भर्खरै :

वर्गसङ्घर्ष त्याग्ने पनि कम्युनिस्ट !

– आस्था गुरुङ
नेकपा (मओवादी) ले २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध’ सुरु ग¥यो । आमूल परिवर्तनको निम्ति गरिएको त्यो ‘जनयुद्ध’ १० वर्ष चल्यो । तर, जनयुद्ध असफल भयो या बलिदानमा टुङ्गियो । पछि नेकपा (माओवादी) ले सरकारसामु आत्मसमर्पण ग¥यो । ‘सशस्त्र सङ्घर्ष’ गरेको माओवादीले क्रान्तिकारी बाटो छोड्यो र संसदीय पुँजीवादमा फस्यो । ‘जनयुद्ध’ का कति हातहतियार सरकारसमक्ष बुझाइयो । देश, काल र परिस्थिति तयार नहुँदै ‘जनयुद्ध’ सुरु गरिएको हुँदा असफल भएको हो । नेकपा (माओवादी) को ‘जनयुद्ध’ हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुकूल थिएन । सङ्घर्ष गर्नुअघि नै माओवादीले त्यसबारे अध्ययन गर्नुपर्ने थियो । त्यो पनि भएन या गरिएन । अन्ततः माओवादीको दसवर्षे युद्ध असफल भयो ।
युद्ध असफल हुनसक्छ । तर, युद्ध असफल हुँदैमा कुनै पनि कम्युनिस्ट पार्टीले सङ्घर्षको बाटो छोड्दैन, छोड्नु हुँदैन । हारेको सिपाहीँ झन् राम्रोसित लड्छ भनेझैँ आगामी सङ्घर्षका निम्ति पूर्वाधारहरू तयार गर्दै जानुपर्ने हो । विगतको कमी कमजोरी औँल्याएर वर्गीय भावना विकास गर्दै जानुपर्ने हो, जनतालाई कम्युनिस्टको सिद्धान्त र विचारबाट दीक्षीत गर्दै जानुपर्ने हो । जनयुद्ध छेडिसकेको दलले क्रान्तिकारी विचार छोड्यो, वर्गसङ्घर्षको भावना त्याग्यो । यो विडम्बनाको विषय हो । माओ विचारधारा छोडिसकेको एमालेसँग माओवादी मिल्न गयो र कम्युनिस्ट विचारधारालाई ढालमात्रै बनाइरह्यो । माक्र्सवाद र लेनिनवादको मन्त्र जपेर माक्र्सवाद र लेनिनवादअनुसार कुनै सिद्धान्त र विचार आत्मसात नगर्ने एमालेसँग माओवादी विलय भएपछि बनेको नेकपा नाउँमात्रको कम्युनिस्ट पार्टी रह्यो ।
माओवादीले जनयुद्ध छेड्दा प्रहरी चौकीदेखि सैनिक अखडामा समेत धावा बोल्यो । बैङ्क कब्जा गरेर पैसा लुट्यो । धनाढ्यहरूको घरको पैसा र अन्न लुटियो । कतिमाथि शारीरिक आक्रमण गरियो । खेतको बाली लगियो । घर–घरमा गएर सेनामा भर्ना हुन दबाब दिइयो । सेनामा भर्ना नभए घर उडाइदिने र ज्यान लिने धम्की दिइयो । घर–घर र विद्यालय विद्यालयबाट विद्यार्थी र मानिसहरु युद्धमा जबरजस्ती लगिए । उनीहरुले युद्धमा सर्वसाधारण जनता अघि सारे । यसको कारण सर्वसाधारण जनताको धेरै ज्यान गयो । लुटेको या कब्जा गरेको सम्पति केही व्यक्तिहरूको हातमा प¥यो । लुटेको धनसम्पतिबारे पार्टीभित्र विवाद भयो । अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन गरियो । समितिको प्रतिवेदन नआउँदै त्यो विवाद त्यसै सेलायो । यसरी जनयुद्ध छेडेका माओवादीका नेताहरू आज सिंहासनमा छन् । जनयुद्धको सावाँ व्याज लिएर माओवादी नेताहरूले नेकपा भएर देशको राजस्वमा रजाइँ गरिरहेका छन् । कम्युनिस्टको सिद्धान्त र विचार थाती राखेर पुँजीवादी राजनीतिमा हामफालेका छन् । शोषितपीडित जनतालाई भर्याङ्ग बनाएर माओवादीले पुँजीपति वर्गको पक्षपोषण गरिरहेको छ । यो जनतामाथिको विश्वासघात हो । ‘जनयुद्ध’ वर्षाको भेलले बगायो या चैते हुरीले उडायो ? ‘जनयुद्ध’ परिवर्तनको निम्ति होइन सत्तास्वार्थको निम्ति रहेछ भन्ने थाहा भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *