भर्खरै :

पश्चिमा प्रजातन्त्रको अब्बलता झूट सावित

विश्व अहिले कोभिड–१९ को महामारी सामना गरिरहेको छ । सङ्क्रमणका तथ्याङ्क प्रत्येक घण्टा तीव्र गतिमा बदलिरहेको छ । यो मृत्युको ‘काउन्ट डाउन’ यथाशक्य चाँडो रोकियोस्, आज सबैको चाहना यही हो ।
आँधीबेहरीपछि जसरी केही समय वातावरणमा सन्नाटा छाउने गर्छ, त्यसरी नै कोभिड–१९ को सङ्क्रमण रोकिएपछि पनि संसारमा केही समय महाव्याधिको तरङ्ग छाइरहनेछ । त्यो क्षण कोभिड–१९ को विश्वव्यापी महामारीबारे विषद् समीक्षा हुनेछ । विज्ञान प्रविधिले ठूलो फड्को मारेको भनिएको एक्काइसौँ शताब्दीमा पनि महामारीको कारण आधा लाखभन्दा बढी मानिसको निधन रोक्न नसक्नुले मानिसले निकै गौरव गर्ने गरेको सभ्यतालाई नै चुनौती दिएको छ । अझ विशेषतः धनी, विकसित र सभ्य मानिएका देशहरूमा यो रोगको सङ्क्रमणले ठूलो क्षति पु¥याएपछि यस्ता प्रश्न तड्कारो उठेको हो । संसारमा कुनै पनि विपत्ति आउँदा रक्षा गर्ने भनिएका शक्ति किल्लाहरू एकपछि अर्को गर्दै शिथिल बन्दै गएपछि आजसम्मका स्थापित मान्यतामाथि प्रश्न उठ्नुका साथै भविष्यको बाटोबारे छलफल थालनी भएको छ । महाविपत्तिलाई अहिले संस्थापन मानिएको चिन्तनले रोक्न सकेन । अब के त ?

पश्चिमा प्रजातन्त्रले बितेका झण्डै साढे एक शताब्दीमा सबभन्दा बढी खर्च हतियार र सैनिक क्षेत्रमा लगानी र फड्को मारे । मानिसविरूद्ध नै प्रयोग हुने हतियारमा वर्षको अथाह सम्पत्ति खर्च गर्नसक्ने देशले आफूलाई कर तिर्ने जनताको लागि मास्क र स्यानिटाइरसमेत मनग्य उत्पादन गर्न नसकेको आज देखिएको छ । वास्तवमा यो पश्चिमा प्रजातन्त्रको लागि लज्जाको विषय हो । पश्चिमा प्रजातन्त्रमा संरचनागत सङ्कट मडारिरहेको कुरा केही वर्षअघि नै विज्ञ चिन्तकहरूले छलफल गरेका थिए । आज त्यो विश्लेषणले मूर्तता लिन खोजिरहेको छ ।

विशेषतः अहिलेको विश्वमा संस्थापन मानिएको पश्चिमा प्रणालीले विपत्तिको बेलामा आफूलाई अत्यावश्यक चिकित्सकीय आवश्यकतासमेत पूर्ति गर्न सकेन । सम्पन्नताको उचाइमा पुगेका मानिएका देशहरूले आफूलाई अपरिहार्य मास्क, पञ्जा, स्यानिटाइजर र भेन्टिलेटरसम्म पनि मनग्य उपलब्ध गराउन नसक्नुलाई पश्चिमा पुँजीवादी व्यवस्थाको समृद्धि र विकास झूट देखाउने तुजुकमात्र भएको देखिएको छ । अब पश्चिमा प्रजातन्त्रका हिमायतीले कम्तीमा महाविपत्तिको आजको कठोर समयलाई साक्षी राखेर फेरि पनि आफ्नो वैचारिकीको अब्बलता पुष्टि गर्ने जिद्दी दोहो¥याइरहने छैनन् ।
पश्चिमा प्रजातन्त्रले बितेका झण्डै साढे एक शताब्दीमा सबभन्दा बढी खर्च हतियार र सैनिक क्षेत्रमा लगानी र फड्को मारे । मानिसविरूद्ध नै प्रयोग हुने हतियारमा वर्षको अथाह सम्पत्ति खर्च गर्नसक्ने देशले आफूलाई कर तिर्ने जनताको लागि मास्क र स्यानिटाइरसमेत मनग्य उत्पादन गर्न नसकेको आज देखिएको छ । वास्तवमा यो पश्चिमा प्रजातन्त्रको लागि लज्जाको विषय हो । पश्चिमा प्रजातन्त्रमा संरचनागत सङ्कट मडारिरहेको कुरा केही वर्षअघि नै विज्ञ चिन्तकहरूले छलफल गरेका थिए । आज त्यो विश्लेषणले मूर्तता लिन खोजिरहेको छ ।
तुलनात्मरूपमा सानो अर्थतन्त्र र लामो समयदेखि लगातार नाकाबन्दी सामना गर्दै आएको क्युवाले जति पनि आफूलाई संसारकै केन्द्र दाबी गर्ने देशले विश्व महामारीको नियन्त्रणमा पहल गर्न नसकेको वास्तविकताबाट अब कोही पनि भाग्न सक्ने अवस्था छैन । यद्यपि अहिलेको विषम अवस्थामा पूर्वाग्रह र आरोप प्रत्यारोपको डाँवाडोलमा फस्नु सबैको लागि घातक हुनसक्छ । तथापि कोभिड–१९ पछिको पहिलो सूर्योदयसँगै यो बहस पनि निख्खर हुनेछ ।
वर्तमान सत्य हो । विगतलाई हामी परिवर्तन गर्नसक्दैनौँ । मानिसको सचेत प्रयासले भविष्य भने बदल्न सकिन्छ । आजको चुनौती र विपत्तिको समीक्षा गरेर भविष्यको लागि उत्तम बाटो कोर्नु नै अहिलेको विश्वको जिम्मेवारी हो । कोभिड–१९ को महामारीको प्रतिरोधसँगै आजको कमजोरीको समीक्षा गरौँ, भविष्यको लागि महामारी नदोहोरिने बाटो रोजौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *