भर्खरै :

कोरोनाविरुद्ध यसरी काम गरेका थिए चीनका टोल समितिले

वाङ वेनवेन
तरकारी किनमेलपछि म मेरो समुदायमा फर्किएँ । प्रवेशद्वारमा पुग्दा नपुग्दै मैले मास्क मिलाएँ । लुगाको बाहुला माथि सारेँ । “ज्वरो नाप्नुस्, प्रवेश अनुमतिपत्र देखाउनुस्”, त्यहाँ बसेको एक जना स्वयम्सेवकले मलाई सोधिन् ।
बितेका दुई महिनायता पेइचिङका हरेक टोलबस्तीको यो नियमित प्रक्रिया बनेको छ । खासमा यस्तो नियमिततामा अभ्यस्त हुनु कुनै ठूलो महाभारत पनि होइन । आफ्नो टोल छिमेक, मेरो सहर र सिङ्गो देशलाई कोरोना भाइरस मुक्त बनाउन यो एकप्रकारले सानोतिनो सहभागिता र सहयोग पनि हो । कसैलाई ज्वरो आएको छ भने उसले टोलभित्र पस्न पाउँदैन ।
हरेक टोलमा एउटा समिति हुन्छ । चिनियाँ भाषामा यसलाई चुवेहुई भनिन्छ । टोलभित्र पस्न मुलद्वारमा सो समितिका पदाधिकारी र अन्य स्वयम्सेवकहरू स्वास्थ्य जाँच र अनुमतिपत्र हेर्न बसेका हुन्छन् । उनीहरू त्यहाँ दिनको चौबीसै घण्टा र साताको सातै दिन बसेका हुन्छन् । फेब्रुअरीको कठ्याग्रिँदो चिसोमा पनि उनीहरू मुलद्वारमा आएका हरेक व्यक्तिको तापक्रम जाँच्न बसेका हुन्छन् ।

उहानमा लकडाउनको घोषणा भएपछि त्यहाँका टोल समितिका कार्यकर्ताले टोलका सबै घर–घरमा पुगेर नियमित सबैको तापक्रम जाँच गरे । उनीहरूले स्वयम् क्वारेन्टिनमा बसेका र ज्येष्ठ नागरिकलाई दैनिक खाना र अन्य आवश्यक वस्तु घरमै पु¥याइदिए । उहानका धेरै आवासीय भवन निकै पुराना छन् । ती घरमा विद्युतीय भ¥याङ पनि छैन । त्यस्ता घरमा टोल समितिका कार्यकर्ताले भ¥याङ उक्लिएर कोठा – कोठासम्म सामान पु¥याएर जनताको सेवा गरे ।

चीनले भाइरसविरुद्ध कडा सङ्घर्ष गरिरहेको कठिन दिनमा उनीहरू नै हरेक समुदायका पहरेदार थिए । अहिले सङ्क्रमणको नयाँ उचाइबाट उच्च सतर्कता कायम राख्न उनीहरू महत्वपूर्ण रक्षा पङ्क्ति हुन् ।
टोल समितिको इतिहास निकै पुरानो छ । जरा तहको यो जनताको सहरी सङ्गठनको सुरुआत सन् १९५० को दशकमा भएको थियो । जनताको दैनिक मामिलाको जिम्मेवारी वहन गर्ने यो सबभन्दा तल्लो तहको एकाई हो ।
दशकौँसम्म त्यस्तो टोल समितिले समाजको जरा तहमा समुदायको सुरक्षा र सुव्यवस्थाको लागि काम गथ्र्यो । वर्षौँ वर्षको साङ्गठनिक अनुभवले त्यस्ता समितिलाई कुनै पनि बेलामा जनताको काम गर्न सक्षम बनायो । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यस्ता समितिले आफ्नो परिचालन क्षमताको पूर्ण प्रदर्शन गरे ।
भाइरस सङ्क्रमणको समयमा चीनमा त्यस्ता टोल समितिहरूले ज्यादै महत्वपूर्ण भूमिका खेले । जनस्तरमा सामना गर्नुपरेको भयावह अवस्थाको सामना गर्न त्यस्ता समितिहरूले चीनलाई सबल प्रमाणित ग¥यो । महामारीको सुरुको चरणमा पेइचिङस्थित म बस्ने टोलको समितिले मेरो परिवारको स्वास्थ्य र अन्य गाह«ोसाह«ोबारे टेलिफोनमार्फत सोध्ने गथ्र्यो ।
उहानमा लकडाउनको घोषणा भएपछि त्यहाँका टोल समितिका कार्यकर्ताले टोलका सबै घर–घरमा पुगेर नियमित सबैको तापक्रम जाँच गरे । उनीहरूले स्वयम् क्वारेन्टिनमा बसेका र ज्येष्ठ नागरिकलाई दैनिक खाना र अन्य आवश्यक वस्तु घरमै पु¥याइदिए । उहानका धेरै आवासीय भवन निकै पुराना छन् । ती घरमा विद्युतीय भ¥याङ पनि छैन । त्यस्ता घरमा टोल समितिका कार्यकर्ताले भ¥याङ उक्लिएर कोठा – कोठासम्म सामान पु¥याएर जनताको सेवा गरे ।
समाचारहरूमा भनेअनुसार चाङ्सु प्रान्तका हरेक टोल समितिले प्रत्येक घरका दैलोदैलोसम्म पुगेर टोलका बासिन्दाको आधारभूत स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिएका थिए । साथै, सबै मानिसको स्वास्थ्य र भ्रमण वृत्तान्त सङ्कलन गरेका थिए । समयप्रति अनुशासित, सजग र समर्पित टोल समितिका सदस्यहरूले अथकरूपमा क्वारेन्टिनमा बसेका सबै मानिसलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै सार्वजनिक ठाउँमा मानिसको आवतजावतमा नियन्त्रण गरे । यसले भाइरस सङ्क्रमण रोक्नमा ठूलो मद्दत पुग्यो ।

चीनको राजनीतिक संरचना पार्टी – पार्टीको खिचातानीमा अल्झिने गर्दैन । चिनियाँसंरचनाले देशको ठूलो लक्ष्य पूर्तिको सानोभन्दा सानो एकाई पनि परिचालन हुने क्षमता भएको देखाएको छ । पश्चिमा देशहरूलाई चीनबाट सिक्न पक्कै पनि स्वीकार्य नहोला । तर, कम्तीमा भाइरसमाथि नियन्त्रण गर्न सबै वरपरका छरछिमेकीबीच सहकार्य र सद्भाव आवश्यक पर्छ भन्ने वास्तविकता भने बुझ्न जरुरी छ ।

संरा अमेरिका र अरू पश्चिमा देशहरूमा समाजको तल्लो जनस्तरमा व्यवस्थापनको अभावले सङ्क्रमणको सङ्ख्या बढायो । न्युयोर्क सहरमा आज प्रत्येक घण्टामा सङ्क्रमणका सबै तथ्य बदलिरहेको छ । त्यहाँका मानिसलाई अझै पनि ठूलो समूहमा मानिस भेला हुनु उचित हो वा होइन भन्ने कुरा नै थाहा छैन । घरभित्रै बस्ने अवस्थामा के कस्ता नियमको पालना गर्नुपर्छ भन्ने कुरा पनि उनीहरूलाई थाहा छैन । आफूमा रोगको कुनै सङ्क्रमण देखिए के गर्ने, कहाँ जाने भन्ने कुरा समेत थाहा नभएका मानिस न्युयोर्कमा छन् ।
केही पश्चिमा सञ्चारमाध्यमले चीनको बस्ती व्यवस्थापन समिति र टोल समितिलाई जनजीवनमा राज्यको उपस्थिति र जनताको जीवनमा नियन्त्रण गर्न चिनियाँ कम्युनिस्ट पार्टीले लागू गरेको संरचनाको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । चीनको जनस्तरीय प्रशासनबारे यस्तो गलत बुझाइ यथार्थमा अपव्याख्या हो । यसले उनीहरू भाइरस सङ्क्रमणविरुद्ध उनीहरूका सरकारले लागू गरेका नियम पालना गर्न अनिच्छुक भएको देखिन्छ ।
चीनको राजनीतिक संरचना पार्टी – पार्टीको खिचातानीमा अल्झिने गर्दैन । चिनियाँसंरचनाले देशको ठूलो लक्ष्य पूर्तिको सानोभन्दा सानो एकाई पनि परिचालन हुने क्षमता भएको देखाएको छ । पश्चिमा देशहरूलाई चीनबाट सिक्न पक्कै पनि स्वीकार्य नहोला । तर, कम्तीमा भाइरसमाथि नियन्त्रण गर्न सबै वरपरका छरछिमेकीबीच सहकार्य र सद्भाव आवश्यक पर्छ भन्ने वास्तविकता भने बुझ्न जरुरी छ ।
(लेखक चिनियाँ लोकप्रिय अङ्ग्रेजी सञ्चारमाध्यम ग्लोबल टाइम्सका सम्पादक हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *