भर्खरै :

अमेरिकी जनता र कोरोना

– प्रो. मिसेल चोसुदोभ्स्की
संरा अमेरिकामा महामारी ? तथ्याङ्क भरपर्दा छन् ? कोभिड–१९ परीक्षण गर्न कति शुल्क लाग्छ ?
भाइरसविद्हरूबीचको व्यापक छलफलमा संरा अमेरिकामा कोभिड–१९ का ‘मामिलाहरू पुष्टि’ भएको देखिएको छ । तथ्य त के हो भने, सीडीसीले सार्वजनिक गरेका तथ्याङ्कहरू भरपर्दा छैनन् । किन ? किनभने अमेरिकी जनता कोरोना भाइरसको जाँच शुल्क तिर्न सक्दैनन् । यसको अर्थ, कोभिड–१९ लागेका लाखौँ अमेरिकीहरूको गन्ती गरिएको छैन ।
सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संरा अमेरिकामा १,८९,४४१ जना व्यक्ति कोरोना भाइरसबाट ‘सङ्क्रमित देखिएको थाहा भएको छ ।’ यो टिप्पणी लेखिरहँदा अमेरिकामा ४०७४ मानिस कोरोनाका कारण मरेको तथ्याङ्क छ । यो तथ्याङ्क चीन वा इटलीको भन्दा पनि बढी हो । (सीडिसी रोग नियन्त्रण एवं निवारण केन्द्र नामक सरकारी स्वास्थ्य संस्थान हो ।)
कसरी तथ्याङ्क सङ्कलन गरेका छन् ?
सीडीसीले रिपोर्ट गरिएका मामिलामात्र सङ्कलन गर्छ । यसले कोरोना भाइरसका ‘अनुमानित सङ्ख्या’ लाई ‘प्रामाणिक सङ्ख्या’ सँग छ्यासमिस पारेको छ । स्थानीय, राज्य तह र केन्द्र सरकारका तथ्याङ्क मिसमास पारिएको छ ।
अनुमानित तथ्याङ्कले कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरेको छैन । अनुमानमूलक परीक्षणमा “भाइरस छ भन्ने सम्भावना पुष्टि गर्न स्याम्पलको रासायनिक विश्लेषण” गरिन्छ । तर, यसले कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरेको छैन । तैपनि, सीडीसीले यसलाई ‘प्रामाणिक सङ्ख्या’ को सूचीमा मिसाएको छ ।

के म निजी स्वास्थ्य प्रणालीअन्तर्गत जाँच गराउन बाध्य छु ? मेरो जाँच भयो नै भने पनि के मेरो उपचार होला ? के म आफ्नो उपचार खर्च व्यहोर्न सकुँला ?
मानौँ, तपाईँ परीक्षण खर्च तिर्नसक्नुहुन्छ । त्यसपछि उपचार खर्चको कुरा आउँछ । र, के यसले भाइरस फैलिनबाट रोक्न सक्छ ?

अनुमानित सङ्ख्यालाई आधिकारिक सरकारी स्वास्थ्य प्रयोगशालामा थप पुष्टिको लागि पठाइनुपर्ने थियो ।
प्रामाणिक परीक्षणको अर्थ हो “थप रासायनिक विश्लेषणबाट विशेष तत्व (कोरोना भाइरस) को पहिचान ।”
ध्यान दिनुपर्ने के छ भने डब्लुएचओले अनुमानित तथ्याङ्क दर्ता गर्दैन । यसको अर्थ सीडीसीको तथ्याङ्क डब्लुएचओको मापदण्डभन्दा बाहिर छ । यसैलाई हामी हचुवा तथ्याङ्क भन्छौँ ।
लाखौँ अमेरिकीहरू परीक्षण शुल्क तिर्नसक्दैनन् । यसको अर्थ सरकारी तथ्याङ्क पटक्कै विश्वासिला छैनन् । अमेरिकी जनता सङ्क्रमित छन् भने पनि उनीहरू फलोअपमा लाग्ने औषधि उपचारको खर्च तिर्नसक्दैनन् ।
संसारकै सबैभन्दा धनी देशमा सार्वजनिक स्वास्थ्य प्रणाली छैन । यसको अर्थ, कोभिड–१९ पोजिटिभ देखिएको खण्डमा समेत अमेरिकीहरू उपचार नगरी बस्नुपर्छ र यसबीच उनीहरूले निरन्तर भाइरस प्रसार गरिरहन्छन् ।
कोरोना भाइरसको परीक्षण
के म निजी स्वास्थ्य प्रणालीअन्तर्गत जाँच गराउन बाध्य छु ? मेरो जाँच भयो नै भने पनि के मेरो उपचार होला ? के म आफ्नो उपचार खर्च व्यहोर्न सकुँला ?
मानौँ, तपाईँ परीक्षण खर्च तिर्नसक्नुहुन्छ । त्यसपछि उपचार खर्चको कुरा आउँछ । र, के यसले भाइरस फैलिनबाट रोक्न सक्छ ?
फ्लोरिडामा, फेब्रुअरीको प्रारम्भमा (डब्लुएचओले जनस्वास्थ्यमा सङ्कटकाल घोषणा गर्ने बेला) कोभिड–१९ को जाँच गरेको एक निजी क्लिनिकले लिने शुल्क ३,००० अमेरिकी डलरको हाराहारीमा थियो । यस्तो खर्च प्रायः तपाईँको बिमा कम्पनीले पनि भर्दैन ।
त्यसपछि भने परीक्षण शुल्क घटिरहेको छ । केही अध्ययनअनुसार क्यालिफोर्नियामा बीमा नगरिएको व्यक्तिको कोभिड–१९ भाइरस जाँच गरेको शुल्क १०० देखि २५० डलरसम्म पर्न आउँछ ।
हालैमात्र, अमेरिकी कङ्ग्रेसले परीक्षण शुल्क आफूले बेहोर्ने प्रतिबद्धता जनाएको छ । तैपनि, तपाईँले औषधि उपचारको “महँगो शुल्क तिर्नु नै पर्नेछ” ।
हार्वर्ड बिजनेस रिभ्यू भन्छ, हामीलाई कोरोना भाइरस पहिचान गर्ने ‘सस्तो तरीका’ आवश्यक छ । तर, के त्यो ‘सस्तो तरीका’ मा ‘भरपर्दो जाँच’ होला ? के त्यसले रोगीको तत्काल फलोअप उपचारको ग्यारेन्टी गर्ला ?
बन्दाबन्दीमा बसेका, एक महिनादेखि काममा नगएका र आफ्ना किस्ताहरूको रकम तिर्नुपर्ने र रासनपानी किन्नुपर्ने जनताले आकस्मिक औषधि उपचारको खर्च कसरी बेहोर्ने ?
(लेखक सुप्रसिद्ध अर्थशास्त्री हुन् । उनी अमेरिकास्थित ओटावा विश्वविद्यालयमा अध्यापन गर्छन् । युरोप, एसिया र ल्याटिन अमेरिकामा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरिसकेका उनका साम्राज्यवाद र यसका अमानवीय असरसम्बन्धी हालसम्म एघार पुस्तक प्रकाशित छन् । साथै, उनी ग्लोबल रिसर्चका सम्पादकसमेत हुन् ।)
स्रोत – ग्लोबल रिसर्च
अनुवादःसुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *