भर्खरै :

जमराको महत्व

सुनिता गाइसी
नेपाली समाज चाडपर्व र विभिन्न धार्मिक परम्पराले भरिपूर्ण छ । विविध धर्म संस्कृतिकै कारण नेपाल विश्वसामु परिचित छ । यस्तै विशेष पर्वहरूमध्ये दसैँ पनि पर्दछ । दसैँसगै यस पर्वको सुरुको दिनमा राखिने जमराको पनि विशेष महत्व छ । धार्मिकरूपमा जमरा दसैँको दसाँै दिन विजयादशमीको दिन मान्यजनका हातबाट टीका आशीर्वादसहित लिइने गरिन्छ । यस चाडमा अरू फूलको साटो जमरा नै प्रयोग गरिन्छ । परम्परागतरूपमा जमरालाई आशीर्वादको रूपमा लिई शिरमा लगाउने गरिन्छ । तर, यसलाई औषधिको रूपमा पनि प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दो छ । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड’ भनेजस्तै हाल आएर व्यवसायिकरूपमा जमराको उत्पादन गर्न थालिएको छ भने कोही दसैँमा बढी भएको जमारा काटेर दलानमा सिउरने र त्यतिकै खेर पठाउने गर्छन् । जमराको रस वा जुसले धेरै किसिमका रोगहरू निको पार्न सहयोग गर्छ । जमराको जुसले उच्च रक्तचाप कम गर्दछ । यसले पाचन शक्तिलाई सबल पार्दछ र सेता रक्तकोशिका बढाउँछ । यसले हामीलाई विभिन्न इन्फेक्सनबाट पनि जोगाउँछ । जमराको जुसमा १२ प्रकारका एमिनो एसिडहरू पाइन्छ जुन शरीरको लागि अत्यन्तै आवश्यक छ । यो शरीर आफँैले उत्पादन गर्नसक्दैन तर जमारको जुसमा सजिलै पाइन्छ । यसमा प्रशस्त मात्रामा chlorophyll पाइन्छ । यसका कणहरू हेमोग्लविनका जस्तै हुन्छन् । यसले हाम्रो शरीरका विभिन्न सेलहरूमा अक्सिजन पु¥याउने काम गर्दछ । यसले कलेजो टिस्यु र विभिन्न सेलहरूको रगतलाई सफा गर्ने कार्य गर्छ ।
धार्मिकरूपमा विशेष महत्व दिइँदै आएको जमरालाई जुस बहुगुणी प्राकृतिक औषधि मानिन्छ । त्यसैले हाल आएर मानिसहरू आधुनिक औषधिभन्दा आयुर्वेदिक औषधितर्फ बढी आकर्षित रहेको पाइन्छ । प्राकृतिक जडिबुटिका प्रयोगपश्चात् नकारात्मक असर त्यति हँुदैन । जमराको जुसले छालाको चिलाउने रोग निको पार्दछ । घामले डढेको छालालाई राम्रो पार्न सहयोग गर्दछ । हाल सौन्दर्य विज्ञहरूले पनि जमराको जुसको प्रयोग गर्ने गर्दछन् । यदि कसैको skin loose छ भने यसलाई कसिलो बनाउँछ । जमराको जुसले अल्सरका बिरामीहरूलाई पनि फाइदा गर्छ । जमरालाई माडेर काटेको, पोलेको वा कोरेको, डाबर उठेको, कीराहरूले टोकेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । जमराको जुसमात्र होइन ताजा जमरालाई सुत्ने बेलामा सिरानीको नजिक राखेमा यसले अक्सिजन प्रदान गर्दछ । यसले टाउकोमा भएको चायालाई पनि हटाउन सहयोग गर्दछ । यदि टाउकोमा धेरै चाया परेको छ भने जमरालाई टाउकोमा दलेर स्याम्पुको प्रयोग गरी नुहाएमा चाया हटेर जान्छ । दाँत दुखेमा जमराको जुसलाई ५ मिनेटसम्म मुखमा राख्ने यसले दुखाइ कम गर्दछ । यसले गिजा र दाँतमा भएको toxins लाई हटाउँछ । जमराको जुसलाई सफासँग छानेर आँखा धोएमा यसले आँखा चिलाउने र हेर्ने क्षमताको वृद्वि गर्दछ ।
यसको जुसले शरीरलाई शक्ति प्रदान गरी थकाइ कम गर्न मद्दत गर्दछ । यस्तो गुणकारी भएकै कारण बजारमा हाल आएर जमराको जुसको माग निकै बढ्दो छ । यसका विभिन्न फाइदाहरू छन् । यसो भन्दैमा एकै पल्ट बढी मात्रामा जमराको जुस खानुहुँदैन । यदि पहिलो पल्ट यो जुस खाँदै हुनुहुन्छ भने सुरुमा १५ एम एलदेखि ३० एम एलसम्म पिउन सकिन्छ र विस्तारै बढाउँदै ६० एम एलसम्म पिउन सकिन्छ । जमरालाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तैः एक मुठा जमरालाई Aquarium मा राखेमा यसले पानीलाई ताजा बनाइ राख्दछ ।
बिरामी माछाहरूलाई पनि निको पार्न मद्दत गर्दछ । यस्तो बहुगुणी जमरालाई त्यतिकै खेर नफालाँै । अहिले पनि हामीमध्ये कतिपयले दसैँमा टीका लगाएर बढी भएको जमरा त्यतिकै फाल्ने गरेका छौँ । यसलाई सही सदुपयोग गरे विभिन्न प्राणघातक रोगबाट बच्न सकिन्छ भनी विभिन्न अध्ययनले देखाएको छ । वास्तवमै हाम्रो संस्कृति परम्पराले मानव जीवनलाई स्वस्थ राख्न विभिन्न किसिमका तौरतरिकाको विकास गरेको छ । समयअनुसार यसमा आवश्यक सुधार पनि हुनुपर्दछ । राम्रा कुरालाई बढावा दिनुपर्दछ भने कुपरम्पराको अन्त्य गर्दै जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *