भर्खरै :

मध्यपूर्वका तनाव र चीन

यु निङ
गएको बुधबार संरा अमेरिकी सेना बसेका इराकस्थित सैनिक आधारमा इरानले दर्जनौँ मिसाइल हमला ग¥यो । संरा अमेरिकाले इरानी सैनिक कमान्डर कासिम सोलेमनीको हत्या गरेको बदला लिन इरानले त्यो हमला गरेको थियो ।
जस्तालाई तस्तैको यो शिलशिला कतिबेलासम्म चालू रहने हो भन्न गा¥हो छ । तर, एउटा कुरा भने पक्का हो, यो वर्ष मध्यपूर्व अझ बढी अस्थिर हुने छ । यसैबीच मध्यपूर्वमा संरा अमेरिकाले निम्त्याउने अराजकताबीच चीनले स्थायित्व र विकासको गति कायम राख्न सक्छ वा सक्दैन, उसको लागि परीक्षाको घडी पनि सुरु भएको छ ।
इरान र संरा अमेरिकाबीच तनाव बढ्नुले चीनमा कस्तो प्रभाव पार्ने छ ? सोलेमनी हत्या पछि संरा अमेरिका मध्यपूर्वमा इरानसँगको युद्धमा फस्ने र त्यसले चीनमाथि संरा अमेरिकी दबाब केही कम हुने विश्लेषण पनि बाहिर आएको थियो । त्यसकारण रणनीतिकरूपमा यो अवस्था चीनको अनुकूल हुने चर्चा चलेको छ । तर, यो निकै सोझो विश्लेषण हो ।
अमेरिकी लेखक तथा मिडिया टिप्पणीकार एन लीले ‘द साउथ चाइना मर्निङ पोस्ट’ पत्रिकामा गत म·लबार संरा अमेरिकाबाट भएको सोलेमनीको हत्या ‘चीनले जानाजान गरेको चालबाजी’ र ‘पेन्टागनमा भएको सबै युद्धका खेल इरान वा रुसविरोधी होइन, बरु चीनको विरोधमा भएको’ लेखेकी छिन् । उनको यस्तो दृष्टिकोण छलफलयोग्य छ । उनको विश्लेषणले संरा अमेरिकाले चीनलाई आफ्नो मुख्य शत्रु मानेको हुनाले वाशिङ्टनको विदेश नीतिमा चीनको तौल बढी भएको देखाउन खोजेकी छिन् ।
चीनले के कुरामा ध्यान दिनुपर्छ भने उसको प्रमुख चासो रहेका क्षेत्र वा ठाउँ वरपर समस्या सिर्जना गर्न संरा अमेरिका तल्लीन रहने गरेको छ । चीनलाई सैनिक द्वन्द्वमा फसाएर वा तानेर चीनको विकासको गति रोक्ने संरा अमेरिकी योजना हो । संरा अमेरिका र इरानबीचको द्वन्द्व पनि यही रणनीतिअन्तर्गत पर्दछ किनभने इरानसँग चीनको ठूलो ऊर्जा सम्बन्ध छ । ऊर्जामा इरान र अन्य मध्यपूर्वी देशहरूमाथि चीनको निर्भरता बढ्दै गएको छ । त्यसैकारण सो क्षेत्रमा क्षेत्रीय विभाजन गहिरो र तनाव बढाएको छ ।

चीनले मध्यपूर्वमा तनाव बढाउनु पछाडि संरा अमेरिकाको वास्तविक मनसाय बुझ्न जरुरी छ । चीनले मध्यपूर्वमा भूराजनीतिक तनाव कम गर्न सबै पक्षलाई सौम्य रहन आग्रह गरेको छ । यसले चीन एउटा जिम्मेवार शक्ति राष्ट्र भएको देखाउँछ । पेइचिङले घरेलु स्थायित्व कायम राख्न र विकासको बाटोमा अघि बढ्न विशेष मिहिनेत गर्दै आएको छ । साथै क्षेत्रीय र संसारकै स्थायित्वको लागि रचनात्मक भूमिका पनि खेल्दै आएको छ ।

संरा अमेरिकाले चीनलाई आफ्नो ‘रणनीतिक प्रतिस्पर्धी’ भनी परिभाषित गरेको छ । वाशिङ्टनका अधिकांश विश्लेषकहरूले चीनलाई संरा अमेरिकी विश्वव्यापी सर्वोच्चताको निम्ति ठूलो खतरा मान्दै आएका छन् ।
त्यसकारण वाशिङ्टनले अर्थतन्त्र, प्रविधि र वित्तीय क्षेत्रमा पेइचिङविरुद्ध सर्वत्र हमला गर्दै आएको छ । संरा अमेरिकाले आफ्नो कुनै पनि विदेश नीति–रणनीति तय गर्दा चीनलाई विशेष ध्यान दिने गरेको छ ।
चीनले मध्यपूर्वमा तनाव बढाउनु पछाडि संरा अमेरिकाको वास्तविक मनसाय बुझ्न जरुरी छ । चीनले मध्यपूर्वमा भूराजनीतिक तनाव कम गर्न सबै पक्षलाई सौम्य रहन आग्रह गरेको छ । यसले चीन एउटा जिम्मेवार शक्ति राष्ट्र भएको देखाउँछ । पेइचिङले घरेलु स्थायित्व कायम राख्न र विकासको बाटोमा अघि बढ्न विशेष मिहिनेत गर्दै आएको छ । साथै क्षेत्रीय र संसारकै स्थायित्वको लागि रचनात्मक भूमिका पनि खेल्दै आएको छ ।
सन् २०२० अझ थप तनावपूर्ण वर्ष बन्ने छनक देखिएको छ । राजनीतिक जोखिम अनुसन्धान र परामर्श कम्पनी ‘युरेसिया समूह’ले हालै जारी गरेको ‘२०२० को सबभन्दा ठूला खतरा’ शीर्षकको प्रतिवेदनमा सन् २०२० को लागि सबभन्दा ठूला दस खतरा सूचीकृत गरेको छ । त्यसअन्तर्गत संरा अमेरिकी घरेलु राजनीति, संरा अमेरिका–चीन द्वन्द्व, इरान र मध्यपूर्वको तनाव तथा ल्याटिन अमेरिकाको अस्थिरता आदि छन् ।
संसारमा बढ्दो अनिश्चितताबीच चीनको लागि सबभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको स्थायित्व कायम राख्नु हो । बितेका चार दसकमा चीनको चुस्त विकासको एउटा कारण भनेको चीनले मूलभूतरूपमा दीर्घकालीन सामाजिक स्थायित्व कायम राखेको छ । चीन कुनै पनि विदेशी युद्धमा फसेको छै्रन । त्यसो त चीनका सामु चुनौती बढ्दो छ । तर, चीनले एकपछि अर्को गर्दै तिनलाई पराजित पनि गर्दै गएको छ । शान्तिपूर्ण विकासको बाटोमा चीन अगाडि बढिरहेको छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *