भर्खरै :

कोभिड– १९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न भक्तपुरका अस्पतालहरू सक्षम छन् त ?

उमङ्ग, भक्तपुर
चीनको उहान राज्यबाट सुरु भएको कोभिड– १९ सङ्क्रमण रोग आजको दिनसम्म (२०७६÷१२÷२३) संसारमा सङ्क्रमित रोगीहरूको सङ्ख्या १२ लाखभन्दा बढी र मृत्यु हुनेको सङ्ख्या ६५ हजारभन्दा बढी पुगेको छ ।
करीब ६ अर्ब जनसङ्ख्या भएको विश्वमा २१ औँ शताब्दीमा प्रवेश गर्दा मानव जातिको विलासी चरम दोहन, ओजन तह विनासविरुद्वको प्रकृतिको प्रहारजस्तो लाग्छ यो कोभिड– १९ सङ्क्रमण । मानव स्रोतले गर्न नसकिएका वैज्ञानिक आविष्कार रोबोट (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत सञ्चालन गरेका मानवले एउटा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा विगत ५ महिनासम्ममा केही आविष्कार गर्न नसकिएको अवस्था रहेको छ ।
अमेरिका, युरोप, अफ्रिका, एसिया, महादेशका अधिकांश स्वास्थ्यकर्मीहरूले कोभिड–१९ सङ्क्रमित रोगीहरूलाई २४ सै घण्टा अहोरात्र खटेर उपचार गरिरहेका छन् । उपचारको क्रममा आवश्यकताअनुसारका उपकरणहरू विश्वमा अभाव भएको अवस्था छ । अर्कोतिर सङ्क्रमित रोगीहरूको सङ्ख्या दिन दुई गुणा रात चार गुणाले बढेको अवस्था छ ।
संसारकै ठूलो देशमध्ये चीन र भारतको बीचमा रहेको नेपालमा पनि कोभिड– १९ सङ्क्रमित ९ जना पुगेको छ । महामारीको रूपमा फैलिएको कोभिड– १९ ले ३ महिनाभित्रमा इटाली, स्पेन, फ्रान्स, अमेरिकामा सङ्क्रमित र मृत्युको तथ्याड्ढ हेर्दा नेपालमा पनि त्यो अवस्था सृजना नहोला भन्न सकिँदैन ।

प्रत्येक स–सानादेखि ठूला स्वास्थ्य संस्थाहरूले यो माहामारीसँग लड्न र बचाउन देश र माटो सुहाउँदो योजना बनाउन जरुरी देखिन्छ । स्वास्थ्यकर्मीहरू पनि सीमित स्रोत र साधनको प्रयोग गरी महाविपत्तिको लागि लड्न सक्षम र तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै तिनका त्याग र तपस्याको कदर गर्न नेपाल सरकारले पनि यथासक्य चाँडो अति आवश्यक उपकरणहरूको भण्डारण र करीब १५०० वा सो भन्दा माथिका सङ्क्रमित बिरामीहरूको सेवा प्रदान गर्ने व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारले पनि कोभिड– १९ सङ्क्रमणबाट बच्न र बचाउन विभिन्न प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याएको छ । निजी तथा सरकारी अस्पताल, स्वास्थ्य सङ्घ संस्थाहरूलाई कोभिड– १९ को रोकथाम र उपचारको तयारी अवस्थामा रहनको लागि विज्ञप्ति जारी गरेको अवस्था छ । तर, निजी र सरकारी अस्पतालमा कार्य गर्ने चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र व्यवस्थापकहरू अन्योल अवस्थामा रहेका छन् ।
देशमा त्यसलाई निर्मूलीकरण र व्यवस्थापन गर्न विषद् व्यवस्थापन समिति स्थापना गरिएको हुन्छ । त्यसमा पनि प्रत्यक्षरूपमा स्वास्थ्यसम्बन्धी कार्य र व्यवस्थापन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपत्यकामा रहेका निजी तथा सरकारी अस्पतालहरूलाई हव र स्याटलाइट अस्पताल छुट्याइएको हुन्छ । मन्त्रालयले भक्तपुर अस्पताललाई अस्पताल र १० वटा अस्पताल (सहिद धर्मभक्त प्रत्यारोपण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल कोरियन मैत्री नगरपालिका अस्पताल, सिद्धी स्मृति प्रतिष्ठान, बी.पी. फाउन्डेसन, आँखा अस्पताल, आरोग्य अस्पताल, काठमाडौँ मेडिकल कलेज, दुवाकोट) वर्गीकरण गरी जिल्लामा कोभिड– १९ सङ्क्रमण आशङ्का भएका बिरामीहरूलाई रोकथाम तथा नियन्त्रण गर्न उल्लेखित हव र स्याटलाइट अस्पतालमा ३१ वटा आइसोलेसन शय्याको व्यवस्था गरिएको छ । नेपाल सरकारको पहिलो योजनाअन्तर्गत कोभिड– १९ लक्षण भएका बिरामीलाई उपचार सेवा प्रदान गर्न भक्तपुर अस्पतालमा १० वटा शय्या र काठमाडौँ मेडिकल कलेज, दुवाकोट २० वटा शय्या तयारी अवस्थामा राखेको छ । दोस्रो योजनाअन्तर्गत करिब ५ सय जना सङ्क्रमितको उपचार गर्नुपरेमा निजी अस्पतालहरूले आइसोलेसन शय्यालाई नै कोभिड– १९ सङ्क्रमित बिरामीहरूलाई उपचार दिने तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
महामारी एकैपटक आउने भएकोले अहिले योजनामा रहेका अस्पतालहरू अपुग हुनसक्छ । स्रोत साधनहरूको अभाव हुन्छ, मुख्य–मुख्य अति आवश्यक उपकरणहरू (भेन्टिलेटर मनिटर, सिरिन्ज पम्प, इन्फुन्जन पम्प, पीपीई, एम ९५ मास्क, एनेस्पोसिक सामान, हेवाफिल्टर आदि) नपुग्ने अवस्था सृजना हुन्छ । चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूलाई प्रिकसनका सामानहरू अभाव हुन्छ । शव (लास) हरूको व्यवस्थापनमा कठिनाइ उत्पन्न हुन्छ । मानौँ, भक्तपुर जिल्ला लाचार हुने अवस्था सृजना हुनसक्छ । त्यसैले आजैबाट व्यक्ति, परिवार, टोल, समाज र जिल्लावासीहरूले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आह्वान गरेको लकडाउन (घरमै सुरक्षितसाथ बस्ने अभियान) को अक्षरशः पालना गरी घरमै क्वारेन्टिनमा बसी सरकार, स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्ने वातावरण बनाउन आवश्यक देखिन्छ ।
प्रत्येक स–सानादेखि ठूला स्वास्थ्य संस्थाहरूले यो माहामारीसँग लड्न र बचाउन देश र माटो सुहाउँदो योजना बनाउन जरुरी देखिन्छ । स्वास्थ्यकर्मीहरू पनि सीमित स्रोत र साधनको प्रयोग गरी महाविपत्तिको लागि लड्न सक्षम र तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै तिनका त्याग र तपस्याको कदर गर्न नेपाल सरकारले पनि यथासक्य चाँडो अति आवश्यक उपकरणहरूको भण्डारण र करीब १५०० वा सो भन्दा माथिका सङ्क्रमित बिरामीहरूको सेवा प्रदान गर्ने व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *