मेरो विवाह भयो । आज मलाई ती सबै घटना सपनाजस्तै लाग्छ । मेरा श्रीमान् एक प्राध्यापक हुनुहुन्छ । मेरा दुइटा छोरा–छोरी छन् । म प्राथमिक विद्यालयमा एक शिक्षिका हँु ।
शेखर दाइ, म सम्झन्छु, त्यस अन्तर्वार्ता र तस्वीरले म आफनो उद्देश्यमा असफल भएको सम्झन्छु ।
सुवर्णले पत्र पत्याइन् र खाममा हालिन् । खाममा पहिले नै लेखिएको थियो – “माननीय शेखर शर्मा, प्रतिनिधिसभा, नयाँ बानेश्वर ।” चिट्ठी खामबन्दी गरिन् र त्यसमाथि एउटा किताबले छोपिन् ।
उनी ओछ्यानमा आएर लडिन् र केही सोध्न थालिन् । उनको गहभरि आँसु छचल्किएको देखिन्थ्यो । केटाकेटीले आवाज सुनियो–“ममी, आज शुक्रबार भोक लाग्यो ।”
सुवर्ण आँसु पुछ्दै उनी र छोरा–छोरीलाई हेर्न भ¥याङनिर झरिन् ।
शेखर दाइ, अहिले हजुर एक सांसद हुनुहुन्छ, म नयाँ बानेश्वरमा आएर एक दिन भेट्नेछु । अरु पछि कुरा गरौँला र मेरो परिवारसँग भेट गराऔँला ! बिदा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *