भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, १ माघ । बिहीबार देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । सरकारले हरेक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विसं १९९० सालको विनाशकारी भूकम्प माघ २ गते गएको थियो ।
नेपाल भूकम्पीयरूपमा जोखिमपूर्ण क्षेत्रमा पर्दछ । इतिहासमा नेपालले पटक–पटक ठूला विनाशकारी भूकम्प भोग्यो । ती भूकम्पमा नेपाली जनताले ठूलो धनजनको क्षति भोग्नुप¥यो । भूकम्प प्राकृतिक प्रक्रिया हो । भूकम्प आउन लागेको जानकारी दिने प्रविधि आजसम्म संसारमा बनेको छैन ।
२०७२ सालको भूकम्पले पु¥याएको क्षतिले हामीलाई केही पाठ पनि सिकाएर गएको छ । भूकम्पलाई मानिसले बेवास्ता गर्दा भूकम्पले पनि मानिसको जीवन र सम्पत्तिलाई बेवास्ता गर्ने गर्छ । भूकम्प स्वयम्ले मानिसको ज्यान लिने होइन, भूकम्प आउँदा हामीले बनाएको कमजोर भौतिक संरचना ढल्दा वा भत्किँदा मानिसको ज्यान जाने हो । त्यसकारण भूकम्पसँग लड्ने एउटैमात्र औजार भनेको बलियो निर्माण हो ।
भूकम्प कुन बेला आउने हो, कसैले भन्न सकेको छैन । केही पशुका गतिविधिका आधारमा भूकम्पको पूर्वानुमानसम्म गर्न सकिने बताइन्छ । तर, त्यो पनि भूकम्पको वैज्ञानिक पूर्वसावधानी मान्न सकिन्न । त्यसकारण पशुको क्रियाकलाप हेरेर नै भूकम्प आउन लागेको यकिन गर्न सकिँदैन ।
भूकम्प कुनै पनि बेला कसैलाई सङ्केत नगरी आउने भएकोले भूकम्पको सावधानी र पूर्वतयारी सामान्य अवस्थामा गर्नुपर्छ । २०७२ सालको वैशााख महिनामा गएको भूकम्पमा हजारौँ नेपालीले ज्यान गुमाउनुका साथै अरबौँ अरबको सम्पत्ति क्षति भयो । भूकम्पले उठिबास भएका कति नेपाली परिवारको अझै पनि व्यवस्थापन हुन सकेको छैन । कति भूकम्पपीडितले घर बनाउन सकेका छैनन् । धेरै भूकम्पपीडित अझै टहरामा बस्न बाध्य छन् ।
२०७२ सालको भूकम्पले पु¥याएको क्षतिले हामीलाई केही पाठ पनि सिकाएर गएको छ । भूकम्पलाई मानिसले बेवास्ता गर्दा भूकम्पले पनि मानिसको जीवन र सम्पत्तिलाई बेवास्ता गर्ने गर्छ । भूकम्प स्वयम्ले मानिसको ज्यान लिने होइन, भूकम्प आउँदा हामीले बनाएको कमजोर भौतिक संरचना ढल्दा वा भत्किँदा मानिसको ज्यान जाने हो । त्यसकारण भूकम्पसँग लड्ने एउटैमात्र औजार भनेको बलियो निर्माण हो । यदि हामी बस्ने घर र कार्यालय नै बलियो छ र भूकम्पले भत्काउन सक्दैन भने भूकम्पलाई हामीले प्राकृतिक प्रक्रियाको रूपमा मात्र लिनेछौँ । त्यो विपत्ति हुनेछैन । तर, हामीले बनाएका संरचना कमजोर भएर भूकम्पमा भत्केर तिनले नै हाम्रो ज्यान र धनजनको क्षति गर्छ भने भूकम्प तब खतरा बन्छ ।
आफू बस्ने घर र कार्यालय बलियो र सुरक्षित बनाउनु नै वास्तवमा भूकम्पको पूर्वतयारी हो । आफ्नो नागरिक बस्ने घर भूकम्प प्रतिरोध बनाउनु सरकारको पनि दायित्व हुन्छ । भूकम्पले नागरिकको ज्यान र सम्पत्तिमा क्षति हुनु भनेको देशलाई नै क्षति पुग्नु हो । त्यसकारण नागरिकको ज्यान र सम्पत्तिको रक्षा गर्नु संविधानले सरकारलाई दिएको जिम्मेवारी हो । त्यसकारण भूकम्पप्रतिरोधी निर्माणमा सरकारले विशेष ध्यान दिन जरूरी छ ।

वसं १९९० अघिको भक्तपुुरको लाय्कु क्षेत्र विसं १९९० को भूकम्पले क्षति पु¥याएको भक्तपुरको लाय्कु क्षेत्र
Leave a Reply