भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसमा साहित्यिक तथा खेलकुद सप्ताह

भक्तपुर, १ फागुन । स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा रचनात्मक, साहित्यिक तथा खेलकुद सप्ताह २०७६ को दोस्रो दिन पनि विभिन्न खेलहरू चालू रहेको छ । बुधबार सम्पन्न छात्र टेबुलटेनिसको फाइनल खेलमा सुमन खड्कालाई ३–१ सेटले पराजित गर्दै प्रसाद अवाल प्रथम भएका छन् भने प्रमोद दुवाल र सोनम ठिमी संयुक्तरूपमा तृतीय भएका छन् ।
छात्रा टेबुलटेनिसको फाइनल खेलमा रीया सुवाललाई २–० सेटले पराजित गर्दै सगुन बलामी प्रथम भएका छन् भने रसा गोसाई र लेजिता मुनंकर्मी संयुक्तरूपमा तृतीय भएका छन् ।
बुद्धिचाल प्रतियोगितामा चिरञ्जीवी भट्टराई प्रथम, आयन गौतम द्वितीय, रञ्जन कुसी र अजय पौडेल संयुक्तरूपमा तृतीय भएका छन् । ब्याडमिन्टनतर्फ क्वाटर फाइनलसम्मका खेलहरू सम्पन्न भएका छन् । बुधबारदेखि सुरू भएको सप्ताहमा १५ विधाका खेल समावेश भएका छन् । खेल सप्ताह फागुन ६ गतेसम्म चालू रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *