जलवायु न्यायमा गुटेरेसको जोड
- आश्विन ७, २०८३
काठमाडौँ
चीनले कोभिड–१९ को महामारी नियन्त्रण गर्न बाँकी विश्वसँग सहकार्य गर्दै छ । यसै सिलसिलामा चीनले ३ अर्ब ८६ करोड मास्क, ३ करोड ७५ लाख २० हजार स्वास्थ्यकर्मीको सुरक्षा पोशाक, २० लाख ४१ हजार थर्माेमिटर, १६ हजार भेन्टिलेटर, २० लाख ८४ हजार परीक्षण किट्स, ८० लाख ४१ हजार सुरक्षा चस्मा निर्यात ग¥यो । चीनले आइतबार संरा अमेरिकालाई पठाएको एक हजार थान भेन्टिलेटर आइतबार बिहान न्यूयोर्कस्थित जेएफके विमानस्थलमा पुग्यो । यसको निम्ति चीनलाई न्यूयोर्कका गभर्नर कोमोले धन्यवाद पनि दिए । चीनले संरा अमेरिकालाई अघिल्लो हप्ता स्वास्थ्य उपकरणसहितको पहिलो उडान सोही विमानस्थलमा पु¥याएको थियो ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभा बेरानले २ करोड मास्क र थप स्वास्थ्य सामग्री चीनसँग लिने निश्चित गरेको बताए । चीनले कोभिड–१९ नियन्त्रण गर्न ३ सय भेन्टिलेटर, ३ करोड ३० लाख मास्क, १० लाख पञ्जा युरोपेली देशको लागि आइतबार बिहान बेलायत पु¥यायो । चीनका १२ विज्ञ आइतबारै फिलिपिन्स पुगेर त्यहाँ विज्ञहरूले कोभिड–१९ विरूद्ध चीनको अनुभव बताउने छन् ।
इटाली सरकारले लोम्बार्डी सहरका जनतालाई अप्रिल १३ सम्म घरबाट निस्कँदा मुखमा मास्क वा स्कार्फ लगाउन आदेश दियो । सुडानमा कोभिड–१९ को पहिलो सङ्क्रमित आइतबार भेटियो । अफ्रिकी देशमा कोभिड–१९ सङ्क्रमित सुडान ५१ औँ देश भयो ।
अमेरिकामा ५ लाख नेपाली छन् भने बेलायतमा १ लाख ५० हजार र अस्ट्रेलियामा ६० हजार नेपाली छन् । अस्ट्रेलियाले एक वर्षयता पुगेका नेपालीको हेरचाह गर्न नसक्ने बरू फिर्ता हुनेलाई बाटो खुला राख्ने बतायो । अस्ट्रेलियामा धेरैले रोजगारी गुमाएका छन् । अमेरिकामा पनि २ करोडभन्दा बढीको रोजगारी गुमेको छ । अमेरिकाले आफ्नो देशमा कोभिड–१९ सङ्क्रमण रोक्न नसकेपछि चीनलाई त्यहाँको सङ्क्रमित मृत्यु सङ्ख्या लुकाइएको आरोप लगाउँदै छ ।
अमेरिकी राष्ट्रपति ‘दरबार’मा बसेर मास्क नलगाउने घोषणा गर्छन् । तर, चिनियाँ राष्ट्रपति मास्क लगाएर जनताको बीचमा जान्छन् । यी दुई राष्ट्रपतिको भिन्नता यही हो ।
नेपाल सरकारले चीनबाट १७५ जना विद्यार्थी फर्काउन ५ करोड रूपैयाँ खर्च ग¥यो । अहिले लाखौँ सङ्ख्यामा नेपाली भारतलगायत विदेशबाट फिर्ता भएकालाई स्वनिगरानीमा बस्ने भनियो । परिणामतः निगरानीमा बसेका लाखौँ नेपालीले पाल पनि पाएका छैनन् । नेपाल मजदुर किसान पार्टीले सुरूमै कोभिड–१९ सङ्क्रमणको निहुँमा चीनबाट फर्काइएका विद्यार्थीको मात्र सरकारले जिम्मा लिने होइन पछिल्ला दिनमा फिर्ता हुने सबै नेपालीलाई समान व्यवहार गर्नुपर्ने विषय सडक र संसद्मा उठाएको थियो । सरकारकै बेवास्ताको कारण नेपालमा कोभिड–१९ भुसको आगोजस्तै बलिरहेको देखिन्छ ।
Leave a Reply