भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, २८ माघ । ‘खोकना, बुङमति बचाऔँ, सांस्कृतिक सम्पदा जोगाऔँ’ भन्ने नाराका साथ खोकना, बुङमतिवासीले ललितपुरको जावलाखेलदेखि काठमाडौँ माइतीघर मण्डलासम्म जुलुस प्रदर्शन गरे ।
प्रदर्शनपछि माइतीघर मण्डलामा भएको बृहत्सभामा जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डङ्गोलले ओली सरकारले विभिन्न योजना लागू गर्न स्थानीयको ६० प्रतिशत जग्गा हडप्ने सरकारी प्रयास सफल हुन दिने छैनौँ भन्नुभयो ।
जनसरोकार समिति बुङमतिका अध्यक्ष अष्टबहादुर महर्जनले बुङमति–खोकना हजारौँ वर्ष पुरानो सांस्कृतिक र धार्मिक बस्ती भएको ठाउँ हो, यस्तो ऐतिहासिक बस्ती विनास हुने गरी फास्टट्रयाक (दु्रतमार्ग) लगायतका योजना ल्याई उठीबास गर्न लागेको हुँदा ओली–दाहाल सरकारको विरुद्ध हामी सङ्घर्षमा उभिएका हौँ भन्नुभयो ।

सरोकार समितिकै सदस्य महेन्द्र ब्रह्माचार्यले भन्नुभयो, “देशमा सन्तुलित विकास गर्न देशका विभिन्न पहाड र तराईका क्षेत्रहरूमा आवश्यक विकास गर्नुपर्दछ । विदेशी दलालहरूको सक्रियतामा एमसीसीको अवधारणा ल्याई देशलाई परनिर्भरतातर्फ लगिँदै छ ।
कार्यक्रममा राजवीर डङ्गोलले विकासको नाउँमा नेपाल सरकारले विनास गर्न खोज्दै छ, राणा, पञ्चले झैँ शासक दलका नेताहरूले देश र जनताको हितविपरीत कार्य गरिरहेका छन्, सरकारमा जाने पार्टीलाई मत दिने उपत्यकावासीले बेलैमा सोच्न सकेनन् भने देश बर्बाद हुनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकाको कृषिभूमि संरक्षण गरी एक सांस्कृतिक केन्द्रको रूपमा राख्नुपर्दछ । गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था मिलाई मोहियानी हक सुरक्षित गर्नुपर्दछ ।”
बोसीखलका गोपालकृष्ण महर्जन (पुनवार) ले मछिन्द्रनाथको जात्रा जोगाउन रथ निर्माणको लागि चाहिने सबै काठ गोदावरीबाट रुख काटेर ल्याई सेवा गरिरह्यौँ, हामीलाई नै मोहीयानी हक नदिई फास्टट्रयाकको नाममा यो अत्याचारी सरकारले जग्गा खोसेर जीवन कष्टकर बनाउने काम गरेको बताउनुभयो ।

सरोकार समितिका सदस्य नरेश महर्जनले खोकना–बुङमतिका जनताको उठिबास हुने कामलाई कसरी विकास भन्ने ?, आज खोकना–बुङमतिवासीलाई उठाउँछ भोलि सम्पूर्ण उपत्यकावासीलाई उठाउन के बेर भनी प्रश्न राख्नुभयो ।
सरोकार समिति खोकनाका कृष्णभक्त डङ्गोलले खोकना–बुङमतिको जग्गा, संस्कृति, सम्पदा संरक्षण गरी विकास कार्य गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा डा. महेशमान श्रेष्ठले सरकारले उपत्यकावासीलाई दबाउँदै छ, उपत्यकामा भक्तपुर नगरले गरिरहेको राम्रो कार्यको अनुसरण अरु नगरपालिकाले पनि गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा स्थानीय वयोवृद्ध तुयु महर्जन, ज्यापू समाजका सविना महर्जन, हली नेवाः गुठीका शान्तप्रकाश श्रेष्ठ, ज्यापू महागुठीका अध्यक्ष राजभाइ जकमी, उपत्यका सडक विस्तार सङ्घर्ष समितिका सुमन सायमी, असोज महर्जन, श्रीकृष्ण महर्जन, विद्या श्रेष्ठ, सुरेश महर्जन, रवीन्द्र श्रेष्ठ, यादवलाल कायष्ठलगायतले फास्टट्रायक योजना खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply