भर्खरै :

भूकम्पपीडितले अहिलेसम्म परिचयपत्र समेत पाएनन्

काभ्रे, १५ पुस । भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउनसकेका छैनन् । उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ ।
परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत केही राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताउनुभयो ।
‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भन्नुभयो, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था एकदमै नाजुक छ यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्न बाध्य छन् ।’
आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताउनुभयो ।
पिछडिएका दनुवार समुदायको बसोवास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *