भर्खरै :

उहानको चिठ्ठी-कोरोना भाइरसको कालो बादलमूनि

हुवाङ युचिए
कथाको सुरुवात राएनोलोफाइन नामको एकथरी जङ्गली चमेरोबाट हुन्छ । सन् २०१९ को डिसेम्बरमा उहानका केही मानिसमा भाइरस संक्रमणबाट निमोनिया ज्वरो आएको पत्ता लाग्यो । सुरुमा मानिसलाई त्यो भाइरस बारे थाहा पनि थिएन । उहानका विभिन्न अस्पतालमा ती विरामीहरूको उपचार भयो । कतिलाई सञ्चो भयो, कोहीको भने निधन भयो । उनीहरूमध्ये अधिकांश उहानको हानखउ जिल्लाको समुद्रीखाना (सीफुड) बेच्ने थोक बजारसँग सम्बन्धित थिए । केही समयपछि ती विरामी र मृतकसँग नजिक बसेका स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि त्यस्तै रोगका लक्षण देखिन थाल्यो– ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह«ो हुने ।
सन् २०२० को जनवरी २० मा डा. चोङ नानशान उहानमा पुगे । सन् २००३ मा सार्सको महामारी फैलिंदा उनी एक लोकप्रिय व्यक्ति थिए । रोगको बिस्तारित संक्रमणको अध्ययन पछि गहभरि आँसु राखेर उनले भने,“यो मानिसबाट मानिसलाई नोबल कोरोना भाइरस(२०१९–एनकोभ) संक्रमणको परिणाम हो ।” त्यसअघिको एक महिना सर्वसाधारण र सरकारले समेत यो रोगको खतरनाक रूपबारे थाहा पाएको थिएन भन्ने कुरा विश्वास मात्र गर्न पनि गाह«ो छ ।
जनवरी ६ देखि जनवरी १७ सम्म उहान नगर सरकार र हुपेई प्रान्तीय सरकारले सफलतापूर्वक दुई वटा बैठक आयोजना ग¥यो । जनवरी १८ मा पाइपुथिङ समुदायका ४० हजार परिवारले नयाँ वर्षको स्वागतमा दस हजारभन्दा बढी मानिस जम्मा भएर भोज आयोजना गरेका थिए । इन्टरनेटमार्फत् आठ जना स्वास्थ्यकर्मीले रोगको खतराबारे सावधानी गर्दै सो भोज रोक्न कोसिस गरे । तर, उनीहरू त्यो काममा सफल भएनन् । उल्टो सर्वसाधारणलाई त्रसित बनाउन हल्ला फैलाएको भन्दै उनीहरूको खेदो खनियो ।

रोगले पनि निकै मौकामा हान्ने कुचाल बुनिरहेको रहेछ, बसन्त पर्वको ठीक अघि । यो समय चीनमा वर्षकै सबभन्दा बढी मानिस एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्छन् । डा. चोङ नानशान उहान आइपुग्दासम्म २९१ जना मानिसलाई यो रोग लागेको पक्कापक्की भइसकेको थियो । तीमध्ये २७० जना हुपेईका थिए । ५४ जनालाई भने संक्रमणको आशङ्का गरिएको थियो । तीमध्ये ११ जना हुपेईका थिए । भाइरसले कुनै भौगोलिक सिमाना मान्दैन । कुनै लिङ्ग, जाति, धर्म, राजनीति वा विचारधारा मान्दैन । भाइरसले सबै मानिसलाई निशाना साँध्ने गर्छ ।
कोरोना भाइरस संक्रमणको घोषणा व्यारेकमा फुकेको दुन्दुभी जस्तै भयो । रोगविरुद्ध लड्न सबैलाई ज¥याकजुरुक उठ्न त्यो घोषणा आह्वानसरह बन्यो । सरकारी विभागहरूले समस्या समाधानको लागि रातोदिन बैठक गरे । उपचारको उपाय पत्ता लगाउन वैज्ञानिकहरूले रातोदिन प्रयोगहरू गरे । रोगबारे चेतना फैलाउन र मुखमा मास्क लगाउन आमसञ्चारहरूले विश्रान्त प्रशारण भइरहे । अनि त्यसपछि बन्द भए उहानका सबै सार्वजनिक यातायातका साधन । रेलवे, हवाई सेवा, उच्च गतिको रेल सेवा, बस, मेट्रो, जहाज सबै सबै बन्द भए । यात्राको लागि टिकट काटिसकेका मानिसलाई टिकटको सम्पूर्ण पैसा फिर्ता गरियो । १ करोड ४० लाख जनसङ्ख्या भएको आर्थिक सहर उहानमा जसै सबै यातायातका साधन बन्द भएसँगै सहर पूरै ‘खाली सहर’ मा रूपान्तरण भयो । विशालबजार, कारखाना, कम्पनी र रेस्टुराँ सबै बन्द भए । मानिसहरू कोठाभित्र बस्न थाले । आफूले आफैंलाई क्वारेन्टाइनमा राखे । धेरै मानिसले जङ्गली चमेरो र अरु जङ्गली जनावर खाने मानिसहरूलाई खुब सरापे । मलाई लाग्छ, मलाई जस्तै बहुमत चिनियाँलाई यसअघि राएनोलोफाइनबारे थाहा पनि थिएन । हामीलाई त हामी बसेको सहरमा धेरै वर्षदेखि जङ्गली जनावरको किनबेच गरिने त्यत्ति ठूलो बजार छ भन्ने कुरा समेत पनि थाहा थिएन । अफसोस, जब सङ्कटको पहाड खस्यो कोही पनि बचेन ।
त्यसपछि क्रमशः उहान सहरका बस्तीहरू, अरू प्रिफ्याक्चर (जिल्ला) तहका सहरहरू बन्द हुँदै गए । सन् २०२० को जनवरी २६ सम्ममा हुपेईका सबै सहर बन्द भइसकेका थिए । एकातिर महामारी निकै तीब्र गतिमा संक्रमण भइरहेको थियो अनि अर्कोतिर ३ देखि १४ दिन भित्र मात्र रोगको लक्षण देखिने भएकोले थप संक्रमणबाट जोगिन हामीसँग कडा सवाधानी अपनाउनुको विकल्प छैन । चीनका अन्य प्रान्तहरूसँग कुआङ्गतोङ्ग र चचियाङ्गमा संक्रमित र संक्रमणको आशङ्का गरिएका मानिस देखिन थाले । कुआङ्गतोङ्ग र चचियाङ्गमा धेरै सङ्ख्यामा उहानका मजदुर काम गर्छन् । त्यही बेला विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले महामरी फैलिएको भन्दै जनस्वास्थ्य आपतकाल घोषणा ग¥यो । एब्ल्युएचओको घोषणासँगै चिनियाँ जनता वा हुपेईका जनतालाई विभिन्न हिसाबले आफ्नो भुमिमा प्रवेश गर्न विभिन्न देशले निषेध ग¥यो ।
सयौं जना मानिसले ज्यान गुमाइसकेका थिए । त्यसबाहेक हजारौं मानिस अस्पतालमा पीडा बोकेर बसेका छन् । करोडौं मानिस बसन्त पर्व मनाउन, आफ्ना आफन्त–नातागोतासँग रमाउन र यात्रा गर्ने अवसरबाट बञ्चित भएका छन् । अनेकथरी अनिश्चयको भुँवरीमा अर्थतन्त्रलाई टिक्न गाह«ो भयो । ओरालो झरेको द्यित्तो बजारले आर्थिक मन्दता छायो ।

साँचै भन्नुपर्दा, कोरोना भाइरसविरुद्ध लडाईमा जीत हासिल गर्न मलाई कुनै तहको सरकारप्रति पनि केही गुनासो छैन । अरू कुनै देशलाई पनि केही भन्नुछैन । हामीले सबै थरीका कष्टकर नियमलाई स्वीका¥यौं र पालना ग¥यौं । मलाई विश्वास छ, ती सबै त्यागको अन्त्य महामारीको पराजेयसँगै हुनेछ । निर्माण समूहहरूसँग मिलेर सरकारले हुओेशन शान र लेइशन शान नामका महामारी रोग उपचार गरिने दुई वटा अस्पताल दस दिनभित्र स्थापना गरियो । अस्पतालको लागि आवश्यक सामग्री उत्पादन गर्न अस्थायी अस्पताल, केही विश्वविद्यालय र खेल मैदानसमेत प्रयोगमा ल्याइएका छन् ।
सहयोग र समर्थनः देशकै प्रमुख चासो बनेपछि चिकित्सक, सेना, चिकित्सकीय सामग्री, खाना आदि आवश्यकीय सामग्री महामारीको केन्द्र बनेको उहानमा ओइरियो । विश्वसमुदायले पनि उहानप्रति प्रेम र विश्वास प्रदर्शन ग¥यो । जापान, थाइल्यान्ड, नेपालले उहानमा मेडिकल मास्क वा सुरक्षा वस्त्र पठाएर सहयोग गरे । धेरै देशबाट औपचारिक वा स्वतःस्फुर्त शुभकामना पठाए । सारा संसारको समर्थनमा उहानको ‘दुर्भाग्य’ आज संसारकै ‘सौभाग्य’ मा रूपान्तरण भयो ।
हुपेई प्रान्तमा करोडौं जनताजस्तै आज म र मेरो परिवार पनि घरभित्र क्वारेन्टाइनमा बसेको पन्ध्रौं दिन हो । बिना कुनै काम लामो समय परिवारसँग बस्नु राम्रो कुरा हो । तर, परिवारसँगको बसाई यस्तो परिस्थितिमा होला भनेर अपेक्षा गरिएको थिइनँ । सरकारी स्वास्थ्यकर्मीहरू मेरो घरमा आउँछन्, हाम्रो स्वास्थ्य अवस्थाको सबै जानकारी टिपेर लान्छन् । मुखमा लगाउने मास्क दिएर जान्छन् । केही दिनको अन्तरालमा खुल्ने नजिकैको पसलमा किनमेल गर्न जाँदा मुखमा मास्क लगाएर जान भन्छन् । (सहरका अरू पसल भने बन्द छन् ।) सुखद् कुरा, यस्तो कठिन समयमा पनि बजार मूल्य भने अरू बेलाजस्तै तुलनात्मक रूपमा सन्तुलित छ । जहाँसम्म मलाई जानकारी छ, विभिन्न माध्यमबाट खानाको आपूर्ति भइरहेको छ । केही खाद्यपदार्थ सान्तोङ, शान्सी र अन्य प्रान्तबाट सहयोगमा प्राप्त हुने गरेको छ । हानहोङ्ग र काओ सियाओसोङ जस्ता कलाकारको निजी सहयोग र अलि बाबा जस्तो व्यापारिक कम्पनीले पनि सहयोग गरिरहेका छन् ।
हिजो एउटा सुखद् समाचार आयोः हुपेईको प्रत्येक सहरलाई चीनको कुनै एउटा प्रान्तले अहिलेको कठिन समयमा सहयोग गर्ने भएको छ । मेरो सहर सु¥यानलाई शान्सी प्रान्तले सहयोग गर्ने भएको छ । अब हामीलाई खानेकुराको अभाव होला भन्ने कुनै चिन्ता छैन ।
केही दिनअघि मैले एम्बुलेन्स हुइँकाइएको आवाज सुनें । सम्भवतः कसैलाई अस्पतालमा लगिएको हुनुपर्छ । बितेका केही दिनमा हामी पटक–पटक लाउड स्पीकरले भन्दै हिंडेको सुन्ने गरेका छौं–‘घरभित्रै बस्नु, बाहिर नआउनु ।’ यो पक्कै पनि राम्रो सङ्केत हो ।
उहानका मानिसहरू आगामी दिन अझ गाह«ो हुने अनुमान गरिरहेका छन् । आधिकारिक रूपमा उहानमा १ करोड ४० लाख जनसङ्ख्या छन् । जनवरी २३ अघि ५० लाख मानिस उहान छोडेर गए । अहिले ९० लाख मानिस त्यहाँ छन् । आजको सूचनाअनुसार १३ हजार ६०३ जना भाइरस संक्रमित छन् । ५४५ जनाको निधन भइसकेको छ । वास्तवमा रोगको संक्रमण पुष्टि बिना नै धेरै मानिस मरेका छन् । उनीहरूको सङ्ख्या यसमा समावेश गरिएको छैन । अस्पताल जति भए पनि पुगिरहेको छैन, औषधि जति भए पनि पुगिरहेको छैन । केही बिरामीले आफ्नो परिवारकै बीच प्राण त्याग गरे किनभने उनीहरूलाई तत्कालै औषधि उपचार गर्न सकिएको थिएन । ठूलो परिणाममा चन्दा र सहयोग आइरहे पनि संक्रमित र संक्रमणको आशङ्का गरिएका मानिसको सङ्ख्या बढेसँगै त्यत्ति नै ठूलो परिमाणको औषधि आवश्यक भएको छ । इन्टरनेटमार्फत मानिसहरूले आफूलाई खाँचो परेका सामानबारे धेरै ब्लग वा सहयोग सूचना पाटीमा लेखेको मैले देखेकी छु । कसैले त्यस्तो सूचना देखे आफ्नो उपचारलाई सहयोग हुने आशाका साथ उनीहरूले त्यस्ता सूचना पोस्ट गर्ने गरेका छन् । उनीहरू जसरी पनि बाँच्न चाहन्छन् । उनीहरूले वास्तवमा यो कठिनाई कसरी सामना गरेर बसेका छन्, कल्पना गर्न गाह«ो छ ।
मैले आफूलाई अहिलेसम्म घरभित्रै कैद राखेकी छु । अर्को क्वारेन्टाइन अवधि(चौध दिन) अझै पार गर्नुछ । मेरो परिवारका मेरा सबै प्रियजन सुरक्षित र स्वस्थ छौं । तर, हामी सबै जना मानसिक पीडा भोगिरहेका छौं । रोग एउटा राक्षस जस्तै रहेछ । अझै यो राक्षसले एक वा दुई साता शिखर आरोहण गर्न सक्छ, कुनै टुङ्गो छैन ! हरेक दिन हामी समाचार सुन्छौं –कतिबेला सुखद् समाचार त कतिबेला दुःखद् ! कति बेला हामीसँग सम्बन्धित त कतिबेला असम्बन्धित ! तथापि बसन्तको आगमन हुँदैछ । यो लडाईमा विजय हासिल गर्न प्रतिस्पर्धा गरिरहेका छौं । बसन्तको फूल फुल्ने आशा मनभित्र साँचेर हामी कुरिरहेका छौं ।
८ फेब्रुअरी २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *