भर्खरै :

‘रोगले होइन, भोकले मर्ने चिन्ता छ’

एकजना साधारण गाडी चालकले गल्ती गर्दा केही यात्रीको ज्यान जान्छ, केही घाइते हुन्छन् । तर, जब देशको राजनीतिक नेतृत्वबाट गल्ती हुन्छ, नेतृत्वले मात्र होइन पूरा देशले दुःख पाउँछ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा देखिएको कहालीलाग्दो दृश्य देख्दा हामी सहजै यो निष्कर्षमा पुग्नसक्छौँ । भारतमा कोभिड–१९ भाइरसको सङ्क्रमण रोक्न भारत सरकारले भारतभर एक्काइस दिनको लागि लक डाउन घोषणा ग¥यो । तर, सरकारले लक डाउन गर्नुअघि करोडौैँको सङ्ख्यामा रहेका आज कमाएर आजै पेट भर्ने श्रमजीवी वर्गले कसरी आफ्नो गुजारा चलाउने हुन् भन्नेबारेमा पुग्दो तयारी गरेन । त्यसकारण दिल्ली सहरमा मात्र रहेका लाखौँ–लाख आप्रवासी मजदुरको निम्ति लक डाउन अर्को विपत्ति बन्यो । दैनिक गुजारा चलाउने बाटो नै बन्द भएपछि मजदुरहरूले भने, “हामी रोगले होइन, भोकले मर्ने भयौँ ।” सरकारले केही स्थानमा निःशुल्क खानाको बन्दोबस्त गर्ने घोषणा ग¥यो । तर, खाना वितरण पनि व्यवस्थित भएन । खाना खान हजारौँ मानिस लामबद्ध हुँदा लक डाउनको मर्यादा मज्जाले भत्कियो ।

कोरोनाको सङ्क्रमणभन्दा भारतीय मजदुरलाई भरे–भोलि के खान्ने भन्ने चिन्ताको कारण लाखौँ मानिस सडकमा निस्कन बाध्य भएका छन् । भारतमा त्यसै पनि सङ्क्रमणको परिधि फैलिरहेको छ । त्यस अवस्थामा लाखौँ मानिस एकै ठाउँमा जम्मा हुनुले सङ्क्रमणको जोखिम अझ बढाएको छ । सरकारले चौतर्फी विचार नगरी आज भारतका जनताको भोकसामु संसारमा महामारी बनेको कोरोना भाइरसको सङ्क्रमण फितलो बनेको छ । कतिपय मानिसले यसलाई मजदुरहरूको अचेतना, मूर्खता आदि भन्नसक्छन् । तर, यसको मुख्य जिम्मेवारी भारत सरकार हो ।

दिल्लीमा कोठा लिएर मजदुरी गरिरहेका मजदुरहरू पनि झन्डै एक महिनाको लक डाउनको कारण चेपुवामा परेका छन् । एक महिना कोठामा बिनाकाम बस्नसक्ने आर्थिक हैसियत नभएका ती गरीब मजदुरहरू  स–परिवार गाउँ फर्किन बाध्य भएका छन् । लक डाउनको कारण सबै सार्वजनिक सवारी साधनसमेत बन्द भएपछि ती मजदुरहरू दिल्लीबाट सयौँ किलोमिटर हिँडेर जान बाध्य भएका छन् । चिचिला नानी र ग¥हुँगो झोला बोकेर ती भारतीय मजदुरहरू रापिलो घाममा सयौँ किलोमिटरको यात्रा गरिरहेका छन् । केही सञ्चारमाध्यमले भारतीय मजदुरहरूको लामो यात्रालाई ‘लङ काराभान इन इन्डिया’ को संज्ञा दिएका थिए । ल्याटिन अमेरिकी मुलुकबाट संरा अमेरिकातिर हिँड्दै गरेका लाखौैँ मानिसको लर्कोलाई पनि सञ्चारमाध्यमहरूले यस्तै उपमा दिएका थिए ।
महामारीविरूद्धको लडाइँ आज संसारकै मूल मुद्दा बनेको छ । नोवेल कोरोना भाइरसको सङ्क्रमण पराजित गर्न आज संसार एकजुट भएर लाग्नुपर्ने अवस्था छ । तर, महामारी रोक्न आवश्यक कदम चाल्ने सरकारहरूले आफ्नो निर्णयले कुन तह र समुदायका जनतामाथि कस्तो असर पार्छ भन्ने विषयमा ध्यान पु¥याउनुपर्ने हो । सरकारले जनताको वस्तुस्थिति नबुझी निर्णय थोपर्दा अरू विकराल समस्या आइपर्छ । लक डाउन आवश्यक कदम थियो भने त्यसबाट प्रभावित बन्ने ठूलो सङ्ख्याका श्रमिक जनताको कसरी उचित व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले पूर्वतयारी गर्नुपर्ने थियो । जनताको दैनिकी नबुझी महलमा बसेर निर्णय थोपर्न खोज्दा आज भारतमा मोदी सरकारले गरेको लक डाउनको निर्णयको परिणाम भने प्रत्युत्पादक बनेको छ । मानिसबाट मानिसमा सङ्क्रमण हुने रोग भएकोले हुलमुलमा नजान सरकारले गरेको सूचना बाध्यतावश भारतीय श्रमिक जनताले उल्लङ्घन गर्नुपरेको छ ।
कोरोनाको सङ्क्रमणभन्दा भारतीय मजदुरलाई भरे–भोलि के खान्ने भन्ने चिन्ताको कारण लाखौँ मानिस सडकमा निस्कन बाध्य भएका छन् । भारतमा त्यसै पनि सङ्क्रमणको परिधि फैलिरहेको छ । त्यस अवस्थामा लाखौँ मानिस एकै ठाउँमा जम्मा हुनुले सङ्क्रमणको जोखिम अझ बढाएको छ । सरकारले चौतर्फी विचार नगरी आज भारतका जनताको भोकसामु संसारमा महामारी बनेको कोरोना भाइरसको सङ्क्रमण फितलो बनेको छ । कतिपय मानिसले यसलाई मजदुरहरूको अचेतना, मूर्खता आदि भन्नसक्छन् । तर, यसको मुख्य जिम्मेवारी भारत सरकार हो । भारत सरकारको कमजोरीको कारण आज भारतीय मजदुरहरू आफ्नो प्राणको माया मारेर सडकको भीडभाडमा आउन बाध्य भएका छन् ।
नेपालमा यो अवस्था आउन नदिन सरकारले समयमै ख्याल गर्नुपर्छ । राजधानी सहरलगायत विभिन्न सहरमा दैनिक ज्यालादारीमा बाँचेका मजदुरहरूको दैनिक जीवनमा लक डाउन आर्थिक मुक्का कसरी हुन नदिने नेपाल सरकारले विचार गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *