भर्खरै :

लेनिन कथा – १, नौलो मान्छेको बालापन

 मरिया प्रिलेजायेभा
(मजदुर दैनिकको यो शनिबारीय अङ्कदेखि हामीले विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ धारावाहिक रूपमा प्रस्तुत गर्दै छौँ । यो पुस्तक लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।)
किन लेखियो यो पुस्तक ?
…तेस्रो दशकको कुरा हो  । दुई वर्ष म पेरेयास्लाभ जिल्लाको एक सानो गाउँको स्कूलमा शिक्षिका थिएँ । नजिकै नदीको अग्लो तटमा गोर्की गाउँ थियो । गाउँमा उद्योगपति गागशिनको एउटा सानो घर थियो । यहीँ सन् १८९४ मा भ्ला.इ. लेनिनको “‘जनताका मित्र’ को हुन् र उनीहरू सामाजिक जनवादीहरूविरुद्ध कसरी लड्छन्” नामक पुस्तक छापिएको थियो ।
यसबारेमा मलाई एकजना पुराना स्थानीय शिक्षकले बताए । उनले सन् १८९४ मा चौबीस वर्षीय लेनिनलाई देखेका थिए । त्यसबेला लेनिन गोर्की गाउँ आएका थिए ।

मैले धेरै समयसम्म युवा लेनिनका जीवन र क्रियाकलापसँग सम्बन्धित तथ्य, सामग्री र परिस्थितिहरूको अध्ययन गरेँ । लेनिनले पिटर्सवर्गमा ‘मजदुर वर्गको मुक्तिको लागि सङ्घर्ष गर्ने लीग’ को स्थापना कसरी गरे भन्ने नै मेरो पहिलो पुस्तक ‘आरम्भ’ को विषयवस्तु थियो । त्यो लीगपछि रूसी सामाजिक–जनवादी पार्टी हुँदै रूसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) बन्यो । आफ्नै नाकमुनि लेनिन र उनका साथीहरूले आफ्नो र पुँजीवादी व्यवस्थाको विरुद्ध सङ्घर्ष चलाएको निश्चय नै जारशाही सरकारले सहन सक्दैनथ्यो । लेनिन र उनका धेरै साथीहरूलाई गिरफ्तार गरियो, जेलमा कोचियो र टाढा साइबेरियामा निर्र्वासित गरियो ।

शिक्षकले बताए, “यहाँ हामी भोजकारूखहरूले घेरिएको गोरेटोमा हिँड्डुल गथ्र्यौँ । यहाँ बेञ्चमा भ्लादीमिर इल्यीच आफ्ना विद्यार्थी साथी गानशिनसँगै बस्थे । गानशिनले पुस्तक पनि छाप्थे…”
त्यस पुस्तकमा खास कुरा के थियो ? सबै कुरा थियो । विशेषगरी अन्तिम निष्कर्ष, जुन एक प्रकारको भविष्यवाणी थियो । लेनिनले लेखेका थिए, “…रूसी मजदुरहरूले सबै जनवादी तत्वहरूको नेतृत्व गर्दै तानाशाहीलाई उल्टाउनेछन् । साथै सबै देशका सर्वहाराहरूको नेतृत्व गर्दै रूसी सर्वहारा वर्गलाई खुला राजनीतिक सङ्घर्षको सीधा बाटोमा कम्युनिस्ट क्रान्तिको विजयतर्फ लैजानेछन् ।”
यो मेरो युवाकालको पहिलो असाधारण र अत्यन्त प्रभावकारी अनुभव थियो ।
मैले धेरै समयसम्म युवा लेनिनका जीवन र क्रियाकलापसँग सम्बन्धित तथ्य, सामग्री र परिस्थितिहरूको अध्ययन गरेँ । लेनिनले पिटर्सवर्गमा ‘मजदुर वर्गको मुक्तिको लागि सङ्घर्ष गर्ने लीग’ को स्थापना कसरी गरे भन्ने नै मेरो पहिलो पुस्तक ‘आरम्भ’ को विषयवस्तु थियो । त्यो लीगपछि रूसी सामाजिक–जनवादी पार्टी हुँदै रूसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) बन्यो । आफ्नै नाकमुनि लेनिन र उनका साथीहरूले आफ्नो र पुँजीवादी व्यवस्थाको विरुद्ध सङ्घर्ष चलाएको निश्चय नै जारशाही सरकारले सहन सक्दैनथ्यो । लेनिन र उनका धेरै साथीहरूलाई गिरफ्तार गरियो, जेलमा कोचियो र टाढा साइबेरियामा निर्र्वासित गरियो ।
लेनिनले लगभग तीन वर्ष बिताएको ठाउँमा म गएँ । शूशेन्स्कोये गाउँ शूशाको तटमा, महान् साइबेरियाली नदी येनिसेईनिर पर्छ । क्षितिजनजिकै सायानको भव्य हिउँले ढाकेको पर्वत श्रृङ्खला देख्न सकिन्छ । लेनिन हिँडेका सबै बाटा र गोरेटा मैले देखेँ । मैले शूशेन्स्कोयेमा लेखेका उनका सबै किताब र लेख पढेँ र स्तब्ध भएँ । निर्वासनमा लेनिनले कति धेरै, कति भव्य काम गरेका थिए । पार्टी स्थापनाको योजना उनले त्यहीँ बुनेका थिए । पार्टी स्थापनाको लागि सबैभन्दा पहिला अवैध पार्टी मुखपत्र निकाल्ने चाँजोपाँचो मिलाउन जरुरी थियो ।
मैले लेनिनको शूशेन्स्कोये निर्वासनको बारेमा एक पुस्तक लेखेँ । तर, समग्र निवार्सन अवधिको बारेमा लेखिनँ । मैले त्यसको नाम ‘असाधारण वर्ष’ राखेँ । त्यसमा निवार्सनको केवल एक वर्षको वर्णन गरिएको थियो । तर, कस्तो वर्ष ? श्रम, सिर्जना र योजनाको दृष्टिले जोकोहीलाई चकित पार्ने वर्ष ¤ त्यो वर्ष औधी सुखद पनि थियो किनकि त्यसैबेला उनीसँग उनकी पत्नी नदेज्दा कोन्स्तान्तिनोभ्ना ‘क्रुप्सकाया’ पनि बस्न थालेकी थिइन् । उनी पनि क्रान्तिकारी थिइन् र सरकारद्वारा निर्वासित थिइन् । साथै औधी आकर्षक, शालीन र बुद्धिमान पनि थिइन् । त्यस पुस्तकमा मैले यी सबै विषयमा लेखेकी थिएँ ।
उदात्त क्रान्तिकारी क्रियाकलाप, विचार र भावनाले अति मोहित पारेकोले उनको जीवनबाट मैले आँखा तर्काउन सक्थिनँ । तब मैले अर्को एउटा पुस्तक लेखेँ । त्यो पुस्तक निर्वासनपछि लेनिनले विख्यात पत्रिका ‘इस्क्रा’ को प्रकाशनको तयारी कसरी गरे भन्ने विषयमा थियो । त्यस पुस्तकको नाम थियो – ‘तीन शान्त साता’ । लेनिन प्रवास जानुभन्दा अघि क्रुप्सकायासँग भेट्न उफा गएका थिए । उनले तिनताका त्यहाँ आफ्नो निर्वासनको बाँकी समय बिताइरहेकी थिइन् ।
के लेनिनले विश्राम खोजिरहेका थिए ? वा शान्ति ? होइन । “अमनचैन त हामीले सपनामा मात्रै पाइन्छ…” काम, काम, सधै काम । पार्टीको लागि, जनताको लागि, क्रान्तिको लागि । सधैँ सबैतिर । निष्क्रिय बस्नु लेनिनको स्वभाव थिएन ।
यसरी मैले आफ्नो मुख्य पुस्तक ‘लेनिन कथा’ लेख्नुभन्दा पहिले लेनिनको बारेमा तीनवटा पुस्तकहरू लेखेँ ।
‘लेनिन कथा’ लेख्नुअघि म धेरैचोटि अनिश्चयको शिकार बनेँ । यी महान् विभूतिको जीवन–कथालाई पूरा न्याय गर्नसक्नेछु कि छैन अथवा यस कार्यका लागि म समर्थ छु कि छैन भनेर डराएँ ।
मैले आफ्ना मित्र, सम्पादक, वैज्ञानिक र पार्टी नेताहरूको सुझावबाट धेरै सहायता पाएँ । मैले साथीहरूको सहायताको अनुभव गरेँ । सबैभन्दा महत्वपूर्ण त, लेनिनको जीवनको बारेमा निष्ठापूर्वक सरल शैलीमा लेखिएको पुस्तकको एकदम खाँचो छ भन्ने कुरा मलाई थाहा थियो । यसरी यो पुस्तक प्रकाशमा आयो ।
खुसी
भोल्गा नदीको किनारमा अवस्थित शान्त सहर सिम्वीस्र्कमाथि बादलसँगै आकाश गड्गडाइरहेको थियो । सहर नजिकै भोल्गा नदी पूरै मोडिएको थियो । जमेको बरफ केही समय पहिले पग्लिएको थियो । भोल्गामा जहाज गइरहेको थियो ।
“सेतो जहाज, सेतो जहाज, तिमी कहाँ जाँदै छौ ?”
सिम्वीस्र्कमा वसन्त आएको थियो ।
सडक र बगैँचामा चराचुरुङ्गी चिर्बिराइरहेका थिए । हावा रूखका हाँगाहरूसँग खेलिरहेको थियो । चारैतिर चहलपहल र खुसीको माहोल थियो ।
उल्यानोभ परिवारमा पनि खुसीको वातावरण थियो । उनको घर नदीको किनारबाट नजिकै थियो । घरका झ्यालहरू चर्को घामको कारण चम्किरहेका थिए । नदीतिरबाट जहाजका हरनको आवाज आइरहेको थियो ।
आमा डाँडीमा झुकिन् । डाँडीमा एक नवजात शिशु सुतिरहेको थियो । उनको ममता शिशुमाथि बर्सिरहेको थियो । यसै क्रममा उनले सोच्न थालिन् – मेरो सन्तान ठूलो भएर के बन्छ होला ? कस्तो होला यसको भविष्य ? त्यसैबेला पिता इल्या निकोलायेभिच कोठामा प्रवेश गरे ।
“माशेन्का ¤ कस्तो छ, मेरो माशा ?” उनले सोधे । बुबाको पछि–पछि ठूली छोरी अन्युता र छोरा साशा पनि कोठामा पसेका थिए । काला आँखा र घुम्रिएको कपाल भएकी अन्युता छ वर्षकी थिइन् र साशा चार वर्षका थिए । मायालु नजरले हेर्दै उनीहरू डाँडीनजिक आए ।
“तिमीहरूको भाइ जन्मिएको छ ।” बुबाले उनीहरूलाई बताए ।
“नाम के राखिदिनु भयो त ?” आफ्नो सानो भाइलाई हेर्न औँलाको भरमा उचालिएर साशाले सोधे ।
“भोलोद्या नाम राखौँला,” आमाले भनिन् ।
यसरी १८७०, अप्रिल २२ तारिखका दिन भोल्गा नदीको किनारमा अवस्थित सिम्वीस्र्क सहरमा एक नयाँ मानव, भ्लादीमिर उल्यानोभको जन्म भयो । उनलाई पछि गएर महान् ‘लेनिन’ बन्नु थियो ।
शरद्का साँझहरू
वर्षहरू बित्दै गए र भोलोद्या पनि ठूलो हुँदै गए । उनी जन्मेको आठ वर्ष पूरा भइसकेको थियो । अब भने डाँडीमा मन्याशा सुतिरहेकी थिइन् । हजुर, भोलोद्या जन्मिएपछि ओल्या र मित्या पनि जन्मिसकेका थिए । अन्युता, साशा, भोलोद्या, ओल्या, मित्या, मन्याशा, बुबा र आमा । यसरी परिवार ठूलो बनेको थियो ।
अन्युता र साशा स्कूल जान्थे । भोलोद्याको लागि घरमै ट्युशन लगाई गणित र लेखपढ गर्न सिकाउने व्यवस्था मिलाइएको थियो । कहिलेकाहीँ आमाले पढाउँथिन् । उनलाई विभिन्न किसिमका रोमाञ्चक कथा थाहा थियो । गर्मी हुने र चिसो हुने देशका कथा, आल्पस पहाडमा भड्किएको बटुवालाई सेन्ट वर्नाड कुकुरले कसरी बचाएको थियो भन्ने कथा । रूसमाथि नेपोलियनको हमलाको कथा र भोरोदिनोको लडाइँको कथा… ।
शरद् ऋतुका साँझहरूमा आमाले आफ्ना नानीबाबुलाई सुनाउने कथाहरू गन्न पनि सम्भव नहोला । भोलोद्यालाई ती साँझहरू, आमाको स्वर र किताबका पाना पल्टाउँदाको सरसराहट धेरै मनपथ्र्यो ।
शरद् आफ्नो यौवनमा छँदा नयाँ वर्ष नजिकिँदै थियो र साँझहरू अझै रोमाञ्चक बने । मझेरीमा रङ्गीबिरङ्गी कागजहरूको भरमार थियो अनि बच्चाहरूले विभिन्न किसिमका खेलौना बनाइरहेका थिए । बच्चाहरूको हल्ला–खल्ला बुबाको कोठासम्म नपुगोस् भनेर इल्या निकोलायेभिचले आफ्नो कोठाको ढोका कसेर बन्द गरिन् ।
गुलाबी, नीलो, सुनौलो र पहेँलो रङले बनेको कागजका सिक्री बच्चाहरूको हातमा देख्न सकिन्थ्यो । अब केही बेरमै नयाँ वर्षको लागि सजाइएका रूखका बत्तीहरू जग्मगाउँदै थिए ।
“जाउँ नयाँ वर्षकोे रूख हेर्न जाउँ,” भोलोद्याले भने ।
“हो, हो जाउँ,” ओल्या तुरुन्तै तयार भइन् । फुच्चे मित्या पनि कुर्सीबाट झरेर उभिए र भने, “म पनि जान्छु ।”
“सबैले एक अर्काको हात समात,” अन्युताले भनिन् । अँध्यारो कोठा रहस्यमय र जादुमय देखिन्थ्यो । झ्यालमा बनेका बुट्टाहरूको बीचबाट चन्द्रमा देखिन्थ्यो र भुइँमा चन्द्रमाका सेता धब्बाहरू देखिन्थे ।
नयाँ वर्षको रूखले ठिङ्ग उभिएर पन्जाजस्ता फैलिएका आफ्ना हाँगाहरूबाट मीठो बास्ना छरिरहेको थियो ।
“जाउँ, सबैले घरको चक्कर लगाउँ,” भोलोद्याले फेरि खेल्ने नयाँ तरिका सुझाए ।
थाहा छैन किन, एकाएक सबैजना चुप लागे । आज घर केही नयाँजस्तो, असाधारणजस्तो लागिरहेको थियो । तर, त्यो घर साँच्चिकै नयाँ थियो । उल्यानोभ परिवार केही दिनअगाडि मात्र उक्त घरमा सरेको थियो । सानो गल्लीमा पर्दापछाडि आमाको कोठा थियो । त्यहाँ आलमारीमाथि राखिएको दियोले मन्द–मन्द उज्यालो छरिरहेको थियो । डाँडीमा मन्याशा सुतेकी थिइन् । बच्चाहरू बिस्तारै डाँडीको अगाडिबाट लम्के । भ¥याङ्गबाट दोस्रो तलामा पुगे । त्यहाँ उनीहरूको कोठा थियो । यहाँ चन्द्रमा अझै तेज चम्किरहेजस्तो लाग्थ्यो । झ्यालका शिशामा बनेका बरफका फूल छतिवनका पातजस्ता देखिन्थे ।
बच्चाहरूले एक अर्काको हात नछोडिकन सबै तलाको चक्कर लगाए र भ¥याङ्गबाट तल ओर्ले । ठीक त्यसै बेला बुबाको कोठाको ढोका खुल्यो । “त्यसो भए, यहाँ छ हाम्रो फौज ¤” खुसी हँुदै तल झुकेर बुबाले बच्चाहरूलाई आफ्नो अँगालोमा बाँधे । उनले देखे, बच्चाहरू कुनै सोचमा डुबिरहेका छन् । कसेर एक–अर्काको हात समातिरहेछन् । इल्या निकोलायेभिचलाई बोलोद्याको आह्वानमा बच्चाहरूले घरको चक्कर लगाउने खेल खेलिरहेछन् भन्ने थाहा थिएन । तर, पनि केही सोचेर उनले स्नेहपूर्वक भने ः
“बस, सधैँ यसै गरी मिलीजुली रहनू मेरा प्यारा बच्चाहरू ।”
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *