भर्खरै :

कोभिड–१९ महामारी र नयाँ विश्व व्यवस्थाको छलफल

-विलियम जोन्स
संरा अमेरिकामा हामी आंशिक लकडाउनमा बसेको तीन साता पुग्यो ।
(सम्भवतः यो क्रम एक वा दुई महिनासम्म जानसक्छ ।) धेरै सम्भव एक लाख मानिसले नोवेल कोरोना भाइरसको सङ्क्रमणको कारण जीवन गुमाउनेछन् । यस्तो समयमा भाइरसले सिकाएका पाठबारे समीक्षा गर्ने उपयुक्त समय हो । मानव जातिलाई यस्तो विषम परिस्थितिमा ल्याइपु¥याउने अहिलेको राजनीतिक व्यवस्थाको असफलताको विषयमा कुरा गर्नुपर्ने समय अहिले नै हो ।
जनवरी महिनामा उहान सहरबाट कोरोना भाइरसको महामारी फैलियो । लगत्तै महामारीको केन्द्रबिन्दु हुपै प्रान्त सिङ्गैलाई क्वारेन्टिनमा राख्न चीन सरकारले लिएको विशेष निर्णयलाई संसारले एकातिर आश्चर्य र अर्कोतिर स्याबासीको आँखाले हेरिरहेका थिए ।
चीनले गरेको क्वारेन्टिनको बन्दोबस्त, परीक्षण कीटको तीव्र उत्पादन, परीक्षण विश्लेषण सेवाको शीघ्रातिशीघ्र स्थापना, सुरक्षा वस्त्रको व्यापक प्रयोग र न्यून प्रभावित क्षेत्रबाट अति प्रभावित क्षेत्रमा यथाशक्य चाँडो स्वास्थ्यकर्मी परिचालन संसारले नियाल्यो । जनवरीदेखि फेब्रुअरी महिनासम्म चीनका यस्ता गतिविधिप्रति पश्चिमा पर्यवेक्षक र सरकारहरूको बुझाइ हेर्नलायकको थियो । उनीहरूका बुझाइ त्यत्तिबेला पश्चिमा मिडियाले सम्प्रेषणमा प्रतिबिम्बित भएको छ ।
संरा अमेरिकाका अधिकारीहरूले त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का विज्ञहरूलाई उहानको वास्तविकता बुझ्न चीन पठाउन चाहेका थिए । संरा अमेरिकी सञ्चारमाध्यम र राजनीतिक निकायले त्यत्तिबेला खुब चीनविरोधी प्रचारबाजी गरिरहेको थियो । त्यसकारण चीनले सीडीसीका अधिकारीहरूलाई चीन आउन स्वीकृति दिएन । विश्व स्वास्थ्य सङ्गठनबाट चीन गएको पहिलो टोलीमा मात्र संरा अमेरिकी प्रतिनिधि समावेश भए ।
महामारीको कुनै सिमाना नहुने वास्तविकता मनन गरी त्यत्तिबेला अरु सरकारहरूले आपतकालीन आकस्मिक अवस्थाको लागि पूर्व तयारी गर्नुपर्ने थियो । अरु देशलाई पूर्वतयारी गर्ने अवसर थियो । तर, समयमै यो अवसर छोप्न सक्दा इटालीमा यो भाइरस पस्यो । इटालीमा फैलिएको महामारीले संरा अमेरिकालगायत अन्य देशलाई भाइरस अझ व्यापक बनिरहेको सन्देश दिएको थियो ।
तर, केही संरा अमेरिकी नीति निर्मार्ताहरूले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् । वाशिङ्टनमा पहिलो पटक भाइरस देखापरिसकेको थियो । तर, अझै पनि उनीहरू संरा अमेरिकालाई यो भाइरसले कुनै असर पार्न नसक्ने, कदाचित पारिहाले पनि त्यसको परिमाण ठूलो नहुने भनी जिद्दी गरिरहेका थिए ।
संरा अमेरिकाका अधिकारीहरूले त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का विज्ञहरूलाई उहानको वास्तविकता बुझ्न चीन पठाउन चाहेका थिए । संरा अमेरिकी सञ्चारमाध्यम र राजनीतिक निकायले त्यत्तिबेला खुब चीनविरोधी प्रचारबाजी गरिरहेको थियो । त्यसकारण चीनले सीडीसीका अधिकारीहरूलाई चीन आउन स्वीकृति दिएन । विश्व स्वास्थ्य सङ्गठनबाट चीन गएको पहिलो टोलीमा मात्र संरा अमेरिकी प्रतिनिधि समावेश भए ।
तिनताक संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले नोवेल कोरोना भाइरसको महामारी फैलिनुमा चीनलाई जिम्मेवारी ठह¥याउने आशयका साथ त्यो भाइरसलाई ‘उहान भाइरस’ भनिरहेका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो चिनियाँ समकक्षी सी चिनफिङसँगको टेलिफोन वार्तापछि नोवेल कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्न छोडे । तथापि संरा अमेरिकी संसद् र सरकारका अधिकारीहरूले भाइरस सङ्क्रमण दबाउन चीनले छोटो समयमा हासिल गरेको सफलताप्रतिको बढ्दो आकर्षण र भाइरस फैलिएका संसारभरका देशमा चीनले पु¥याएको मानवतावादी सहायताको प्रशंसा रोक्न भरमार कोसिस गरिरहेका थिए ।
संरा अमेरिकामा भएको सघन ‘चीनविरोधी प्रचारबाजी’ को कारण संरा अमेरिका र चीनको सम्बन्धमा कुनै समस्या नहुँदो हो त मेरो विचारमा जनवरी महिनाको सुरुमै अमेरिकी सीडीसीका अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग भेटघाट गर्ने थिए । साथै भाइरसलाई पराजित गर्न चिनियाँ विशेषज्ञहरूले सिकेको अनुभव उनीहरू संरा अमेरिकामै पुगेर खलामै सरसल्लाह दिने थिए । यति सबै भएको भए संरा अमेरिकी जनतालाई सुरुमै रोग सङ्क्रमणबाट जोगिन मुखमा मास्क लगाउन सूचना जारी गरिने थियो । विडम्बना ¤ गत अप्रिल १ सम्म पनि संरा अमेरिकामा यो सूचना जारी भएको थिएन ।
रोग परीक्षणको कुरा गरौँ । मार्च महिनाको अन्तिम सातामा मात्र संरा अमेरिकाले कोरोना भाइरसको परीक्षण सामग्री विकास ग¥यो । त्यो परीक्षण कीटले पन्ध्र मिनेटभित्र सङ्क्रमण भए नभएको देखाउँछ । तर, चीनले ‘प्रभावित क्षेत्र’ मा व्यापक स्तरमा रोगको परीक्षण गरिरहेको थियो । भाइरस सङ्क्रमित भएर पनि लक्षण नदेखिएका मानिसको परीक्षण समयमै भए उसले अरु मानिसलाई रोग सार्ने सम्भावना कम हुने भएकोले चीनले धेरै सङ्ख्यामा परीक्षण गरेको हो । संरा अमेरिकाले भने अझैसम्म पनि त्यस्तो व्यापक परीक्षण गरेको छैन । रोगको लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिएको छ । रोगको लक्षण देखिएका बिरामीको समेत परीक्षण हुन मुस्किल हुने गरेको छ ।
महामारीको विस्तारसँगै आपत्कालीन चिकित्सकीय सामग्रीको बढ्दो मागलाई ध्यानमा राखेर चीनले त्यस्ता सामानको उत्पादन बढायो । आफूसँग भएको ती सामान आवश्यक परेका देशलाई उपलब्ध गराएर चीनले अन्तर्राष्ट्रिय सहकार्यको परिस्थिति निर्माण गरेको छ । आपत्कालीन चिकित्सकीय सामग्रीको अभावको कारण आज अन्तर्राष्ट्रिय बजारमा एक प्रकारको छिनाझम्टीजस्तै भएको छ । ब्राजिलमा ३० लाख वटा एन ९५ मास्क लान ठिक्क परेको जहाजलाई अचानक संरा अमेरिकी सरकारले रोकेर आफूतिर लगेको थियो ।
युरोपमा सबभन्दा बढी प्रभावित बनेका देश स्पेन र इटालीलाई खाँचो परेको बखत युरोपेली सङ्घले कुनै सहयोग गरेन । त्यसले गर्दा युरोपेली सङ्घको भविष्य के हुने हो भन्न सकिने अवस्था छैन ।
नोवेल कोरोना भाइरसको सङ्क्रमण अफ्रिका र ल्याटिन अमेरिकामा पनि पैmलियो । त्यहाँको कमजोर स्वास्थ्य प्रणालीको कारण कदाचित त्यहाँ अन्तर्राष्ट्रिय समुदायले सहायता नपु¥याएको अवस्थामा ती सबै देशका जनताले निकै दुःख भोग्नुपर्ने अवस्था बनेको छ ।
यी सबै कारणले कोरोना भाइरस नियन्त्रणमा आइसकेपछि विश्वले अहिलेको विद्यमान अन्तर्राष्ट्रिय प्रणाली पुनःनिर्माण गर्नुपर्ने तड्कारो आवश्यकता महसुस गर्नेछ । त्यत्तिबेला हामी कोभिड–१९ भाइरसले सिकाएको पाठ मनन गर्नुपर्ने छ ।
हामीले सबभन्दा पहिले त आगामी अन्तर्राष्ट्रिय बन्दोबस्त मानवतामा आधारित प्रणाली बनाउनुपर्छ । हामीले अब बनाउने अन्तर्राष्ट्रिय प्रणाली सबैको आवश्यकता पूर्ति गर्न सक्षम हुने बनाउन जरुरी छ ।
त्यो बन्दोबस्त जनस्वास्थ्यको प्रणालीका साथै आर्थिक प्रणालीसँग पनि सम्बन्धित हुनेछ किनभने कुनै पनि देशको स्वास्थ्य भनेको पूर्णतः आफ्ना जनताको सेवा गर्ने उसको सामथ्र्यमा निर्भर गर्छ ।
नयाँ भाइरस फेरि पनि फेला पर्नेछ । त्यसलाई रोक्नसक्ने हाम्रो क्षमता बाहिरको कुरा हो । तर, यदि हामीले त्यसको सामना गर्नसक्ने क्षमता र तरिका अनि संसार एकढिक्का भएर काम गर्नसक्ने र अविभाजित अन्तर्राष्ट्रिय संरचना बनाउन सके नयाँ–नयाँ भाइरसको पनि हामी सामना गर्नसक्ने हुनेछौँ ।

विलियम जोन्स


स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *