भर्खरै :

संसारमा प्रभुत्व गुम्ने त्रासमा संरा अमेरिका

सरोज फैजू
साम्राज्यवाद कति हस्तक्षेपकारी हुन्छ, कति आक्रामक र विश्वंसकारी हुन्छ भन्ने पछिल्लो प्रमाण अमेरिकाले एकतर्फीरुपमा सुरु गरेको व्यापार युद्ध हो । साम्राज्यवादले प्रभुत्ववाद र एकतन्त्रवादलाई हुर्काउँछ । प्रभुत्वविनाको साम्राज्यवाद असम्भव प्रायः हुन्छ । संसारलाई आफ्नो नियन्त्रणमा राख्न हरसम्भव प्रयत्न गर्नु साम्राज्यवादको प्रमुख प्रवृत्ति हो । विश्व साम्राज्यवादका मुख्य नेता संरा अमेरिका यतिबेला संसारबाट आफ्नो प्रभुत्व गुम्ने ठूलो त्रासमा छ । विश्व बजारमा आफ्नो एकछत्र राज कायम राख्न नसक्ला भन्ने पीडाले छटपटाएको छ । आफ्नो साम्राज्यको चिन्ताले बर्बराउन थालेको घटनाक्रमले साबित गर्छ । आफूभन्दा माथि उठ्न खोज्ने देशको विध्वंस मच्चाउने र उदयमान देशको बुद्धि निमोठ्न खोजेको पछिल्लो दृष्टान्त भन्सार कर वृद्धिमार्फत चीनमाथिको प्रहार हो । ट्रम्पको उक्त अदूरदर्शी कदमले दुई देशबीच व्यापार युद्ध सुरु भयो ।
झट्ट हेर्दा यो व्यापार युद्ध भनिए पनि पछिल्लो समयसम्ममा यो प्रविधि युद्धको रुपमा चिनिन थालेको छ । चीनको आर्थिक, सामाजिक, राजनीतिक तथा प्राविधिक क्षेत्रमा दु्रत्ततर विकास अमेरिकाको लागि टाउको दुखाइको विषय बनेको छ । त्यसैले यो युद्धमार्फत चीनको गतिलाई घटाउन चाहेको छ, पछाडि धकेल्न चाहेको छ ।
पछिल्लो समय चीनको अर्थतन्त्रको आकार तथा एक क्षेत्र एक मार्गको अवधारणा, विभिन्न भूराजनीतिक तथा भू–सामाजिक क्षेत्रमा चीनको सक्रियता, चीनले रसियासँग मिलेर विकास गरेको हाइपरसोनिक मिसाइल प्रविधि र मूलतः चिनियाँ कम्पनी हुवावेले विकास गरेको ५जी प्रविधि नै यो व्यापार युद्धकोपृष्ठभूमिको रुपमा लिइएको छ । अमेरिकाले भन्दा चाँडो हाइपरसेनिक मिसाइल प्रविधि विकास गरेको छ, जसअन्तर्गत आवाजको गतिभन्दा ६ गुना बढी गतिमा मिसाइल प्रक्षेपण गरिन्छ । यसले गर्दा वर्तमान अमेरिकी राडार संयन्त्रले भेटाउन र थम्याउन सक्दैन । त्यसैले संरा अमेरिका त्रसित छ । जब आफूतिर आइरहेको मिसाइलको गति र दिशा नै राडारले यकिन गर्नसक्दैन अमेरिकाले कुन दिशामा प्रतिरक्षा मिसाइल छोड्ने थाहा हुँदैन । सूचना प्रविधिको विकासँगै यसको प्रयोग बढ्दै जानेमा शङ्का छैन । चीनको विश्वको तथ्याङ्कमा अझ राम्रो पहुँच पाउने छ । यो एक्काइसाँै शताब्दीमा तथ्याङ्क (म्बतब दबकभ) लाई पनि एउटा बलियो हतियारको रुपमा लिइन्छ । अमेरिकालाई छन् सेवा विकास गर्न अझै २–३ वर्ष लाग्ने अनुमान गरिएको छ ।
त्यसैले अमेरिका बहुलाएको छ, सोच्न सकिरहेको छैन । त्यो सोच्ने समय मिलाउनको लागि यो व्यापार युद्ध थोपरिएको छ । सुरुआतमा अमेरिकाले चीनलाई बौद्धिक सम्पति चोरीको आरोप लगाएको थियो । विश्व दूरसञ्चार जगतको अग्रणी कम्पनी एवं चीनको एक मुख्य कम्पनी हुवावेले जासुसी गरेको आरोप पनि लगाएको थियो । पछि यो आरोप पुष्टि गर्न नसकेपछि कयानाडामा ‘मेङ वाङ जू’ लाई पक्राउ गर्न लगाइयो । उनी हुवावेका संस्थापक ‘रन चन फई’ की छोरी हुन् । पक्राउ परेको दिन २०१८ डिसेम्बर १ मा ट्रम्प र सि चिन फिङ व्युनसआयर्समा सँगै डिनरमा थिए ।
यस घटनाक्रमसँगै अमेरिकाले चिनियाँ स्टिल र आल्मुनियममा करवृद्धिको सुरुआत ग¥यो र प्रत्युत्तरमा चीनले केही अमेरिकी सामानमा कर बढायो । यो नै चीन अमेरिका व्यापार युद्धको सुरुआत हो ।
अमेरिका कतिसम्म कृतघ्न हुनसक्छ भन्ने यो राम्रो प्रमाण पनि हो । सन् २००८ को विश्व आर्थिक मन्दीबाट अमेरिकी अर्थतन्त्र जोगाउन सबैभन्दा बढी सहयोग गरेको चीनलाई त्यसको एक दशकपछि नै व्यापार युद्धमा आमन्त्रण गरिरहेको छ । त्यसबेला अमेरिकालाई सबैभन्दा बढी ऋण दिने देश चीन नै हो । चीन एक्लैले एक ट्रिलियन ट्रजरी विल किनिदिएको थियो । आज व्यापार युद्धको स्थिति छ । तर, पनि चीन शान्त र संयमित छ ।
अक्टोबरमा ट्रम्पले एक अन्तर्वार्तामा भनेका थिए, “अहिलेको व्यापार युद्धमा चीन पराजित हुनेछ । चीनसँग व्यापार युद्धको सामना गर्न पर्याप्त मात्रामा गोलाबारुद र हातहतियार छैन । व्यापार युद्धको क्षेप्यास्त्रलाई चीनले प्रतिकार गर्नसक्दैन ।” तर, व्यापार युद्धसँग सामना गर्न आणविक हातहतियार होइन कि कूटनीतिक र राजनीतिक हातहतियार आवश्यक हुन्छ । यस आधारमा व्यापार युद्ध लड्न चीनसँग पर्याप्त र प्रशस्त हातहतियार छ । चीनलाई कम आँक्नु शान्त देखिने समुद्रको गति छैन भन्नेजत्तिकै हुनेछ ।
– अमेरिकाले चीनबाट आयात गरिने २ खर्ब अमेरिकी डलर बराबरको सामानमा अतिरिक्त भन्सार कर लगाएको छ भने चीनले अमेरिकाबाट आयात गरिने ५३.१ अर्ब अमेरिकी डलर बराबरको वस्तुमा चीनले अतिरिक्त भन्सार कर लगाएको स्थिति छ । चीनले चाहेको अवस्थामा अझ बढाउन सक्ने ठाउँ बाँकी छ ।
– चीनको संयमित र नैतिक व्यवहार अर्को हतियार हो । व्यापार युद्ध केटाकेटीको खेल होइन न त यो अङ्कगणितको खेल नै हो ।
– १२७ खर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गर्ने चीनको अर्थतन्त्रमा २ खर्ब अमेरिकी डलर भनेको कुल निर्यातको ८.८ प्रतिशतमात्र हो । यो तथ्याड्ढ पनि अर्को शक्तिशाली हतियार हो ।
– संसारको सबभन्दा ठूलो जनसङ्ख्या भएको देश चीनको घरेलु बजार नै उसको ठूलो शक्ति हो । विज्ञान र प्रविधिमा विश्वलाई चकित तुल्याउने कार्यशैली तथा उपलब्धिहरू चीनको ठूलो बल हो । चीनसँग प्रविधिसँगै सम्पूर्ण क्षेत्रमा सक्षम जनशक्ति पनि उत्तिकै रहेको प्रस्ट छ ।
– चीन अहिले विश्वको एउटा अत्यन्त ठूलो अर्थतन्त्र हो । चीन संसारको ठूलो वैदेशिक मुद्रा सञ्चय भएको देश हो जोसँग ३२ खर्ब अमेरिकी डलर सञ्चित छ । विश्व अर्थतन्त्रमा चीनको अंश २०१८ सम्ममा १५ प्रतिशत पुगिसकेको छ ।
– चीनको बलियो राजनीतिक व्यवस्थामा उभिएको बलियो अर्थतन्त्र नै व्यापार युद्धसँग लड्ने महँवपूर्ण र बलियो हतियार हो ।
– अन्तर्राष्ट्रिय जगतसँग सहकार्यको नीति, शालीन व्यवहार र सहयोगको कार्यनीति व्यापार युद्धसँग लड्ने चीनको अर्को हतियार हो । चीनको महँवपूर्ण सहकार्यहरूमा चीन–रसिया सम्बन्ध, अमेरिकाको एकतन्त्रवादविरुद्ध एसिया र युरोपको एकताका लागि एसिया– युरोप सम्मेलन, चीन–युरोपेली सङ्घबीच दुईपक्षीय लगानी सम्झौता, चीन–अफ्रिकी देशहरूबीच सहकार्यको नयाँ नीति, युरोपेली सङ्घ, जापान, बेलायत र चीनसँग अमेरिकाको व्यापार स्थिति आदि रहेका छन् ।
त्यसकारण अमेरिकाले छेडेको व्यापार युद्धसँग मात्र होइन अन्य थुप्रै क्षेप्यास्त्र चीनसँग छ । आफ्नो हातमा यी सम्पूर्ण हातहतियार, गोलाबारुद हुँदाहुँदै पनि चीन संरा अमेरिकाले छेडेको व्यापार युद्ध लड्न नचाहनुको एउटै कारण विश्व जगतको भलाइ चिताउने चीनको नीति हो । व्यापार युद्धले कसैलाई बिजेता नबनाउने सत्य चीनले इतिहासबाट सिकेको पाठ हो । समयमै अमेरिकाले व्यापार युद्धको अन्त्यको घोषणा गरी आफ्नो गल्तीलाई सुधारे सबैको भलाइ हुने छ । नत्र संरा अमेरिकाले त्यस्तो चीनको सामना गर्नुपर्ने छ, जुन चीनलाई अमेरिकाले कहिल्यै सामना गर्नुपरेको थिएन । चीन हरेक हिसाबले व्यापार युद्धको प्रतिकार गर्न तयार देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *