भर्खरै :

के यसो भएकै हो ?

– भैरव रिसाल
नेपाल पनि आज कोरोना भाइरस (कोभिड–१९) को आक्रमणको निशाना बनिरहेको छ । मैले यहाँ आक्रमणमा नभनिकन निशानामा छ भनँे । आक्रमण गर्न खोज्दै छ । तर, आक्रमण नै भएको छैन किनभने नेपालमा कोरोनाले कसैलाई लगेको छैन । गत शनिबारसम्म जम्मा ९ जनामा सङ्क्रमण देखाप¥यो भन्ने छ । ती ९ जनामध्ये ८ जना बाहिरबाट आएका, बाहिरबाटै कोरोना ल्याएका । तर कैलालीकी एकजनामा आफ्नै मान्छेबाट सङ्क्रमित भइछन् । नेपालभित्रै नेपालीबाट नेपालीमा सरेछ । कोरोनाको भाषामा यस्तो सरूवालाई दोस्रो चरण भनिँदोे रहेछ । यो दोस्रो चरणमा प्रवेश भनेको पढाइको कक्षा चढेको, पदोन्नति भएको जस्तो सकारात्मक होइन । शुक्रबारभन्दा शनिबार अलि खराब नै हो भनिएको रहेछ । शुक्रबारसम्म विदेशबाट फर्केकाहरूमात्र सङ्क्रमित थिए भने शनिबार विदेश नगएकी आफ्नै घरमा बसेकी गृहिणीलाई छोएपछि यो रोगउपर बढी चनाखो हुनुपर्ने भयो । यो आफ्नै देशभित्रै पनि सङ्क्रमण भयो भनेको नराम्रो बढ्यो भनेको हो । यी नयाँ रोगी सुदूरपश्चिम कैलाली र कञ्चनपुर जिल्लाका हुन् । सुदूर पश्चिम नेपाल रोजगारीका निम्ति भारत जाने धेरै जनसङ्ख्या भएको क्षेत्र हो । त्यसो त मध्यपश्चिम पनि रोजगारीका निम्ति धेरै मानिस भारत जाने क्षेत्र हो । को–को भारत गए, कति जना गए, कति जना फर्के, त्यसको अभिलेख कतै हुँदैन । तैपनि स्वतन्त्र छौँ हामी ।
लाभ लिऊँ सीमा नियमन गरौँ
नेपाल–भारत दुवै मुलुक स्वतन्त्र, स्वायत्त, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन् । तर, किन हो यी दुवै देशमा आउजाउमा खुला छ । त्यतिबेला के–के, कुन–कुन दृष्टिबाट आतेजाते खुला गरियो । अहिलेको अनुभवले त्यो अब वाञ्छनीय देखापरेन । नियमन सुरू गरिहाल्नुप¥यो । संरा अमेरिका र क्यानाडा दुई राष्ट्र पनि घनिष्ट छन् तर पनि खुला आउजाउ छैन । तर, क्यानाडा जान–आउन यति सजिलो रहेछ– मोटरबाट ओर्लनै पर्ने रहेनछ । एउटा कागत देखायो पुग्यो । त्यस्तै सरल विधि अवलम्बन गरौँ । तर, नियमन भने सुरू गरौँ । कोरोनाबाट लाभ लिऊ । कोरोना भाइरसबाट दुवै मुलुक नेपाल–भारतले किन लाभ नलिने ? कुनै पनि विषय खराबै खराबमात्र हुँदैनन् । बादलको छायाभित्र चाँदीको घेरा हुन्छ भन्ने सिद्धान्त त्यसै आएको होइन । खुला सीमाका कारण नेपालमात्र पीडित छैन भारत पनि पीडित छ । अवैध नक्कली भारतीय मुद्रा भारत छिर्छ बेलाबेला । अपराधीहरू दुवै देशमा अपराधको व्यापार गर्छन् । यस्ता कुरा भारतलाई भलिभाँती थाहा छ । खुला सिमानाका कारण गम्भीर आपराधिक क्रियाकलापमा संलग्नहरू यता अपराध गर्छन् उता लुक्छन् । उता अपराध गर्छन् यता लुक्छन् । यसको लामो फेहरिस्त छ । यो दुवै राष्ट्रका सम्बद्ध माथिल्लो उत्तरदायित्ववाला उच्च अधिकृतहरूलाई पूरापूर थाहा छ । गुप्तचर विभागका सबै, ‘र’ का सबैलाई अवगत छ । तसर्थ यही कोरोनालाई निमित्त बनाउँ र सीमा नियमन प्रारम्भ गरौँ । प्रधानमन्त्री ओलीज्यू प्रस्ताव राख्नोस् भारतका परममित्र समकक्षी मोदीसमक्ष यो अत्यन्त साइट जुरेको छ । बुद्धिमानहरू जस्तै निषेधमा पनि सकारात्मक प्रतिफल लिन सफल हुन्छन् ।
यो श्रेय कोरोनालाई दिउँ न त !
नेपाल–भारत खुला सीमा भएका कारण अहिले यो कोरोना महामारीमा अर्कै महामारी थपिएको छ । दुवै देशमा नाकाबन्दी छ । भारतका कति भारतीय नेपालमा छन्, कहाँ–कहाँ बस्छन् थाहा छैन । त्यस्तै भारतमा कति नेपाली काम गर्छन्, बस्छन्, कुनै अभिलेख छैन । केही वर्षअघि भारतको उत्तराखण्ड बद्री धाम र केदारधाममा भीषण बाढी–पहिरो आयो, हजारौँहजार मान्छे बाढीले बगाएर बेपत्ता भए, पहिरोमा पुरिए । कति नेपाली त्यो प्रकोपमा परे, बेपत्ता भए थाहा छैन । बद्री–केदार धाममा पश्चिम नेपालबाट प्रतिवर्ष लाखभन्दा बढी नेपाली जान्छन् । भारि बोक्ने, मान्छे बोक्ने, घोडा डो¥याउने, स–साना पसल थाप्नेजस्ता काममा यति धेरै नेपाली पुग्छन् तर कुनै नामावली अभिलेख हुँदैन । त्यो बद्री–केदार मेलामा हजारौँ–हजार नेपाली रोजगारीका लागि बर्सेनि जाने गर्छन् । टाठा–बाठा पसल चलाउँछन्, भात खान दिने भान्सा चलाउँछन्, दलाली गर्छन्, मोटर हाँक्छन् । राम्रै कमाउँछन् । सोझा नेपाली मान्छे बोक्छन्, भारि बोक्छन् । दिमागले गर्ने होइन हात पाखुराले गर्ने काम गर्छन् । थोरै कमाएर फर्कन्छन् । यस्ता नेपालीको सङ्ख्या हुँदैन, नाम थर, उमेर, ठेगाना केही हुँदैन । त्यो परारको हुण्डरीमा कति नेपाली मरे मरे । तथ्याड्ढ छैन । तसर्थ पनि सीमा नियमन जरूरी छ । यसपाला सीमा नियमनको श्रेय कोरोना महामारीलाई दिऊँ त !
चैत १२ गतेसम्म नफर्कने जुम्ली म¥यो
कति नेपाली भारतमा काम गर्छन्, अभिलेख छैन । मात्र अनुमान छ । अस्ति आइतबार रेडियो नेपालको अन्तर संवाद कार्यक्रममा एकजना मन्त्रीले भने, दस लाख जति नेपाली भारतमा काम गरिरहेका छन् । यो कोरोना र भारत बन्दाबन्दीको सिलसिलामा तीन लाख जति नेपाली भारतबाट नेपाल फर्किसके वा फर्कने क्रममा बाटोमा छन् भन्ने अनुमान गरिएको छ । यो सारै साँगुरो अनुमान हो । एकजना विश्लेषक राजनीतिकपात्रको अनुमानअनुसार नेपालको जनसङ्ख्याको एक तृतीयांश नेपाली या ८० लाख नेपाल वैदेशिक रोजगारीमा नेपाल बाहिर छन् । तीमध्ये एक तृतीयांश ३० लाख जति नेपाली कामका लागि भारतमा छन् । तीमध्ये आधाजसो त्यहाँका होटेल, रेष्टुरेन्टहरूमा राम्रै पारिश्रमिक आउने काममा भएको भनिन्छ । केही स·ठित मजदुरका रूपमा विद्यालय, उद्योगधन्दा, कार्यालयहरूमा चौकीदार, चप्रासीमा सेवा गर्छन् भने केही लाख नेपाली निजी घरमा चौकीदार र घरेलु कामदारको रूपमा पनि केही लाख नेपाली भारतमा काम गर्छन् । यस्ता लाखौँ नेपालीको अभिलेख छैन । त्यस अतिरिक्त ऋतुअनुसार कृषिमा काम गर्न लाखौँ नेपाली भारत जाने धेरै अघिदेखिको परम्परा छ । कर्णाली अञ्चलमा त चैत १२ गते कुनै जुम्ली घर फर्केन भने त्यो जुम्ली म¥यो भनी काजकिरिया गरिन्थ्यो । किनभने जुम्लामा चैत १२ मा धानको बीउ राख्नुपर्छ । कमाउन जहाँ गएको भए पनि जुम्ली १२ चैतमा घर आइपुग्थ्यो । यसप्रकारले भारत जाने लाखौँ नेपालीको पनि अभिलेख हुँदैन । यसर्थ पनि यो अवसरलाई सीमा नियमन गर्ने अवसरको रूपमा रूपान्तरण गरौँ ।
भारतीय कामदार धेरै कमाउने
त्यस्तै भारतबाट पनि लाखौँ–लाख भारतीय नेपालमा श्रम गर्छन् । भारतीयहरू आफ्नो काममा प्रायः तालिम लिएका हुन्छन् । विप्रेषणको मामलामा भारतबाट नेपाल भित्रिनेभन्दा नेपालबाट धेरै रकम भारत जान्छ । भारतमा विप्रेषण आउने मुलुकमा नेपाल सातौँमा पर्छ । सबभन्दा बढी कमाउने या सुन–चाँदीमा काम गर्ने दक्ष कालीगढ पर्छन् । नेपालमा सुन–चाँदीका गहना र अन्य वस्तु बनाउने कालीगढमा यहाँका सुन–चाँदीका वस्तु, गहना बनाउने उद्यमीहरू नेपाली कालीगढभन्दा भारतीय कालीगढलाई विश्वास गर्छन् । त्यस्ता कालीगढहरूको पारिश्रमिक पनि निकै बढी हुने गर्छ । साथै साना र मझौला उद्यम– जेनेरेटर चलाउने, तल्लो तहका प्राविधिकहरू प्रायः भारतीय हुन्छन् । आधुनिक शौचालय, रेष्टुरेन्ट बनाउने र होटलहरूमा पानी र रेष्टुरेन्टहरू सञ्चालन गर्ने काममा भारतको उडिसाका नागरिकहरू धेरै छन् । घरमा प्लास्टर गर्ने, पर्खालमा सिमेन्ट लगाउने, झ्याल–ढोकाका काठको काम, खापाको चौकोश आदि बनाउने काम, भान्साको काम प्रायः भारतीयले गर्छन् । यस अतिरिक्त कृषि मजदुरी गर्ने पनि अचेल भारतीय मजदुर नै बढी छन् । तराईतिर त मकै गोड्नेजस्ता काम पनि भारतीय मजदुरबाटै गराइन्छ । इँटा भट्टामा काम गर्नेहरू पनि धेरै भारतीय हुन लागे । यसरी नेपालमा खेतीको बेलामा ४० देखि ५० लाखसम्म भारतीयहरू रोजगारी गर्छन् भने खेतीबाहेक ऋतु–ऋतुमा ४० लाखको हाराहारीमा भारतीय श्रमिकहरू कडा र साधारण काम गर्छन् र कमाउँछन् । हजामहरू पनि प्रायः उतैका छन् ।
नेपालबाट भारतमा विप्रेषण
सन् २०१७ को रेमिट्यान्स–विप्रेषणसम्बन्धी तथ्याड्ढ केलाउँदा त्यसले धेरै सङ्केत गर्छ । सन् २०१७ मा नेपालबाट तीन अर्ब १ करोड अमेरिकी डलर बराबरको विप्रेषण भारत गएछ । तर, भारतबाट १ अर्ब डलर बराबरको मात्र विप्रेषण नेपाल आएछ । भारतमा सबभन्दा बढी विप्रेषण युनाइटेड अरब इमिरेट्सबाट आएछ भने दोस्रोमा संरा अमेरिका, तेस्रोमा साउदी अरेविया, चौथोमा कुवेत पर्दोरहेछन् भने पाँचौँमा कतार, छैटौँमा बेलायतबाट विप्रेषण भित्रिने रहेछ । भारतमा भने यति सानो राष्ट्र नेपाल सातौँ नम्बरमा पर्नेरहेछ । हामी साधारणतः विप्रेषण नेपालमा सबभन्दा बढी भारतबाट आउँछ होला भन्ठान्थ्यौँ । तर, तथ्याड्ढले त्यसो होइन भन्यो । यी र यस्ता सबै दृष्टिकोण वा घटनाहरूले नेपाल–भारत सीमा खुला हुनुहुन्न, नियमित हुनुपर्छ भन्ने पुष्टि गर्छन् । संसारमा कुन मुलुक त्यस्ता छन् जहाँ एउटा मुलुकबाट अर्को मुलुक जान–आउन कुनै कागत पनि देखाउन नपरोस् । युरोपियन सदस्य राष्ट्रहरूभित्रका केही देशमा यस्तो प्रावधान थियो क्यार ! तर, कहाँ त्यत्रो विशाल भारत !  कहाँ सानो राष्ट्र नेपाल तर खुला सीमा ? तर्क नै छैन । राणा शासकहरू अङ्ग्रेज सरकारको सर्वोच्चताबाट तसर्ने ! किन तर्सेको ? त्यत्रो ठूलो राष्ट्र भारत । अझ भारत पाकिस्तानसँग नछुटिँदाको समयमा त कति विशाल होला ? आजको भारत त यति विशाल छ भने पाकिस्तान र ब·लादेश नछुटिँदाको समयमा त कति विशाल होला ? पुरानो नक्सा पल्टाऊँ त ? यी सबैको पृष्ठभूमि वा प्राक्कथन नेपाल–भारत सीमा नियमन गरौँ भन्ने नै हो ।
भोलिको उज्यालोको अरूणोदय ?
कोभिड–१९ यो विश्वका केही राष्ट्रको मात्र समस्या होइन । तसर्थ यो महामारीसँग जुध्न विश्व नै एक हुनुको विकल्प छैन । यसैले संसारभरका २ सय ३० भन्दा राजनीतिक दलले यो कोरानाको विरूद्ध सहकार्य गर्न संयुक्त आह्वान गरेका छन् । त्यसरी संसारका सम्पूर्ण देशबीच सहकार्य र सद्भावको आवश्यकता ठानिएको छ । त्यसरी आह्वान गर्ने १ सयभन्दा बढी देशका २३० भन्दा बढी पार्टीहरूमा चीनको कम्युनिस्ट पार्टीदेखि नेपालको नेपाल मजदुर किसान पार्टीसमेत छन् । मानव स्वास्थ्य, मानव सभ्यता र स्वास्थ्य विज्ञानप्रति नै ठूलो चुनौती भएर आएको यो कोभिड–१९ विरूद्ध सबै गम्भीर हुनुपर्छ भनिएको छ । यो परिस्थितिको अपेक्षा गरिएको थिएन । यस्तो अनपेक्षित परिस्थितिमा पनि राजनीतिक दलहरू जनताको जीवनस्तर उकास्ने, देशको विकास प्रवद्र्धन गर्ने, विश्व शान्ति एवम् स्थायित्वको रक्षा गर्ने गहन जिम्मेदारी पूरा गर्नुपर्छ, पलायन सुहाउँदैन । कुनै पनि महामारी बाजा बजाएर आउँदैन । यो नयाँ कुरा होइन । आज मानव समाजले गरेको अभूतपूर्व उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण विश्व एकजुट हुन जरूरी छ । नयाँ पुस्ताका नयाँ नयाँ प्रतिभा यस्ता अप्रत्याशितरूपमा आएका महामारीहरूविरूद्ध प्रयोग हुनुपर्छ । यो महामारी असामान्य परिस्थितिमा विश्वका त्यति धेरै देशका त्यति धेरै जिम्मेवार राजनीतिक दलहरू आपसमा संवादमा रहनु निश्चय पनि भोलिको उज्यालो अरूणोदय हो भन्नु अति नहोला ।
यहाँ पनि बदमासी भएकै हो ?
यस्तो असामान्य एवं असाधारण स्थितिमा पनि हाम्रो मुलुकको र मुलुकवासीका सेवा गर्छु भनी स्वेच्छाले सार्वजनिक क्षेत्रमा उत्रेका उच्च ओहदाका कतिपय महानुभावहरू कमाउनेतिर लागेका घटनाहरू उदा·िएका छन् । योभन्दा बेठीक संसारमा अरू के होला र ? कोरोना भाइरसविरूद्धको लडाइँमा प्रयोग गरिनुपर्ने स्वास्थ्यकर्मीहरूका लागि ल्याइएका सामानमा गुणस्तरहीनता भेटिनु कस्तो दुःखद र दुर्भाग्यपूर्ण कुरा हो । त्यस अतिरिक्त मूल्यमा पनि ४८ गुणाभन्दा बढी लिनु के हो र ? जीउँदा मान्छेलाई छपाछप गिँडेको होइन र ? यस्ता अनैतिकताको पराकाष्ठाका बदमासीमा मुछिएका जो कोही भए पनि तिनीहरूको उचित छानबिन गरी हदसेहद बढी सजाय हुनुपर्छ । फलानो सल्लाहकारको छोरो वा श्रीमती भनेर छोडियो भने त्यस्ता अपराधको जरा सल्लाहकारहरूसम्म मात्र सीमित नरही सल्लाहकार राख्ने महापुरूषहरूसम्म पनि गाँजिएको छ भन्ने सावित हुन्छ । यहाँ सड्ढटलाई पनि बेचेर कमाउने धन्दामा ठूला मान्छेहरू पनि लाग्ने गरेका थुप्रै घटनाहरू छन् । सर्वोच्च अदालतमा यस्ता मुद्दा निकै छन् । ती अपराधपूर्ण मुद्दा पेशीमा नै चढ्दैनन् । कथं चढिहाले जनआक्रोशका कारण भने पनि मुद्दा हेर्न नभ्याइने गरी पछिल्लो नम्बरमा राखिन्छ । यो चरम बेइमानी हो । यस्तो हुनु भनेको अपराध मिलेर गरेको नमूना हो । यो आजको सत्तामा भएको पुस्ताबाट पनि हुन लागेको भन्ने कुरा व्यापक भएको छ । हो के ? भन्ने निरूपण प्रधानमन्त्री केपी शर्मा ओली जो नेपाल कम्युनिस्ट पार्टीका जोडा अध्यक्षमध्ये एक हुनुहुन्छ र अर्का अध्यक्ष पुष्पकमल दाहालसम्म पनि पुग्छ यदि बेलैमा निरूपण भएन भने । यतातिर तत्कालै गम्भीर ध्यान जावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *