भर्खरै :

मोदीको भारतमा ट्रम्पको सवारी

राजन
सन्दर्भ अलि पुरानै हो । भक्तपुरका दुई निजी विद्यालयका दुई प्रिन्सिपलहरूको कुरा । उनीहरू एक किसिमले ‘लङ्गौटिया यार’ जस्तै थिए । सा¥है मिल्ने ¤ एकअर्कालाई आफ्नो विद्यालयमा हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्ने । एक खालको गजबको समझदारी थियो उनीहरूबीच, प्रमुख अतिथि भएर गएको प्रिन्सिपलले कार्यक्रममा आमन्त्रण गर्ने प्रिन्सिपलको तारिफको वर्षा गर्ने । उनीहरूलाई एउटा कुरा राम्ररी थाहा थियो–आफ्नो प्रशंसा आफै गर्नु स्वाभाविक हुँदैन, प्रशंसा भनेको अरूले गरिदिएको राम्रो । आफ्नो विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीबीच आफ्नो प्रशंसा अरू कसैले गर्दा त्यसको मज्जा बेग्लै हुँदो हो ।

यी प्रिन्सिपलहरूको नाटकजस्तै भइरहेको छ–ट्रम्पको भारत भ्रमण र मोदीको अमेरिका भ्रमण । भर्खरैमात्र अमेरिकामा महाअभियोगबाट फुत्कन सफल र आफ्नो देशको स्वार्थमा भन्दा आगामी राष्ट्रपति चुनावमा भारतीय मूलका अमेरिकीहरूको मतको आशमा ट्रम्प भारत आएका छन् । यसैगरी गत वर्ष मोदीले अमेरिकाको ह्यस्टन भ्रमणताका खुलेआम ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै ट्रम्पको खुलेर प्रशंसा गरेका थिए । मोदीलाई स्वागत गर्ने उक्त कार्यक्रमको नाम नै ‘हाउडी मोदी’ (तपार्इँलाई कस्तो छ, मोदी) राखिएको थियो । माथिका प्रिन्सिपलहरूको स्वभावसँग मेल खाने गरी अहिले मोदीले भारतको गुजरातमा ट्रम्पलाई स्वागत गर्दै छन् । पूर्णरूपमा निर्माण कार्यसमेत सम्पन्न भइनसकेको ‘संसारको सबभन्दा ठूलो’ भनेर प्रचार गरिएको मोटेरा क्रिकेट रङ्गशालामा सोमबार ट्रम्पको स्वागत समारोह भयो ।

प्रायोजित अनेक फूलबुट्टा भरिएका शब्दको वर्षात् गरेर सबैको अगाडि आमन्त्रित प्रिन्सिपलले आयोजक प्रिन्सिपल साथीको प्रशंसा गरिदिन्थे । यसबाट आफ्ना स्टाफ र विद्यार्थीबीच प्रिन्सिपल अति नै प्रतिभावान, ज्ञानी र विद्वान भएको आभाष गराउँथे । विद्यार्थीहरू आफ्नो प्रिन्सिपलको विद्वताप्रति गर्व गर्थे भने स्टाफहरू आफ्नो हाकिमको बौद्धिकताप्रति आदरभावले शिर निहुराउँथे । यसरी प्रमुख अतिथिको रूपमा पालैपालो एकले अर्कोलाई आफ्नो विद्यालयमा आमन्त्रण गरेर प्रायोजित प्रशंसा गराउने यिनीहरूको नाटक चलिरहन्थ्यो ।
यी प्रिन्सिपलहरूको नाटकजस्तै भइरहेको छ–ट्रम्पको भारत भ्रमण र मोदीको अमेरिका भ्रमण । भर्खरैमात्र अमेरिकामा महाअभियोगबाट फुत्कन सफल र आफ्नो देशको स्वार्थमा भन्दा आगामी राष्ट्रपति चुनावमा भारतीय मूलका अमेरिकीहरूको मतको आशमा ट्रम्प भारत आएका छन् । यसैगरी गत वर्ष मोदीले अमेरिकाको ह्यस्टन भ्रमणताका खुलेआम ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै ट्रम्पको खुलेर प्रशंसा गरेका थिए । मोदीलाई स्वागत गर्ने उक्त कार्यक्रमको नाम नै ‘हाउडी मोदी’ (तपार्इँलाई कस्तो छ, मोदी) राखिएको थियो । माथिका प्रिन्सिपलहरूको स्वभावसँग मेल खाने गरी अहिले मोदीले भारतको गुजरातमा ट्रम्पलाई स्वागत गर्दै छन् । पूर्णरूपमा निर्माण कार्यसमेत सम्पन्न भइनसकेको ‘संसारको सबभन्दा ठूलो’ भनेर प्रचार गरिएको मोटेरा क्रिकेट रङ्गशालामा सोमबार ट्रम्पको स्वागत समारोह भयो । समारोहमा ट्रम्पले मोदीको प्रशंसाको वर्षा गरे । हुन त भ्रमणअघि नै ‘मोदी एक कुशल र असल राजनीतिज्ञ’ भनेर ट्रम्पले बखान गरिसकेका छन् ।
कार्यक्रमको नाम ‘नमस्ते ट्रम्प’ र ‘केम छो ट्रम्प’ राखिएको थियो । गुजराती भाषामा ‘केम छो ट्रम्प’ को अर्थ ‘तपार्इँलाई कस्तो छ, ट्रम्प’ हो । तर, यसबाट गैर गुजराती भारतीयहरू रुष्ट बनेका छन् । ‘हाउडी मोदी’ कै अनुसरणमा मोदीले गुजरातमा ‘केम छो ट्रम्प’ भनेर कार्यक्रम राखेर पुरै गुजरातलाई सम्पूर्ण भारतको प्रतिनिधित्व गराउन खोजिएका छन् । त्यसरी नै मोदी अमेरिका जाँदा तात्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘केम छो’ भनेर मोदीलाई सोधेका थिए । मानौँ गुजराती भाषा नै भारतको प्रमुख भाषा हो । अहिले भारतीयहरू मोदी गुजरातको प्रधानमन्त्री कि भारतको भनेर व्यङ्ग गर्दै असन्तुष्टि व्यक्त गर्दै छन् ।
धुर्त मोदीको व्यवहारले एउटा घटना याद हुन्छ । अदालत परिसरमा काम गर्ने एकजना दलालले आफ्नो ग्राहकको विश्वास जित्नको निम्ति न्यायाधीशसँग राम्रो सम्बन्ध भएको पुष्टि गर्न ऊ सधैँ न्यायाधीश अदालत आउने समयमा ढुकेर बस्थ्यो । जब न्यायाधीश अगाडि बढ्थ्यो ऊ नजिकै गएर नमस्कार गर्दै केही बोलेको जस्तो अभिनय गथ्र्यो । अलि पर बसिरहेको ग्राहकलाई यही दृश्य देखाएर मुद्दा जिताइदिने भनेर रकम हात पाथ्र्यो । अदालतका तिनै दलालजस्तै लाग्छ मोदीको व्यवहार । विदेशका शक्तिशाली नेताहरूसँग राम्रो पकड भएको भारतीय जनतालाई देखाउन मोदी यस्ता अनेक नौटङ्की गर्छन् र भन्छन्–“विश्वमा भारतलाई कसैले वास्ता गर्दैनथ्यो । तर मेरो कारणले अहिले विश्वमा भारतको प्रतिष्ठा बढेको छ र भारत विश्वको गुरु बन्दै छ ।” थुप्रै भारतीयहरू मोदीका यस्ता गफमा आत्मरति लिइरहेका छन् ।
ट्रम्पको भारत भ्रमणमा चीनको पर्खालभन्दा पनि निकै चर्चित भएको छ–भारतको गुजरातमा हालैमात्र बनेको पर्खाल । वास्तवमा मोदी सरकार ट्रम्पलाई तथाकथित विकसित गुजरातको गरिबी लुकाउन चाहन्थ्यो । गरिबी हटाउन नचाहे पनि गरिबी लुकाउन चाहिँ माहिर छन्, मोदी । बाटो छेउछाउका थुप्रै झुपडी छोप्न मोदीले पर्खाल लगाउन लगाए । नयाँ बनेको पर्खालको कारणले बहुचर्चित गुजरात मोडेल भनेर खुब प्रचारप्रसार गरिएको नरेन्द्र मोदीको गृह राज्य गुजरातको राजधानी अहमदावादका झुपडपट्टि ट्रम्पले देख्न पाउने छैनन् । तर, उनले मोदीको झुपडपट्टि हेर्न चियाउने छन् वा इराकमा गरेको हवाई हमलामा प्रयोग गरिएको ड्रोनको सहयोग लिनेछन् ।
एक भारतीय अधिकारीका अनुसार उक्त पर्खाल सुरक्षाको कारणले बनाएको हो, झुपडपट्टी लुकाउन होइन । उनी यसलाई सहर सौन्दर्यकरणको अभियानअन्तर्गत पर्ने भनेर बचाउ गरिरहेका छन् । कारण जेसुकै भए पनि ४ सय मिटर लामो पर्खालको कारणले झुपडीमा बस्ने ८ सय परिवारले ट्रम्पको सान्दार भ्रमण देख्न पाउने छैनन् । मोदी सरकारले जनताले तिरेको करलाई गरिबी हटाउन खर्च नगरिकन गरिबी लुकाउन दुरूपयोग गरिरहेको छ भनेर मोदीका आलोचकहरूले भनिरहेका छन् । गरिबी र झुपडी भारतीय जनताको ‘विशेषता’ हो । यसलाई मोदी सरकारले लुकाएर लुक्ने होइन किनभने भारतको कुल जनसङ्ख्यामा करिब ५ प्रतिशत भारतीयहरू यस्तै झुङ्गी झोपडीमा बस्छन् । कोही कोही महिला हुन्छन् नि मेकअप नगरिकन कहीं नजाने तर स्वाङ्ग पारेर भन्ने, “मान्छेको सौन्दर्य बाहिरी रूपबाट होइन, भित्री मनबाट हुनुपर्छ ।” गरिबी हटाउने नारा लगाउने मोदी पनि ती महिलाजस्तै हुन् ।
पर्खालसँग मोदी र ट्रम्प दुवैको अनौठो सम्बन्ध छ । ट्रम्प मेक्सिकोबाट आउने शरणार्थी रोक्न सिमानामा पर्खाल लगाउने प्रस्तावसँगै ‘चर्चित’ भएका थिए भने अब मोदी गरिबी लुकाउन बनाएको पर्खालबाट ‘चर्चित’ भएका छन् ।
भारत भ्रमणको सङ्घारमा मोदीको भनाई उद्र्धत गर्दै ट्रम्प अमेरिकी पत्रकारहरूलाई जानकारी गराउँदै थिए, “गुजरातमा मलाई ६०÷७० लाख जनताले स्वागत गर्ने छन् ।” चाखलाग्दो कुरा के भने अहमदावादको कुल जनसङ्ख्या ५५ लाख छन् । यदि मोदीले ट्रम्पलाई यो कुरा साँच्चै भनेको हो भने मोदी झूट बोल्न कुनै कसर नछोड्ने रहेछन् भन्ने देखियो । अर्कोतिर अमेरिकाको राष्ट्रपति जस्तो व्यक्तिले यस्तो हलुका कुरा गरेर हिँड्ने !
भारतमा एउटा परम्पराजस्तै भएको थियो, कुनै पनि विदेशी पाहुना आउँदा आगरास्थित ताजमहल घुमाउने र पे्रमको प्रतीकको रूप मानिने ताजमहलको नमुना उपहारस्वरूप दिने । तर, मोदी सत्तामा आएदेखि कुनै पनि विदेशी पाहुनालाई उपहारस्वरूप ताजमहलको प्रतीक दिएका छैनन् । यसले मोदी धार्मिक सङ्कीर्णताले ग्रस्त मान्छे भएको प्रस्ट हुन्छ । उनी ठान्छन्, ताजमहल मुसलमानको प्रतीक हो । त्यसैले हिन्दू बहुल भएको देशमा मुसलमानले बनाएको ताजमहललाई किन विदेशीसामु महŒव दिने ? यसपालि ट्रम्प पनि ताजमहल हेर्न जाँदै छन् । मोदीले ट्रम्पलाई के उपहार दिलान् ? कतै बाबरी मस्जिद रहेको ठाउँमा अहिले बन्दै गरेको राम मन्दिरको तस्वीर पो दिने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *