भर्खरै :

कोभिड महाव्याधिको अवधिलाई अवसरको रूपमा लिऔँ 

-योगेन्द्रमान बिजुक्छेँ
जीवनमा कुनै पनि बेला सड्ढट आउनसक्छ । त्यस्ता सड्ढटले सामान्य दैनिकीलाई मात्र तलमाथि पार्ने होइन, बरु आफू र परिवारलाई समेत जीवनमरणको दोसाँधमा उभ्याउन सक्छ । त्यस्तो परिस्थितिको लागि तयारी अवस्थामा रहनुपर्छ भन्ने चेतना दिने संस्कार, परम्परा र संयन्त्र न हाम्रो पारिवारिक तहमा छ न शिक्षामा न राज्यसँग यसको कुनै सोच र योजना नै देखिन्छ ।
सड्ढटलाई झेल्ने मानसिक तयारी
गाँस, बास र कपासलाई सामान्य जीवनयापनको आधारभूत कुरा मानिन्छ । यी तीन कुरा प्राप्त गर्दै आफ्नो जीवनलाई सुखमय बनाउनु हरेक सामान्य व्यक्तिको जीवनको उद्देश्य हुने गर्छ । तर, आजका युवा पुस्तामा सुखमय जीवनको नाउँमा विलासी, तडकभडक, देखावटी जीवनशैलीप्रति आशक्ति देखाउन्छ । श्रमप्रति अनादर र चरम द्रव्यमोह उनीहरूको सामान्य चरित्र बनिसकेको देखिन्छ । यस्तो हुनुका धेरै कारणहरू हुनसक्छन् । जस्तैः हुर्काइ, शिक्षादीक्षा, साथसंगत, आर्थिक हैसियत, पारिवारिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमि इत्यादि । यसबाहेक पनि भूमण्डलीकरणसँगै भित्रिएको पाश्चात्य जीवनशैली र उपभोक्तावादी संस्कृति र यसैसँग जोडिएको चरम व्यक्तिवादी प्रवृत्ति प्रमुख कारण हुन् भन्दा अतिसयोक्ति नहोला । ‘जीवन सङ्घर्ष हो’, ‘जीवन अरुको सेवा गर्नु हो’, ‘जीवन समाजप्रति समर्पण हो’, ‘बहुजन हिताय, बहुजन सुखाय’ जस्ता जीवन दर्शन नयाँ पुस्ताको लागि दन्त्य कथा भइसकेको छ । परिणामतः मानव जीवनमा नसोचेका विभिन्न सड्ढटहरू पनि आउन सक्छन् र त्यसलाई पार पाउन सामूहिक प्रयासको आवश्यकता हुन्छ, होइन भने आफ्नै जीवन दाउमा पर्नसक्छन् भन्ने कुराको उनीहरूले हेक्कासम्म राख्न सक्दैनन् । एकाध राजनैतिक परिवारले भोगेका सड्ढट, माओवादी द्वन्द्वकालमा भएका ज्यादतीले सिर्जित सड्ढटलाई छाड्ने हो भने आजको पुस्ताले भोगेको ठूलो सड्ढट भनेको ७२ सालको महाभूकम्पपछिको अन्योलको अवस्था र आज कोभिड–१९ को महाव्याधिले सिर्जित लक डाउनको अवस्था नै हो । जीवनमा कुनै पनि बेला सड्ढट आउनसक्छ । त्यस्ता सड्ढटले सामान्य दैनिकीलाई मात्र तलमाथि पार्ने होइन, बरु आफू र परिवारलाई समेत जीवनमरणको दोसाँधमा उभ्याउन सक्छ । त्यस्तो परिस्थितिको लागि तयारी अवस्थामा रहनुपर्छ भन्ने चेतना दिने संस्कार, परम्परा र संयन्त्र न हाम्रो पारिवारिक तहमा छ न शिक्षामा न राज्यसँग यसको कुनै सोच र योजना नै देखिन्छ ।
नेपालीले युद्ध र गृहयुद्ध झेल्नुपरेको छैन । त्यसैले झिटीझाम्टी, लालाबाला बोकी आफ्नो थातथलो छोडी कष्टकर र लक्ष्यहीन शरणार्थीको जीवन बिताउनुपर्ने अनुभव गर्नुपरेको छैन । मध्यपूर्वका इजरायल र प्यालेस्टाइनका जनताले जस्तै कुन बेला साइरन बज्छ अनि बमबारीबाट बच्न बङ्करमा लुक्न जानुपर्ने हो, त्यस्तो अवस्था भोग्नुपरेको छैन । यस्तै सड्ढटलाई मध्यनजर गरी अझै पनि संसारका धेरै देशहरूले आफ्ना युवालाई निश्चित अवधिको सैनिक तालिम अनिवार्य गर्दै आएका छन् ।

सिरियाली शरणार्थी


तर, समाज र देशमा आउनसक्ने सड्ढटको बारेमा हामी आफ्ना बालबच्चालाई न सचेत गराउँछौँ न तयारी नै । उल्टै सुखसयलमा हुर्काउन खोज्छौँ । फलतः उनीहरू बाउ–बाजेको रगत पसिनाले जोडेको सानो घर–खेतमाथि रजाइँ गर्छन् । जीवनलाई सहजरूपमा लिन्छन् । अङ्ग्रेजीमा भनिन्छ यसलाई ‘टेक फर ग्रान्टेड’(भाग्यमै लेखिएको जस्तो) ।
आधुनिकबाट नवीन आधुनिक युगमा लम्किरहेको समाज अझ जटिल र जोखिमयुक्त हुने तर्क अगाडि राख्दै आएका छन्–चिन्तकहरू । अहिलेको युगमा समाज जोखिमयुक्त हुन्छ भनी जर्मन समाजशास्त्री अलरिक बेकले सन् १९९२ मा प्रकाशित आफ्नो पुस्तक ‘रिस्क सोसाइटी ः टुवार्ड अ न्यू मोर्डननिटी’ मा उल्लेख गरेको कुरा यहाँ स्मरण गर्नु सान्दर्भिक नै हुन्छ । सो पुस्तक बेकले समकालीन मानव समाजको विशेषता र चरित्र के–के हुन् र यो कुन दिशातिर उन्मुख छ भन्ने सिलसिलामा गरिएको विश्लेषण हो । उनका अनुसार विज्ञान र प्रविधिको विकास सँगसँगै आएको आधुनिक युगले मानव जीवनलाई धेरै हदसम्म सहज र सरल त बनायो । तर, यसका सहउत्पादनहरू जस्तै भूमण्डलीय उष्णीकरण अथवा ग्लोबल वारमिङ, जलवायु परिवर्तन, वातावरण विनाशजस्ता घटनाहरूले आजको समाजलाई जोखमयुक्त बनाइदिएको छ किनकि उनी भन्छन्, यी सड्ढटहरू कसरी र कहाँबाट सुरु हुन्छन् र यसको अन्त्य कसरी हुन्छ भन्ने कुराको कुनै निश्चित रोडम्याप(मार्गचित्र) नभएकोले यसको परिणाम भोग्न हामी बाध्य हुन्छौँ ।
यस कुरालाई मनन गर्ने हो भने सड्ढट अवश्यम्भावी छ । यसको सामना गर्न हामी तयार हुनुपर्दछ । नयाँ पुस्तालाई पनि यसबारे सजग बनाउनु हाम्रो कर्तव्य पनि हो ।
लक डाउनलाई सामान्यरूपमा लिआँै
कोभिड १९ भाइरस सङ्क्रमण मानिसबाट मानिसमा हुने भएकोले यस सङ्क्रमणलाई रोक्ने प्रभावकारी उपाय सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले अहिले हामी घरभित्र बन्दी अवस्था अथवा लक डाउनमा छौँ । घरभित्र दुई–तीन हप्ताको समय कसरी बिताउने हो भन्दै सामाजिक सञ्जालमा नानाथरीका कुराहरू सुन्नमा आइसकेको छ । कता–कता सरकारले लादेको नियम भएकोले यसलाई नकारात्मकरूपमा हेरेको पनि पाइन्छ । के हामी यसरी यो महामारीको अवस्था नआउँदा घरभित्र यसरी थुनिएर बस्दैनौँ ? घरभित्र वा कुनै सानो स्थानमा आफूलाई सीमित राख्नु असामान्य होइन । महिला सुत्केरी हँुदा, हामी बिरामी हुँदा, हात खुट्टा भाँचेर प्लास्टर लगाउनुपर्ने अवस्था आउँदा, राजनैतिक कारण वा अन्य कारणले हिरासत र कारागारमा रहनुपर्दा, नजरबन्दमा पर्दा पनि हामी लामो समयसम्म लक डाउनकै अवस्थामा हुन्छौँ । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले २७ वर्ष जेलमा बिताए, म्यान्मारकी नेतृ आन सान सुकीले १५ वर्ष नजरबन्दमा बिताए, विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सरकारका गोप्य दस्तावेज सार्वजनिक गरेका कारण सात वर्ष लण्डनस्थित इक्वेडोरको दूतावासमा नजरबन्द अवस्थामै थिए ।

दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला


‘सतानिक भर्सेज’ कृतिका लेखक सलमान रुज्दी सन् १९८८ देखि अहिलेसम्म भूमिगत अवस्थामै छन् । नेपालमै पनि कैयौँ वर्ष भूमिगत जीवन र कारागार बिताएका राजनैतिक कार्यकर्ता र नेताहरूको सूची लामै छ । बजारमा हामी सामान खरिद गर्न जाँदा देख्छौँ, साहुजीहरू बिहान ६ बजेदेखि बेलुकी ९ -१० बजेसम्म पसलभित्रै बस्छन् । यसरी हेर्दा लक डाउनलाई हाम्रो जीवनको सामान्य अवस्थाकै रूपमा लिनुपर्दछ । हो, चलायमान जीवनका हरेक आयामलाई एकैचोटि ठप्प बनाउनु पर्दा जीवन कसरी चल्ला भने प्रश्न आउँछ ।

म्यान्मारकी नेतृ आन सान सुकी


तर, सड्ढटको अवस्था सधैँ लामो नहोला । सुरु· जतिसुकै लामो र अन्धकार नै किन नहोस् त्यसको अन्त त हुन्छ नै, जहाँ उज्यालो नै हुन्छ । लक डाउनको अवस्थालाई अवसरको रूपमा लिई आफ्नो दैनिकीलाई कसरी अधिकत्तम सिर्जनात्मक बनाउने हो ? हामी सबैको प्रयास यतातिर हुनुपर्दछ ।
सामाजिक दूरी तर पारिवारिक सामिप्यता
हाम्रो अहिलेको समाज सङ्क्रमणको अवस्थामा रहेको समाज हो । विगत तीन दशकमा राजनैतिक र आर्थिक प्रणालीमा आएको परिवर्तन साथसाथै भूमण्डलीकरण र अन्य बाह्य संस्कृतिको प्रभावले हाम्रो सामाजिक संरचना र सम्बन्धमा तथा पारिवारिक स्वरूप र सम्बन्धमा व्यापक परिवर्तनहरू देखिन थालेका छन् । पारिवारिक संरचनामा आएको परिवर्तनको चर्चा गर्दा परम्परागत सामूहिक परिवार (एक्सटेन्डेट) एकल (न्युक्लिएर) परिवारमा परिणत हुँदै गइरहेको देखिन्छ । हिजो सम्पत्तिको रूपमा लिइने सन्तान आज दायित्वमा परिणत हुँदै छ । फलस्वरूप बढीमा दुई नत्र एकमात्र सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले आमाबुबाले आफ्नो सन्तानलाई हेर्ने र सन्तानको दृष्टिकोण आमाबुबामाथि हिजोको भन्दा निकै भिन्न भइसकेको देखिन्छ । हिजो सामूहिक परिवारमा तीन वा चार पुस्ता सँगसँगै हुन्थे जहाँ केटाकेटीको सङ्ख्या पनि बढी नै हुन्थे । उनीहरू सहजै विनाआमाबुबाको निगरानीमा परिवार, चोक र टोलमा खेल्दै हुर्कन्थे ।

उनीहरू त्यसरी खेल्दै हुर्किँदा मोटरसाइकल वा गाडीले ठक्कर दिने, अपहरण हुनेजस्ता आजका असुरक्षाको अवस्था हिजो थिएन । आजको अवस्था भिन्न छ । खेल्नलाई घरभित्र साथी हुँदैनन, बाहिर अवस्था सुरक्षित छैन । हरेक जीवले आफ्नो सन्तानलाई माया गर्नु र उसको सुरक्षा गर्नु स्वाभाविक हो । तर, असुरक्षित वातावरणको भय र एकल सन्तानको कारणले हरेक आमाबुबा आफ्ना सन्तानप्रति आवश्यकताभन्दा बढी प्रोटेक्टिभर डिफेन्सिफ हँुदै गएको देखिन्छ । एकातिर सामूहिक परिवारको संरचना घट्दै जानु र अर्कोतिर दुवै आमाबुबा कामकाजी हुन जाँदा सन्तानको सामाजिकीकरणमा उनीहरूको भूमिकामा कमी आउँदा बालबालिकाको व्यक्तित्व विकासमै विभिन्न व्यावहारिक समस्याहरू देखिन थालेका छन् । आमाबुबा दुवैको सामीप्यले सन्तानको व्यक्तित्व विकासमा सकारात्मक असर रहने तथ्य मनोविज्ञहरूले धेरै पहिल्यै पहिल्याइसकेका छन् । साथै, जीवनका लागि नभई नहुने धेरै सीपहरू (लाइफ स्कील) घरभित्र पनि सिक्न र सिकाउन सकिन्छ । यहीँ लाइफ स्कील सिक्ने र सिकाउने अवसरको रूपमा लक डाउनको समयलाई उपयोग गर्न सके समयको बरबादी नहोला ।
१७ चैत २०७६
(कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले घोषणा गरेको लक डाउनको समयको रचनात्मक सदुपयोगसम्बन्धमा शिक्षक योगेन्द्रमान बिजुक्छेंले लेख्नुभएका विचार आगामी दिनमा पनि प्रकाशित गर्दै जानेछौं–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *